×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

इन्भेष्टर्स फोरमको विज्ञप्ति : नियामक मौन रहँदा ४४ लाख बढी लगानीकर्ता निरुत्साहित भए, तत्काल ५ बुँदा सम्बोधन गर्न माग

काठमाडौं । विगत लामो समयदेखि सेयर बजारमा निरन्तर भारी गिरावट आउन थालेपछि नेपाल इन्भेष्टर्स फोरमले पुँजीबजारबाट लगानीकर्ताले खर्बौं रकम गुमाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । फोरमले आज सोमबार एक विज्ञप्ति जारी गर्दै पुँजीबजारबाट लगानीकर्ताले खर्बौं रकम गुमाएको भन्दै बजार सुधारका लागि तत्काल ५ व्यवस्था आवश्यक रहेको जनाएको हो । फोरमले ४/१२ को व्यवस्था खारेज गर्नुपर्ने, ब्रोकर कमिसन घटाइनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, नेप्से र धितोपत्र बोर्डलाई नेतृत्व दिइनुपर्ने र ब्रोकरमार्फत मार्जिन कर्जा उपलब्ध गराइनुपर्ने माग राखेको हो ।
 
हेर्नुहोस् फोरमको विज्ञप्ति जस्ताको त्यस्तै :
विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति फोरमले आफ्नोगम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको पूँजी बजारको इतिहासमा सबैभन्दा बढी पूँजीकृत रकम रु. ८ खर्ब भन्दा बढि गुमाइसक्दा पनि सरकार र यसका अन्य निकायहरू मौन रहनाले ४४ लाख भन्दा बढि लगानीकर्ताहरू अझ बढि मर्माहत भएको जिकिर गरेको छ ।
मुलुकले दशकौंको राजनीतिक अन्योललाई पार गर्दै अबका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरू बेखबर जस्तै रहनुले भनाई र गराईमा फरक रहेको फोरमको बुझाइ छ । फोरमले भनेको छ, “गतमा जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण आज मुलुकले गम्भीर रुपमा लगानी योग्य पूँजी तथा तरलताको अभाव खेपिरहेको छ । सोहि गलत नीतिको कारणले पूँजी बजारमा आपूर्ति बढ्न गएको तर आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरूको पूँजीबजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐन कानूनहरू नहुनु नै प्रमुख कारण भएको हाम्रो ठम्याई हो ।”
विगतमा लगानीका अन्य क्षेत्रहरु सुशुप्त रहेको अवस्थामा विद्यार्थीदेखि शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म, गृहणीदेखि सेवा निवृत व्यक्तिहरूसम्म, ठुला व्यवसायिक घरानादेखि साना व्यवसायिहरूले आफनो बचत तथा क्रण रकमलाई यसै क्षत्रमा लगानी गरेका थिए । यो तथ्यलाई विगत ५ वर्षको तथ्याङ्कबाट प्रष्ट देख्न सकिने फोरमको ठहर छ । “निरन्तर रुपमा घटिरहेको बजारको कारण र सोको निराकरणका विषयमा सम्बन्धित क्षेत्र मौन रहनुले पूँजीबजार मार्फत व्यवसायिक क्षेत्रमा प्रवेश गर्न चाहने लाखौं लगानीकताहरू निरुत्साहित भएका छन्‌,” फोरमको भनाइ छ ।
फोरमका अनुसार पूँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाईएका देहायका मागहरू यथासमयमा सम्बोधन नहुनु हाल पूँजीबजार निरन्तर घटनुको अर्को कारण हो ।
देशलाई समृद्ध बनाउन र शेयर बजारप्रति जनताको आकर्षण बढाउनको निम्ति तथा लगानी सुरक्षाको आभाष दिलाई सेयर बजारको विश्वसनीयता बढाउनको निम्ति
देहायका मागहरु यथाशीघर सम्बोधन गर्न फोरमले विज्ञप्तिमार्फत् माग गरेको छः
१. नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गरियोस्‌ ।
२. नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई व्रोकर लाईसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुबिधा विस्तार गरियोस्‌ ।
३. ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराईयोस्‌ ।
४. हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गरियोस्‌ ।
५. पूँजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गरियोस्‌ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: