Skip to content
LAXMI SUNRISE BANK

लाज पचेको सरकार : कमिसनमा डुबेर २३ प्रतिशत भाडा बढायो, गरिब जनतालाई महंगीले सडायो…!

अर्थ सरोकार

काठमाडौँमा रहेको सार्वजनिक यातायात केन्द्रीय महासंघले उपत्यकाभित्र भाडा बढाउनको लागि सरकारलाई दबाब दिन गत असोज १८ मा गाडी चलाएन । बाटोभरि गाडी तेर्स्याईदियो । गाडी नपाएर जनता पैदल यात्रा गर्न बाध्य भए । भाडा बढाउने भन्दै सरकारको नियम नमानी यातायात व्यवसायीले दादागिरी देखाए । आफुखुसी भाडा बढाउने र गाडी लगेर बाटामा तेर्स्याउने यातायात व्यवसायीलाई सरकारले समातेन । जनताले गाडी नचल्दा दुःख पाए । सरकारले यातायात व्यवसायीलाई कारबाही गर्नुको साटो जनताले दुःख पाएको हेरेर बस्यो । सरकार यदी साँचो अर्थमा सरकार हुन्थ्यो भने यसरी दादागिरी देखाउनेहरुको रोड परमिट र दर्ता खारेज गरिनुपर्थ्यो ।

यसरी भाडा बढाईछाडे व्यवसायीले…

यातायात व्यवस्था विभागको डिजी गोगनबहादुर हमाल सरुवा हुनेबित्तिकै नवराज घिमिरे डिजी बनेर आए । घिमिरे विभागमा आउनेबित्तिकै नेपाल यातायात व्यवसायी राष्ट्र्यि महासंघका अध्यक्ष योगेन्द्र्नाथ कर्माचार्यले एउटा कार्यक्रममा बल्ल हामी व्यवसायीको वर्षौको माग सरकारले पूरा गर्ने भएको छ भनेका थिए ।  ‘म पनि काभ्रेको बासिन्दा, अहिलेका डिजी घिमिरे पनि काभ्रेको हामी जिल्लावासी । उहाँ र मेरो पहिल्यैदेखि राम्रो चिनजान छ । अबको केही दिनमा सार्वजनिक यातायातको भाडा बढ्छ, बीस वर्ष गाडीको म्याद थपिनेछ, नँया ट्याक्सीको दर्ता खुल्दैन्’ भनेर उनले यातायात व्यवसायीको सामु भाषण दिए ।
कार्यक्रममा जम्मा भएकाहरुले कतिले त योगेन्द्र्को कुरामा विश्वास गरे । कतिपयले एउटा कानले सुने अर्काले उडाइदिए । यो भाषण योगेन्द्र् गत वैशाखको पहिलो साता दिएका थिए । उनले भाषण दिएको केही दिनमा नै विभागका घिमिरेले सार्वजनिक यातायातको २८ प्रतिशत भाडा बढाउने टिप्पणी उठाएर स्वीकृतिका लागि मन्त्रालय पठाए ।

मन्त्रालयमा गएर सो भाडा सम्बन्धी फाइल अड्केको थियो । केपी ओली सरकारको मन्त्रीले दशैंको मुखमा बढाउन हुदेन, जनता मारमा पर्छन् भनेर भाडा बढाउने निर्णयलाई अड्काएको थिए । तर विभागको डिजीले ‘मैले त २८ प्रतिशत भाडा बढाएर पठाएको तर मन्त्रीले मानेनन् तपाईहरु आन्दोलनमा जानुहोस्’ भनेको चर्चा त्यतिबेला नै थियो । नेपाल यातायात व्यवसायी राष्ट्र्यि महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायातमन्त्री वसन्त नेम्वाड.लाई दबाब दिन थालेका थिए ।  सार्वजनिक यातायात केन्द्रयि महासंघ एमालेका कार्यकर्ता हुन् । त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्र्यि महासंघ काग्रेसका कार्यकता हुन् । भाडा बढाउने छाँटकाँट नदेखेपछि सार्वजनिक केन्द्रीय यातायात महासंघका नेताहरु सिधै केपीतिर हान्निए ।  पुर्वप्रधानमन्त्रीको निर्देशनमा विभागबाट गएको भाडा बढाउने प्रस्ताव २०७८ असार २७ मन्त्रीले सदर गरे । असार २८ गते केपी ओलीको सरकार ढल्यो । केपी ओलीले जनतालाई केही दिन नसकेपनि बढेको भाडा उपहार दिएर गयो । यता, २८ प्रतिशत बढेको भाडा असार २९ गतेबाट कायान्वयनमा आयो ।

