बैंक फाइनान्सले घरजग्गा धितो राखेर ऋण लिएकाहरुलाई पनि आफुखुसी ब्याज बढाउने काम गरिरहेका छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको व्याज बृद्धि गर्ने जस्ता काम वित्तीय संस्थाहरुले गरिरहेका छन् । अझ बैंकहरुको यस्तो रबैयाले लाग्छ कि ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तिय संस्थाहरुले यस्तो रणनिति लिएका हुन् ।
कर्जा लिएकालाई सहृलियत दिनृपर्ने ठाँउमा वित्तिय संस्थाहरुले उल्टो व्याजदर बढाएर कर्जा तिर्नलाई अप्ठयारो बनाइदिएका छन् बैंकहरुले । व्याज बढाइसकेपछि ऋणीले कर्जा तिर्न सक्दैन अनि त्यसको भएको जति सम्पत्ति हत्याउन सकिन्छ भनेर बैंकफाइनेन्सले यस्तो नराम्रो काम त गरिरहेका छैनन् भन्ने नागरिकको शंकालिई बैंकका पछिल्ला गतिविधिहरुले प्रशय दिइरहेका छन्। ‘जनतालाई डुबाएर वित्तिय संस्थाहरुले लथालिङ्ग बनाइदिन्छन् । तोकेको समयमा कर्जा तिर्न सकेन भनेर पत्रपत्रिकामा छापिदिन्छन् । उसको भएको धितो लिलाम गरिदिन्छन् ।’तैपनि सहकारी विभाग कानमा तेल हालेर बसेको छ । वित्तिय संस्थाहरुले यसरी जनता ठग्दा पनि अनृगमन किन गरिएन त ? राष्ट्र बैंकले पनि यसमा ध्यान दिएको छैन । अर्थ मन्त्रालयको त कृरै नगरौ । जति जनता ठगिएपनि अर्थ मन्त्रालयलाई फरक परेको छैन् ।’ नागरिकका यस्तै गुनासाहरु छन् ।
हामीले बैंकमा राखेको ब्याज भने विशेष परिस्थितिबाहेक नगन्य नै छ । तर हामीले डिपोजिट गरेजति रकम कर्जामा लियौ भने त्यसको डबल व्याज तिउर्नुपर्छ । वित्तिय संस्था भनेको पृँजीपति, सामन्ती र शोषकले चलाएको दलाली संस्था हो भन्ने पूरानो उखानलाई गलत सावित गर्नुभन्दा सहि हो कि भन्ने भान हुनेगरी काम गरिरहेका छन् बैंकहरु । पहिलापहिला गाँउघरतिर एकहजार रुपिँयाको तिन हजार व्याज लिए जस्तै बैंकहरु पनि त्यस्तै हुन् भन्ने धेरैलाई परिसकेको छ । तर नियामक निकाय नेपाल राष्ट्र बैंक पनि यसमा चुप छ ।
अरुलाई सडकमा पृप्याएर आफृचाहि आरामसंग घरमा बसेको छन् बैंकहरु भान्छन् नागरिकहरु । यस्तो कि मानौं सरकारले लृट नै भनेर यस्तो संस्था सञ्चालन गर्न इजाजत दिएको हृन्छ जस्तो । बाहिरबाट हामीले सेवा दिएको भनेर विज्ञापन गरेका छन् तर यिनीहरुको खेल नै अर्कै छ कि भन्ने आशंका छ नागरिकको ।
बैंक फाइनान्सका हरेक वर्ष साधारण सभा हृन्छ । सहकारीहरुले साधारण सभा गर्दा सहकारी विभागको कर्मचारी, सरकारी कर्मचारी, कार्यालय प्रमृख, राजनितिक दलका नेताहरु , मेयर पनि उपस्थित हृने गरेको छन् । राजनितिक दलहरुले नै जनता ठग्ने सहकारीहरुको कार्यक्रम र साधारण सभा उद्घाटन गर्न गरेको पनि हाम्रै आँखा अगाडि छन् । कार्यक्रममा जाने गलाभरि माला लाउने । त्यही जनता ठग्ने सहकारीको सञ्चालकहरुको भाषण सृन्ने । राजनितिक दलदेखि लिएर मेयर, वडाध्यक्ष सबैको काम नै यही हो । जनमोर्चाको अध्यक्ष चित्रबहादृर केसी जब सहकारी मन्त्री थिए । उनले भनेको सत्य कृरा कतिलाइृ आज पनि याद नै होला । जनता ठग्ने, कालोधन्दा गर्ने कालो रकमलाई सेतो रकम बनाउने काम गर्छन् । म जनता ठग्ने सहकारीको साधारण सभा उद्घाटन गर्न जान्न भनेर चित्र बहादृर केसीले भनेका थिए ।
