×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा: शारीरिक अशक्त भएका व्यक्तिलाई भत्ता बुझ्न सास्ती, चोकमा भक्का पकाउँदै महिला

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शारीरीक अशक्त भएका व्यक्तिलाई भत्ता बुझ्न सास्तीदेखि विराटनगर महानगरपालिकास्थित देवकोटा चोकमा भक्का पकाउँदै एक महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैंकतर्फ लाँदै । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ ।

मोरङको विराटनगर महानगरपालिकास्थित देवकोटा चोकमा भक्का पकाउँदै एक महिला ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित फस्कोटमा डा सूर्यप्रसाद पाण्डेको बगैँचामा बोटभरि फलेको किवी फल । उहाँले सोह्र रोपनी जग्गामा लगाउनु भएको किवी खेतीबाट वार्षिक रु १६ लाख आम्दानी हुँदै आएको छ ।

बैतडीको पाटन बजारका एक व्यापारीले ल्याएका न्यानो लुगाहरु । पछिल्लो केहीदिन यता जाडो बढ्दै गएकोले न्यानो लुगा बिक्री बढ्दै गएको छ ।

कञ्चनपुरको झलारी बजारमा हँसियामा सान (धार) लगाउँदै गरेका व्यक्ति । गाउँघरमा साइकलमा घुमेर हँसिया, बन्चरो, चक्कु, छुरीलगायतमा सान लगाइ राना थारु समुदायका व्यक्तिले गतिलो आम्दानी गर्दै आएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ फस्कोटका डा सूर्यप्रसाद पाण्डेको किवी बगैँचामा रहेको एभोकाडोको बोटमा फलेको एभोकाडो । फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा एभोकाडोलाई लिइन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: