डोटी । केही दिनयतादेखि यहाँका प्रमुख बजार तथा गाउँमा तिहारको चहलपहल सुरु भएको छ । बजारमा रङ्गीचङ्गी फूलका माला तथा झिलिमिली बिजुली बत्ती बिक्रीवितरण गर्न खोलिएका अस्थायी पसलका कारण यहाँ तिहारको रौनकता झनै चम्काएको हो । रातिको सयममा यहाँका बजारमा बालिएका थरिथरिका झिलिमिली बत्तीले यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, राजपुर, कालागाढ, गोपघाट, बुडर, बिपीनगर, जोरायल, गैरा, बानीडुग्रीसैन क्षेत्रका बजारको रौनकता बढेको देखिएको छ ।
केही दिन पहिलेको बेमौसमी वषासँगैको बाढीपहिराले गरेको जनधनको क्षतिको दुःखमा परेका यहाँका नागरिक अहिले तिहार नजिकिएसँगै पुनः नयाँ लुगाफाटो तथा घरायसी सरसामान किन्ने र घर लिपपोतसहित चम्काउन थालेका छन् । बाढीपहिराले यहाँका गाउँघरमा रहेका खेत सबै उजाड बनाइ माटो र बालुवाले बगर बनाएको भए पनि उक्त दुःखलाई थाँती राख्दै स्थानीयवासी तिहारका लागि किनमेल गर्न सक्रिय बन्न थालेका आदर्श गाउँपालिका–२ का भरत खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराले हाम्रा खेतीयोग्य जमिन बगर भएका छन्, घरमा खानलाई एक दाना अन्न पनि छैन तर वर्षभरिको चाड तिहार नजिकै आयो, मनमा दुःख थाँती राखेर भए पनि छोराछोरी खुशी पार्नलाई तिहारको किनमेल र व्यवस्थापनमा लाग्ने गरेका छौँ ।”
अहिले यहाँका नौवटै स्थानीय तहका स्थानीयवासीमा अन्यवर्षको जस्तो तिहारको रौनकता भने छाएको छैन् । यो वर्ष दशैको रमाइलो नसकिदै यहाँ बाढी पहिराले ठूलो बज्रपात गरेकाले पनि यहाँका नागरिकमा खुशीयाली अन्त भएको दिपायल सिलगढी नगरपालिका–२ एयरपोर्टका कृष्णबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “बेमौसमी बाढीपहिराले कसैले नभुल्ने गरी दुःख दिएर गएको छ, बस्ने घर र खाने खेत बगाइदिएको छ, कसरी मनमा खुशी छाउनु र पर्व मनाउनु ।”
जिल्लामा यो पटक कोरोना जोखिम खासै कायम नरहेको भन्दै स्थानीय प्रशासनले पनि तिहारका समयमा खासै कडाइ नगरेका कारण यहाँका प्रमुख बजार तथा सानाठूला हाटबजारमा चहलपहल बढेको स्थानीयवासी बताउँछन् । यसैगरी यहाँका गाउँघरमा कामका लागि परदेश अर्थात भारत गएका नागरिक पनि तिहारका लागि घर आउन थालेका कारण गाउँघरमा चहलपहल बढ्दै गएको जोरायल गाउँपालिका–५ का नीरज विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहरबजार भन्दा अहिले यहाँका गाउँमा बढी मानिसको चहलपहल बढेको छ । गाउँका प्रमुख बजारमा पनि तिहारका लागि सामग्री किनमेल गर्ने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । तिहारलाई संस्कृतिक पर्व भनिए पनि यहाँ तिहारको समयलाई आर्थिक कारोबारको गतिलो समय मानिने गरेका कारण पनि आर्थिक कारोबार बढी हुने गरेको व्यापारी बताउछन् । गाउँ–गाउँबाट खसी, बोका, बङगुर कुखुरालगायतका पशु तथा मासुजन्य पक्षी लिएर बिक्रीका लागि आउनेको सङ्ख्या पनि बढ्न थालेको बताइएको छ ।
चाडपर्वको समयमा अरुबेला भन्दा व्यापार राम्रो हुने भएकाले बजारमा सामग्री प्रदर्शन गर्ने र होडबाजी भने बढ्दै जाने गरेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै खुल्न थालेका पसलले गर्दा सदरमुकाम र चल्तीका मानिएका व्यापारिक केन्द्रमा भने व्यापार खस्किँदै गएको र व्यापारमा मन्दी भएको व्यापारीले बताएका छन् ।
सडक विस्तार भए पनि यातायत पुग्न नसकेका स्थानका सर्वसाधारण भने किनमेलका लागि सदरमुकाम नै आउने गरेका छन । व्यापारिका लागि चाडबाड कमाउने मौका बनेर आएको छ भने आकासिदो महँगी, पसल पिच्छेको फरक मूल्यले गर्दा सर्व साधारण हैरान बने गरेका स्थानीयवासीको आरोप छ । तिहारको बेला हुने कालोबजारी, अखाद्य वस्तुको खरिद बिक्रीलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्