त्यति भनेपछि सहकारी महासंघले मन्त्रीलाई भेटेर त्यो कार्यक्रममा उद्घाटनमा ल्याए । सहकारीको पहृँच माथि सम्म छ । जनता ठग्ने सहकारीलाई साथ दिने नै नेताहरु हृन् । चित्र बहादृर केसीले भन्थे मलाई ‘सुटकेस लिएर भेट्न आउथे तर म चाहिदैन भनेर फर्काइदिन्थे ‘। सहकारी महासंघमा बस्ने अध्यक्षहरु राजनितिक पार्टीको झोला बोकेर महिनापिच्छे पैसा उठाउछन् । भ्रष्ट्र्चार गर्ने, गलत काम गनेलाई महासंघले कारबाही गर्नृको सट्टा सहकारी महासंघमा बस्ने कार्यसमितिहरु गल्ती गर्ने सहकारीमा बस्नेसंग पैसा खाएर सहकारी महासंघले पनि कारबाही नगर्ने ।सहकारी विभागलाई सहकारी महासंघले कारबाही गर्न दिदैन् । त्यही जनता ठग्ने सहकारीको आवाज लिएर सहकारी महासंघ डेलिकेसन जान्छन् । सहकारीको अध्यक्ष र चेयरमान बन्न धेरै केही गर्नृपर्दैन् । कि त धेरै पृजँी हृनृपप्यो कि त शक्तिशाली पार्टीको झोले बन्नुपर्यो ।
राजनितिक पार्टीलाई लेबी तिर्नृपप्यो । नेपालको राजनितिक पार्टीहरु कमाएर राजनिति गर्न सक्दैनन् । कमाएर पार्टी चलाउन सक्दैनन् । हरेक क्षेत्रमा राजनितिक संगठन खडा गर्छन् । यसमा सरकारी कर्मचारी पनि पछि परेका छैनन् । सरकारी कर्मचारीले पनि राजनिति गरेको छन् राजनितिक संगठन खोलेको छन् । अन्य व्यवसाय गर्नेलाई पनि राजनितिक संगठन खोल्ने दिइएको छ । तीबाट राजनिति पार्टीले लेभी र चन्दा उठाउने गरेको छन् । गलत काम गर्ने मान्छेलाई छृट दिएका छन । राजनितिक पार्टीले पैसा लिन्छन् अनि गलत मान्छेलाई सरकारलाई कारबाही गर्नबाट रोक लगाउछन् ।
हरेक क्षेत्रमा राजनितिक संघसंस्था खाल्ने काम बन्द नहृनृञ्जेल विकास होइन विनाश हृन्छ । वित्तिय संस्थाहरु देशैभरि वा उपत्यकामा च्याउ उम्रेको जसरी उम्रिरहेको छ । वडापिच्छे यिनीहरुको शाखा छ । साधारण वर्गको पैसा डिपोजिट गर्ने सस्तो व्याजमा राख्न लाउने ।
यिनीहरु पैसा बेच्ने व्यापारी हृन् । जनतालाई केही नदिईकन जनताकै पैसाबाट यिनीहरुले मोजमस्ती गरेको छन् । १ लाखको पैसा सहकारीमा राख्छृ भन्यो भने सहकारीका कर्मचारी घरमै आइपृग्छन् । कति प्रतिशत व्याज दिने भनेर सोध्यो भने पटकपटक फोन आउछ । २० लाख रुपिँया दृई वर्षदेखि पाँच वर्ष मृद्धती खातामा राख्यो भने त्यस सहकारीको साधारण सभामा दोसल्ला ओडाउछ । सहकारी बैंकफाइनेन्समा डिपोजिट भएको रकमको पनि राज्यले कर तिदैन् । राजस्व छली गरिहेको छन् । अडिट गर्दा दृईवटा पेपर देखाउछन् । जनताको पृँजी र लगानीको हिसाबकिताब देखाउदैन् । जृनचाहि अडिटले घृस खान्छ उसलाई अडिट गर्न दिन्छन् । प्रत्येक बैंकफाइनेन्सले वकिल सल्लाहकारको रुपमा राखेको हृन्छ । त्यो वकिलको सृझावमा आएर बैंकफाइनेन्सले जनता ठग्छ । कसैको सम्पत्रि लिलाम गर्छ ।