कहिल्यै नभएको अन्याय यसपाली भयो

विभागले बीस वर्षे गाडीको म्याद थप्नेको लागि टिप्पणी उठाएर मन्त्रालय पठाएको यातायात व्यवस्था विभागका कर्मचारी बताउछन् । यातायात व्यवस्था विभागको डिजी नँया ट्याक्सी खोल्ने सुरसारमा देखिएनन् । यही विषयमा उनलाई सोध्दा यही भएको ट्याक्सी त बढी भइसक्यो भनेर उनले व्यवसायीको पक्षमा रहेर जवाफ दिए ।  यदि यातायात व्यवस्था विभागको डिजी घिमिरेले २८ प्रतिशत भाडा बढाउने भनेर मन्त्रालय नपठाएको भए अहिले भाडा बढ्ने थिएन । जनताले तेब्बर भाडा तिरेर यात्रा गर्नुपर्ने थिएन । मँहगीको मारमा फेरिपनि सर्वसाधारण नै परे । एउटा जिल्लावासी त्यहीमाथि पुराना सम्बन्ध जसको फाइदा व्यवसायीले उठाए ।  तर जनताले यसको भुक्तान गर्नुपरेको छ । आर्थिक लेनदेनमा सवार डिजीले कानुनविपरीत गएर २८ प्रतिशत भाडा  बढाए । सरकारले एकचोटि भाडा बढाउँदा ५ प्रतिशतमात्र बढाउन पाउने कानुनमा उल्लेख गरिएको छ । डिजीको लेनदेनको कारण गतसाल १७ सय तिरेको बाटोमा यो वर्ष २५ सय तिर्नुपर्यो ।

विगत पल्टाउने हो भने अहिलेसम्म २८ प्रतिशत भाडा बढेको छैन् । पहिले पनि डिजी आए, मन्त्री आए तर कसैले पनि यत्रो भाँडा बढाएनन् । बागमती प्रदेश सरकारले उपत्यकामा चल्ने सार्वजनिक साधनको यही असोज २५ गते २३ प्रतिशत भाडा  बढाएको छ । एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १८ रुपिँया भनिएको छ । माइतीघरबाट बबरमहल ओर्लियो भनेपनि २० रुपिँया लिन्छ । आधा किलोमिटर यात्रा गरेको छैन् भाँडा भने बीस तिर्नपर्छ । जनताले भाँडाको गाडी नचढुन् भनेर सरकारले यस्तो अस्वाभाविक निर्णय गरेकोझैं भान जनतालाई भईरहेको छ ।  सरकारको पैसाको आडमा यातायात व्यवसायीलाई जनता ठग्ने बाटो खोलेको हो ? जनताले निजी गाडी किन्न सक्दैन् तिमीहरुलाई जति मनलाग्छ त्यति भाडा लेउ भनेर यातायात व्यवसायीलाई अवसर बनाइदिएको हो ? आर्थिक कमजोर भएका सिधासाधी मानिसहरु सार्वजनिक यातायातमा यात्रा गर्छन् । बिहानबेलुका हातमुख जोर्न गाहे पर्ने सर्वससाधारणहरुलाई सरकारले २८ प्रतिशत बढेको भाडा उपहार स्वरुप दिएको छ ।

मनपरी भाडामा सरकारलाई छुट ?

