सरकारले चलाउनुपर्ने राष्ट्र, व्यापारी र कालोबजारीले चलाउंदा जनतालाई मर्नु न बाँच्नुको स्थिति आएको छ । यसपालीको तिहारले पनि यस्तै सन्देश दिएर गयो । यसपाली तिहारमा बजार घुमियो ।
तिहारमा दाजुभाइलाई उपहार स्वरुप दिन भाइमसला, मिठाई र फलफुल किन्नेहरुको चाप थियो । सप्तरंगी टीका बेच्ने पनि उत्तिकै थिए । किन्नेको पनि कमि हुने कुरै भएन । स्टल नै पिच्छे भाइमसला बेच्न राखिएको थियो । ओहोरदोहोर गर्ने मानिसहरुलाई भने निकै कठिनाइको सामना गराएर महंगीको महँगो व्यापार चलिरहेकै थियो ।
सामान त जतिपनि छन् तर मँहगीले पनि साथ छोडेको छैन । बजारमा सामानको भाउ सोध्ने हो भने कतिपयको त सातो उड्लाझैं थियो बजारको महंगी रौनक । बिहान कमाएर बेलुका छाक टार्नेले त सामान छुन पनि नसक्नेगरी मँहगी बढेको छ बजारमा आजकल । पसल नै पिच्छे सामानको मुल्य फरकफरक हुने नै भयो। सरकारले गति जो छाडेको छ ।
यसपालीको तिहारमा किनमेलमा निस्कनेहरुलाई थाहा छ- हरेक सामानको मुल्य दोब्बर भएको छ । फूल र मालामा चर्को मुल्यवृद्धि भएको छ । मँहगीले जनताको ढाड सेकेको छ तर सरकार भने मौन छ । बजार अनुगमनमा सम्बन्धित निकायको ध्यान गएको छैन । अनुगमन गरेजस्तो गरेर कमिसन सुलं पल्केकाहरु कालो बजारियाले दिएको कालो पदार्थ पिउन मै व्यस्त भए । बजार मँहगीसंग सामानको भाउ दाज्ने हो भने साधारण रुपमा एक जना दाजुभाइलाई टीका लगाँउदा पाँच हजार ररुपैयाँ खर्च हुने देखियो बजारमा ।
कसैले पनि पैसाको लागि टिका लगाउदैनन् । तर सामान खरिद गर्न त पैसा चाहिन्छ नै । चाडबाडको मौका छोपेर मिठाइ पसलेहरुले गुणस्तरहीन सामान बिक्री गरिरहेको छन् । खानयोग्य नभएको मिठाई बेचेका छन् मिठाइ पसलेले अनि पैसा पनि मनलाग्दी लिएको छन् । मिठाई बनाउने ठाँउ कसैले देखेको छ ? मिठाई बनाउने ठाँउ निकै नै फोहोर र सफासुग्घरहीन छन् । मिठाई बनाउन प्रयोग हुने भाँडाकुँडा पनि महिनौदेखि नमाझिएका जस्तो देखिन्छ । ब्रान्डेड भनिएका मिठाइ पसलमा पनि यस्तै रमिता थियो तिहारका बेला । के गर्ने ? सरकारले आँखा देखेर पनि आँखा चिम्लिएपछी…
उपभोक्ता मञ्चका नेताहरु जनता हाम्रो लागि देउता हुन् भन्दै ठुल्ठुला भाषण गर्छन् । जुनचाहि व्यापारीहरुले मञ्चका नेताहरुलाई पैसा दिएन, त्यो व्यवसायीकोमा मात्रै छापा मार्छन् । जनता ठग्ने व्यापारीबाट पैसा पाइपछि यिनीहरुले त्यस्ता व्यापारीलाई खुल्ला छोडिदिन्छन् । पैसा नपाउञ्जेल मात्रै हुन् अनुगमन गर्ने पैसा पाइसकेपछि अनुगमन टोली र उपभोक्ता मञ्चका नेताहरु आफैं बिलाउछन् । अनुगमन टोली र उपभोक्ता मञ्चका नेताहरु बिक्दा पनि मँहगीले सीमा नाघिसकेको छ । गरिब जनता मँहगीको भार थेग्न नसकेर मर्नपर्ने स्थिति आएको छ ।
पहिलेपहिले दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाउन चाहिने सामान सबै आफ्नै घरमा तयार पार्थे । सेलरोटीदेखि लिएर फुलका मालाहरु सबै आफ्नै घरमा बन्थ्यो । अरु केही नभएपनि कोसेलीस्वरुप डालाभर सेलरोटी बोकेर जान्थे । टीका लगाउने दिन दाजुभाइलाई खाना खुवाउन चामलसहित आफ्नै घरबाट लिएर जान्थे । आफ्नै घरदेखि तरकारी चामल लिएर माइती पुग्थे दिदीबहिनी । त्यतिखेर आफुले जे सकिन्छ त्यही खुवाउनपर्छ भन्ने मान्यता थियो । दिदीबहिनीहरुले पनि टीका लगाइदिए बापत दक्षिणाको आश गर्दैनथिए । पछिल्लो केही वर्षयता, दिदीबहिनीले टीका लगाउन सामान किन्दा उठेको पैसा पनि दक्षिणा पाइएन भन्ने गुनासोहरु सुनिन्छ । यसको कारण बढेको महंगी पनि पक्कै हो ।
केही वर्षअघिदेखि व्यापारीहरुले थोरथोर सामान हालेर मसलाका प्याकेट बनाउने र जनता ठग्ने काम गरिरहेको छन् । फलफूल, दुग्ध जन्य पदार्थ, माछामासु पसले हरुले पनि आफुखुसी भाउ रोखर जनता ठगेका छन् । व्यापारीहरु आफु कमाउने अनि दिदीभाइका सम्बन्ध बिगार्ने र चाड संकटमा पारिदिने काम गरिरहेको छन् । नेपाल सरकार र हामी जनताले व्यापारीको पोलेसी बुझनौ भने चाडबाड नै संकटमा पर्छ ।
जताततै महँगी, जताततै लुट !
व्यापारीलाई जे गर्न पनि नेपालमै रहेछ छुट !
र त यसपालीको तिहारले नागरिकका लागि एउटा सन्देश छोडेर गएको छ
‘देश त माफियाको हातमा पुगिसकेछ’ जनताले सरकारको अनुभूति सम्झिनी, पानी छाम्किनी…!
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्