काठमाडौँ । एउटा बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडमात्र सेयर कर्जा लिन पाइने व्यवस्था परिवर्तन गराउन लगानीकर्ताहरु अर्थमन्त्रीसम्म पुगेको र अर्थमन्त्रीले पनि गभर्नरलाई फोन गरेर यस विषयमा बुझेको रहस्य बाहिर आएको छ । अर्थमन्त्रीसम्म पुगेका लगानीकर्ता निकट स्रोतले दिएको जानकारी अनुसार केहि समयअघि गभर्नरले ४-१२ को कुरालाई सिरियसली नलिएको भन्दै केहि लगानीकर्ताहरु अर्थमन्त्रीसम्म पुगेका थिए । त्यसपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल राष्ट्र बैंकका गभर्नर सिए. महाप्रसाद अधिकारीलाई फोन गर्दै यो विषयलाई ‘मिलाउनुपर्यो’ भनेको र गभर्नरले पनि ‘समिक्षा अवधिसम्म कुर्न आग्रह गरेका थिए ।
यता नेपाल राष्ट्र बैंक भने संस्थागत सीमा छोडेर व्यक्तिको हकमा ४-१२ को कुरालाई परिमार्जन नगर्ने रणनीतिका साथ अगाडी बढेको छ । ‘अर्थमन्त्रीले यो केसमा फोन गरेको हामीले पनि सुनेको हो । तर अर्थमन्त्रीले फोन गरेर हुँदैन । नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो भन्ने छ संचालक समितिमा पनि ।’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने-‘हामी संस्थागतलाई छुट दिने र व्यक्तिको हकमा भने यो व्यवस्थालाई यतिकै राख्ने भन्ने रणनीतिमा छौं । हेरौं अव माथि अर्थमन्त्रीले थप प्रेसर कतिको दिनुहुन्छ भन्ने हो ।’
उनका अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा पनि यो कर्जा सीमालाई परिमार्जन गरेन भने आफुहरु मुद्धा मामिलामा जाने तयारी गरेको जानकारीसमेत केहि लगानीकर्ताहरुले राष्ट्र बैंकमा समेत अनौपचारिक रुपमा गराईसकेका छन् । ‘लगानीकर्ताहरुले धितो राखेर ऋण लिन पाउने अधिकारमाथि धावा पुगेको भन्दै अदालत जाने तयारीसमेत गर्नुभएको जानकारीमा आएको छ । चौतर्फी दबाब पनि छ । हेरौं के हुन्छ ।
अझ खास कुरा त के छ भने केहि समय अगाडी नै ४-१२ परिमार्जन हुने भईसकेको थियो । बीचमा राष्ट्र बैंकभित्रकै व्यक्तिहरुले गभर्नरलाई यो नीति परिमार्जन गर्न नहुने सुझाव दिएपछी यो प्रकरण ‘के हो…के हो’ भन्नेमा पुगेको थियो । मौद्रिक नीतिको समिक्षामा अन्य थुप्रै परिमार्जन भने गर्ने तयारी भएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘अहिलेको तरलता अभावलाई समाधान गर्नेगरी विभिन्न तयारी भएको छ । हेर्दै जाउँ । ‘
उनका अनुसार अवको केहि दिनभित्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दैछ । समिक्षाको तयारी लगभग सबै सकिएको छ भने यहि ४-१२ लाई कुन रुपमा परिमार्जन गर्न सकिने वा के हो भन्ने विषय टुंग्याउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्