पनौतीबाट सल्लाघारी आएको भाडा पहिले ३५ रुपैयाँ थियो भने अहिले ६० रुपैयाँ तिर्नपर्छ । माइतीघरबाट पुल्चोक गएको अहिले २५ रुपिँया तिर्नपर्छ । एउटा यात्रुबाट यत्रो पैसा लिदाँ यसको अनुगमन खोइ ? जनताले तिरेको भाडा सरकारले निर्धारण गरेको हो ? कि त यहाँपनि व्यवसायीलाई छुट दिइएको छ ? अरु बेला एकदुई रुपियाँ बढ्ने बाटोमा अहिले तीस रुपैयाँसम्म बढेको छ । अनि जनता सिधै मर्नुपर्नेको स्थिति आएन । यातायात व्यवस्था विभाग भाँडा बढाउन चाहि सोच्दै नसोची अघि बढ्यो । तर जब अनुगमन गर्ने बेलामा खोइ विभाग ? ट्रफिक महाशाखा कँहा छ ?  यात्रुलाई यातायात व्यवसायीले लुट्नसम्म लुटेको छन् । तैपनि ट्रफिक प्रहरीहरुलाई अनुगमनमा खासै चासो छैन् । एउटा सार्वजनिक सवारीमा दैनिक दुई हजार यात्रु चढ्ने ओर्लेने गर्छन् । यत्रो यात्रु यातायात व्यवसायीहरुले ठगेको छन् । सिट भन्दा बढी यात्रु हालेको छन् ।

विधार्थी, ज्येष्ठ नागरिक, अपांगलाई भाडा छुट दिदैनन् । त्यही पनि यिनीहरुलाई केलाई कारबाही गरिदैन ? भाडा लिष्टमा ट्रफिक महाशाखा र यातायात व्यवस्था विभागको फोन नम्बर किन लेखिदैन ? कतिपय सार्वजनिक यातायातमा त भाडा लिष्ट ने छैन ।  भाडा लिष्ट पनि समितिको लेटरप्याडमा छ । समितिले तोकेको भाडा राखेर भाडा लिष्ट बनाएको छन् । यहाँपनि सरकार चुक्यो । भाँडाचाहि  बढाइदियो एउटा भाडा लिष्टको व्यवस्थासमेत गरेन । यता, यात्रु ठग्ने सार्वजनिक सवारीलाई कारबाहीसमेत भएन् ।

लेनेदेनमा भाडाको राजनीति !

एक किलोमिटरबाट पाँच किलोमिटरसम्म भाँडा १८ रुपैयाँ तोकिएको छ । यसलाई पनि सरकारले भागबण्डा लगाएन् । अब के एक किमि यात्रा गर्नेले गाडी चढ्नै छोड्दिनुपर्ने । एक किमि यात्रा गर्नेले त ४ रुपैयाँ ५० पैसा तिर्नुपर्ने होइन् र ? यहाँ ठुलो आर्थिक लेनदेन भएको छ ।  पैसा नखाई सरकारले यत्रो निर्णय गर्दै गर्दैन । कि त भाडा भागबण्डा गर्नुपर्यो, कि सरकारले बढाएको भाँडा तत्कालै फिर्ता गर्नुपर्छ । कहाँबाट कहाँसम्म कति किलोमिटर छ भनेर यात्रुलाई थाहा हुदैन । सडक विभागले पनि सडकको दाँयाबाँया यहाँबाट यहाँसम् मयति किमि छ भनेर लेखेको छैन् । अनि एक किलोमिटर यात्रा गरेको छैन, भाडा भने सिधै बीस रुपैयाँ । २०४९ सालको ऐनमा पैसा लिईसकेपछि टिकट दिनैपर्छ । तर यातायात व्यवसायीले टिकट नै दिदैनन् । यस्तो सवारी साधनलाई कारबाही गर्नुपर्देन ?  जनता ठगेर खाऊ भनेर सरकारले यातायात व्यवसायीलाई छाडा छोडेको प्रस्ट रुपमा देखिएको छ ।

त्यसैले त हेल्लो लाज पचेको सरकार… जनताप्रतिको तिम्रो उत्तरदायीत्व यहि हो ?

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK