×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कसैलाई खबर नगरी दिउँसै एकाएक बैंक छोडेर कहाँ गए कुमारीका सीइओ ? डेपुटी सीइओपनि सम्पर्कविहीन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कसैलाई खबर नगरी दिउँसै एकाएक बैंक छोडेर कहाँ गए कुमारीका सीइओ ? डेपुटी सीइओपनि सम्पर्कविहीन !

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरी किर्ते कागजका आधारमा १९ करोड ऋण प्रवाह गरेको प्रकरणमा नाम मुछिएका बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना एकाएक आइतबार दिउँसो बैंकबाट नै ‘गायब’ भए । कसैलाई केहि नभनी बैंक छोडेर हिंडेपछी कतिपयले उनी भागेको भन्दै चर्चा गरे । सीआइबीले बैंकसँगको मिलेमतोमा तल्लो तहका कर्मचारी पक्राउ गरेर घटनाका मुख्य योजनाकारका सबैभन्दा नजिकका व्यक्ति रहेका तिमिल्सीनालाई भने प्रभावमा परेर पक्राउ नगरेको चर्चा चलिरहेका बेला र घटना अनुसन्धानकै क्रममा रहँदासमेत विभिन्न मिडियामा सीआइबीकै हवाला दिंदै उच्च तहका कर्मचारीको संलग्नता नरहेको भन्ने समाचार आएपछी सीआइबीको अनुसन्धानमा पनि प्रश्न उठेको चर्चा यतिबेला बैंकिङ क्षेत्रमा छ । यहि चर्चाका बीच सीआइबीलाई पनि उनीमाथि अनुसन्धान गर्न दबाब परेको थियो । सीआइबीले आफ्नो साख जोगाउन भएपनि आफुलाई पक्राउ गरेरै अनुसन्धान गर्ने तयारी भएको चर्चा बजारमा चलेपछि आइतबार ढिलो गरी बैंक पुगेका तिमिल्सीना बैंकमा उनी आफैंले तय गरेका बैठकहरुसमेत छोडेर फोन अफ गरी बैंक छोडेपछी अनेक प्रश्नहरु उब्जिएको छ ।

कतिपयले पक्राउ परेपछी हिरासत नबस्नुपर्नेगरी मेडिकल कागज बनाउन उनी अस्पताल गएको चर्चासमेत गरेका छन् । तर सीआइबीका सूचना अधिकारीले भने उनी पक्राउ परेको जानकारी आफुलाई नभएको बताएका छन् ।

तिमिल्सीना आइतबार करिब ११ बजे ढिलोगरी बैंक पुगेका थिए । बैंक पुगेर उनले दिउँसो तय गरिएका बैठकहरुबारे आफ्नो टिममा समयबारेसमेत बुझेका थिए । तर यो बीचमा उनीसँग समय लिएर उनलाई भेट्न गएकाहरुले पनि उनलाई भेट्न पाएनन् । किनकि उनी बैंक छोडेर, फोन अफ गरेर बाहिरिएका छन् । तिमिल्सीनाका कार्यालय सचिवलेसमेत तिमिल्सीनाले आफुलाई केहि पनि नबताई हिंडेको बताएकी छिन् । ‘अघिसम्म यहीं हुनुहुन्थ्यो । अरुबेला कहाँ जान लागेको कुरा भनेर जानुहुन्थ्यो । आज केहि पनि खबर नगरी हिड्नुभएको छ । अव उहाँ अफिस सायद आउनुहुँदैन भन्ने सुनेको छु ।’ कार्यालय सहयोगीले अर्थ सरोकारसँग भनिन्, ‘उहाँको फोन पनि अफ छ ।’

पक्राउ परेर हिरासत बस्नुभन्दा बिरामी छु भनेर अस्पताल बस्न पाइने भन्दै उनले सोहि अनुसारको तयारी गरेको चर्चा यतिबेला बैंकमा छ ।

यता बैंकका कामु सीइओ तिमिल्सीनाले भने आफु नभागेको दाबी गर्दै अस्पताल आएको भने स्वीकारेका छन् । ‘विहान अफिस पुगेको थिएँ । म यसै पनि प्रेसरको बिरामी छु । ज्यानलाई अलि बिसन्चो भएपछी डाक्टरलाई फोन गरें। डाक्टरले अहिले नै आउनु, नत्र मर्छस्’ भनेपछि अहिले गङ्गालाल अस्पतालमा छु । आज अफिस जान्न ।’ अर्थ सरोकारसँग उनले भने, ‘सकें भने भोलि अफिस जान्छु, नत्र पर्सि जान्छु ।’

यता यस प्रकरणमा अनुसन्धानको घेरामा परेका भनिएका बैंकका डेपुटी सीइओ मनिष तिमिल्सीना पनि बैंकको सम्पर्कमा छैनन् । उनी आइतबार कार्यालय नै नआएको बुझिएको छ । हाल उनको फोन अफ छ । यद्यपी उनी कार्यालयमा भए-नभएको विषयमा भने कुरा बाझिएको छ ।  बैंकका कर्मचारी उनी आइतबार बैंकमा नआएको बताउँछन् भने बैंकका सीइओ तिमिल्सीना डेपुटी सीइओ मनिष तिमिल्सीना आइतबार बैंकमै रहेको दाबी गर्छन् । यद्यपी अर्थ सरोकारलाई उनीहरु दुवैजना बैंकमा नभएको र उनीहरुको कुर्सी खाली रहेको तस्विर प्राप्त भएको छ ।

के उनलाई पक्राउ गर्न नै लागिएको हो त ? हामीले यो प्रश्न  सीआइबीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोलाईसमेत सोधेका थियौं । हाम्रो प्रश्नमा उनले पक्राउ गर्न लागिएको हो वा होइन भन्ने कुरा मिडियालाई बताउन नमिल्ने बताए । ‘फलानो पक्राउ पर्दैछ भन्ने कुरा मिडियालाई भन्ने कुरा हुन्न । यसरी त मान्छे भागिहाल्छ नि । तर जहाँसम्म मलाई जानकारी छ, उहाँविरुद्ध अहिले पक्राउ पूर्जी जारी भएको छैन ।’

सो प्रकरणमा अहिले बैंकका कनिष्ट कर्मचारी सोनु ठाकुर हिरासतमा छन् । यो प्रकरणमा सीइओलाई पक्राउ नै नगरी अनुसन्धान गरेकोबारे सीआइबीको समेत चौतर्फी आलोचना भईरहेको छ । ठुलालाई बचाएर सानालाई फसाई घटना सामसुम पार्न खोजेको आरोपसमेत सीआइबीलाई चौतर्फी लागेको छ । सधैं आफ्नो काममा अब्बल रहेको प्रमाणित गर्दै आएको सीआइबी यस्तो ससानो प्रकरणमा विवादमा तानिनु हुँदैन र तिमिल्सीना लगायतका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान हुनुपर्छ भन्ने आवाज प्रहरीभित्रै पनि उठेको स्रोत बताउँछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी