सरकार ! मध्यमबर्गको दशैं यसपाली पनि मुस्किलले कट्यो ! अझ बाध्यता यस्तो बन्स्यो कि न गरिब भनेर सुख पाइने न धनी भईयो ! मध्यम बर्गको दशैं अमिलो भो…
टिका लगाउन जाँदा, आफन्त भेट्न जान पनि फलफुल, मिठाइ, आदि चीजबीजको आवश्यक पर्ने नै भयो । अझ दशैंमा सबैभन्दा बढी आवश्यक पर्ने चीज भनेको माछामासु पनि हो । शाकाहारीहरु का लागि दशैंमा दुध, दही, पनिर जस्ता दुग्धजन्य खानेकुराको उपभोग हुने नै भयो। तर चाडबाडको मौका छोपेर व्यापारीहरुले सर्वसाधारणको भान्सामा प्रयोग हुने यस्ता खाध पदार्थहरुको ह्वात्तै मुल्यवृद्धि गरेको छन् ।
दशैंअघि नब्बे रुपिँया दर्जन पाउने केरा अहिले एक सय पचास रुपिँयासम्म पर्न गएको छ । दुई सय पचास पर्ने स्याउको अहिले बजार मुल्य प्रतिकेजी चार सय रुपैयाँसम्म पुगेको छ। नरिवल र हाँसको फुलको मुल्य व्यापारीहरुले दोब्बर उठाएका छन् ।
व्यापारीहरुले एकैदिनमा सामानको मुल्य दोब्बर गराएर जनता ठग्दा शेरबहादुर देउवाको सरकार कहाँ छ ? अनुगमन गर्नतर्फ कुनैपनि सम्बन्धित निकायको ध्यान गएको छैन । जसले खाधवस्तुको उत्पादन गरेको छ उसले न बजार पाउन सकेको छ । न त किसानले आफ्नो उत्पादित सामानको उचित मुल्य नै पाउनै सकेको छन् । मासु पसलेहरुको पसलैपिच्छे छुट्टाछुट्टै भाउ छ । कुनै मासु पसलमा किलोको चौध सय छ भने कुनैमा पन्ध्र सय छ । खसीको भनेर बाख्राको मासुसमेत मिसाउने गरेको छन् । कुखुराको मासु तीन सय पचासदेखि साढे चार सयसम्म छ । माछा, राँगा र बुँगुरको मासु पनि मनलाग्दी भाउ तोकेर बिक्रीवितरण भइरहेको छ । राँगाको मासु भनेर भैसँीको मासु बेचिरहेको छन् मासु पसलेहरुले । भन्नलाई जिँउदो कुखुरा भन्छन् तर मरेको हो कि भन्ने पनि कसैलाई पत्तो छैन् ।
अण्डा प्रतिगोटा बीस रुपिँया तोकेको छन् । दशैंमा सबैभन्दा आवश्यक पर्ने चीजबीज भनेको माछामासु र अण्डा हो । तर यी खाधवस्तुहरुमा पनि मिसावट गरेको पाइन्छ ।
बजारमा पाइने अधिकांश मदिरा स्वास्थ्यलाई हानि गर्ने खालको छन् । घरमा बनाइने लोकल मदिराहरुमा समेत अखाध वस्तुहरुको मिसावट छ । सिलप्याक मदिरा पनि त्यस्तै हो । नामचाहि ठुल्ठुला मदिरा कम्पनीको राख्दै बिक्रीवितरण भइरहेको छ ।
साकाहारीले दशैंमा मिठाइको बढी उपभोग गर्छन् । तर मिठाइ पसलेहरुले गुणस्तरणहीन मिठाइ बिक्री वितरण गरिरहेको छन् । तिहारमा स्थिति झनै भयावह हुने पक्का छ । झिँगा भन्किएका, बासी सडेगलेको मिठाइहरु पनि बजारमा उपलब्ध छन् । जनताहरु पनि त्यस्ता मिठाइको प्रयोग गनै बाध्य छन् । मिठाइ बनाउने ठाँउसमेत निकै फोहोर छ । मिठाइ पसलेहरुले आफुखुसी मिठाइको मुल्य निर्धारण गरेको छन् । मिठाइहरु खानयोग्य छ कि छैन् भन्ने कुरा कसैलाई पनि थाहा छैन। बजारमा अहिले पनि सडेगलेका, बासी र म्याद सिदिएको सामानहरु पनि बिक्रीको लागि राखिएको छ । जनताले त्यस्ता व्यापारीको विरोधमा उजुरी गनेृ ठाँउ काही छैन् । कति व्यापारीले बिना दर्ता व्यवसाय सञ्चालन गरेको छन् । पसलमा सरकारले तोकेअनुसारको भाउमा कुनै पनि सामान पाइदैन् ।
एकातिर उनीहरुको दर्ता पनि छैन् । चाडबाडको बेलामा सरकोले सकेसम्म अनुगमन गर्ने जनशक्तिमा वुुद्धि गर्नुपर्ने हो । अनुगमन गर्न जिम्मा पाएका सम्बन्धित निकायहरुले प्रधानमन्त्रीको हाताभित्र छ । तर प्रधानमन्त्रीलाई राजनितिक दलको भागबण्डा मिलाउदै ठिक्क छ ।
व्यापारीहरुले नै सामानमा मिसावट गरेको छन् । तौलमा समेत व्यापारीले उपभोक्ता ठगेको छन् । ससाना खुद्र पसलेसंगै भाटभटेनी जस्ता ठुला मलहरुले कम तौल राखेर सामान बेचिरहेको छन् । प्याकेटमा एक केजी लेखेको हुन्छ तर तौल निकै नै कम हुन्छ । व्यापारीहरुको जनता ठग्ने पोलेसी नै यही हो । हुन त व्यापारीको अगाडि राजनितिक दलदेखि लिएर सरकारको केही लाग्दैन् । त्यही व्यापारीले राजनितिक दलका नेताहरुलाई चुनाव लड्नको लागि चन्दा दिएको हुन्छन् । व्यापारीहरुले खुल्ला रुपमा हामीले यो पार्टीलाई यति चन्दा दिएको भनिरहेको हुन्छन् । राजनितिक दलले उधोग व्यापार, निर्माण व्यवसायी वा अन्य जुनसुकै व्यवसायीहरुलाई पार्टीको सदस्य बनाउने र यिनीहरुसंग लेबी उठाउने अनि जनता ठग्ने काम गरेको छन् । राजनितिक दलहरुले पैसा खाएर मनोनित सांसद बनाउने काम गरेको छन् ।
राजनितिक दलहरुले पैसा लिएर मनोनित सांसद बन्नेमा स्वास्थ्य, शिक्षा क्षेत्रका साँसदहरुसम्म पर्छन् । यस्ता माफियाहरु पैसाको आडमा मन्त्रीसम्म बने । कर्मचारीहरुलाई सरकारले दिएको तलब नपुगेर व्यापारीहरुसंग मिल्दा मँहगी बढेको हो । न इमान्दारिता राजनितिक दलमा छ न त सरकारी कर्मचारीहरुमा नै छ ।तर यसको मारमा भने जनता परेको छन् । यिनीहरुको यस्तो व्यवहारको कारणले पनि जनता भोकभाकै मर्नुपर्ने स्थिति आएको छ । दशैं नेपाली जनताको चुल्होमा दशा बन्न पुगेको छ ।
त्यसैले हेल्लो सरकार मलाई भन्नु छ…’