×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशियाको गम्भीर बदमासी : ‘कि ब्याज बढाएर तिर, कि ऋण नै चुक्ता गर’ भन्दै ऋणीलाई धम्की ! (अडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनआइसी एशियाको गम्भीर बदमासी : ‘कि ब्याज बढाएर तिर, कि ऋण नै चुक्ता गर’ भन्दै ऋणीलाई धम्की ! (अडियोसहित)

काठमाडौं । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्दै प्रचार गर्दै जनता झुक्याउन पल्किएको एनआइसी एशिया बैंकले अव आफ्नो नारा बैंक पनि ठग पनि राखे हुने भएको छ। कारण दिनानुदिन डाका शैलीमा यो बैंकले जनता ठग्न थालेको छ । बैंकिङ प्रणाली सुधारका लागि नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको कहिले अवज्ञा गर्दै त कहिले धज्जी उडाउदै बैंकले एक पछी अर्को वित्तीय अपराध गरेको खुलासा भएको छ ।

बैंकले गरेको पछिल्लो बदमासी हो नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको चोरबाटोबाट अवज्ञा । मंगलबार राती राष्ट्र बैंकले बढेको ब्याजदर घटाउन निर्देशन दिए पनि बैंकले भने एक दिन पूरानो मितिमा निक्षेप उठाएको पाइएको छ । कार्तिक बाट लागु हुने गरी ११.१ प्रतिशत ब्याजदर पुर्याएर करिब १० अर्व निक्षेप अरु बैंकबाट खोसेको यो बैंकले बुधबार पनि पूरानो मिति राखेर अरु बैंकको निक्षेप खोसेको पाइएको छ ।

एनआइसी एशिया बैंकले गरेको अर्को बदमासीले भने ऋणीलाई अहिले रुनु न हाँस्नु बनाएको छ । त्यो हो फिक्स्ड ब्याजमा दिएको ऋणमा नयाँ सौदाबाजी।

बैंकले यतिसम्म बदमासी गरिरहेको छ कि १८ बर्ष अवधिसम्मका लागि स्थिर ब्याज राखेर ८ प्रतिशत ब्याजमा घर तथा गाडी कर्जा स्कीम ल्याएको बैंकलेऋण लगेका ऋणीहरुलाई बोलाएर कि त बढेको प्रिमियमसहित ब्याज तिर होइन भने तत्काल ऋण तिर भन्दै धम्की दिन थालेको छ

पछिल्लो समय तरलता अभाव हुँदै जाँदा निक्षेपको भाउ बढ्न थालेपछि एनआइसी एशियालाई अहिले लागत धान्न धौ धौ भएपछी बैंकले यस्तो बदमासी गरिरहेको हो ।

यता यस विषयमा समबन्धित शाखा प्रबन्धकहरु भने माथिकै आदेश भन्दै पन्छीरहेका छन् । यता बैंक व्यवस्थापन पनि यस विषयमा बोल्न चाहिरहेको छैन । एनआइसी भनेको एनआइसी नै हो, हामीले जे पनि गर्न पाउनुपर्छ भन्ने शैलीमा बैंकले नियामकको निर्देशनको नै धज्जी उडाउंदा पनि नियामक निकायले यो बैंकको बदमासी उपर कारवाही नगर्दा नियामकलाई समेत बैंकले कसरी रिझाएर राखेको छ भन्ने बुझ्न गाह्रो छैन ।

अर्थ सरोकारलाई प्राप्त कागजपत्र र अर्थ सरोकारसँग ग्राहकले गरेको गुनासोमा एनआइसीले गरेको दुवै खालका बदमासी प्रष्ट छन् । यसले देखाउँछ कि बैंक कसरी लाजै पचाएर ऋणी ठग्न र नियामक फकाएर उसैलाई चुनौती दिन खप्पिस भईसकेको छ ।

बैंक माथिको आदेश भन्दै बदमासी गरिरहेको छ । बैंक व्यवस्थापन न ऋणीसँग कुरा गर्न तयार छ, न मिडियासंग बोल्ने उ संग जवाफ छ । बस नियामकलाई आफ्नो बसमा पारेर एनआइसी एशिया बैंक निरन्तर ठगी कार्यमा लिप्त छ । आखिर यो बदमासीको सिलसिला कहिलेसम्म ? यसको जवाफ सायद राष्ट्र बैंकसंग पनि छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: