×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० लाखको लागतमा पूजासामग्रीको उद्योग सञ्चालन, स्थानीयलाई रोजगारीको अवसर प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

३० लाखको लागतमा पूजासामग्रीको उद्योग सञ्चालन, स्थानीयलाई रोजगारीको अवसर प्रदान

Artha Sarokar

६ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा । पूजा सामग्रीमा विदेशी निर्भरता घटाउन झापाको कमल गाउँपालिका-६ मा स्थानीय युवाको लगानीमा दिव्यदृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि सञ्चालन भएको छ । डेढ वर्षअघि ३० लाखको प्रारम्भिक लगानीमा सुरु गरिएको उद्योगले कोभिड-१९ को चुनौती खेप्दै हाल प्रदेश नं १ को बजारमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ । कम्पनीले पवित्र सप्तधान्य, सर्वोषधि, पञ्चरत्न, सप्तमृतिलगायतका पूजा सामग्री उत्पादन गरिरहेको सञ्चालक विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यसअघि हरेक पूजा सामग्री भारतबाट आयातित हुने गरेको र स्वदेशी उत्पादन सडेर जाने गरेको देखेपछि स्थानीयवासीले रोजगारी समेत पाउने गरी उद्योग स्थापना गरिएको पोखरेलले बताउनुभयो । यस उद्योगमा दर्जनौं महिला तथा पुरुषले रोजगारी पाइरहेका छन् । पूजा सामग्रीमा प्रयोग हुने कच्चा सामग्रीको उत्पादन गर्ने किसान लाभान्वित भइरहेका छन् ।

दैनिक पूजापाठ, धार्मिक कार्यक्रम र संस्कारजन्य कार्यमा प्रयोग हुने गहुँत (गौमुत्र), दुबो, आँक, बेलपात, कुश, हवनका सामान, धूप, बत्ती जस्ता जताततै पाउन सकिने सामान समेत भारतबाट आयात हुने हुँदा बर्सेनि अर्बौ रुपैयाँ विदेश गइरहेको उद्योगका अध्यक्ष यज्ञप्रसाद आचार्य बताउनुहुन्छ । “हर्रोबर्रो, बेलको दानाको बोक्रा, ओखर जस्ता सामान मात्र होइन, तेल, घिउ, जौलगायत पनि भारतबाटै आयात हुने गरेको थियो”, उद्योगका अध्यक्ष आचार्यले भन्नुभयो, “हवन, यज्ञ र नित्य पूजापाठ आयातमा बर्सेनि अबौं रकम विदेश पठाउनु हाम्रा लागि दुर्भाग्य हो । त्यही सोचेर हामी युवाहरु मिलेर पूजा सामग्री उत्पादन गर्ने उद्योग खोलेका हौं ।”

उद्योगले पहाड तथा मधेसका किसानबाट कच्चा सामग्री उचित मूल्यमा खरिद गरेर ल्याउने गरेको छ भने महिलालाई घरै बसेर आयआर्जन हुनेगरी बत्ती काट्ने, धूप बनाउने जस्ता रोजगारीका अवसर प्रदान गरिरहेको छ । स्वदेशी पूजा सामग्री भारतबाट आयातित सामानको तुलनामा केही महँगो पर्ने भए तापनि स्थानीय बजारमा स्वदेशी सामानकै बिक्री बढेको छ । यसबाट उद्योग सञ्चालक उत्साही बनेका छन् । “हामीले नेपालमा नै पूजा सामग्री उत्पादन गरेपछि बजारमा अत्याधिक माग छ”, उत्साहित हुँदै उद्योगका सञ्चालक पुनम भट्टराई भन्नुहुन्छ-“पूजा सामग्रीमा मुलुकलाई नै आत्मनिर्भर बनाउने हो भने हाम्रो एक्लो प्रयासले मात्र सम्भव हुँदैन । तीनै तहका सरकारले सहकार्य गर्न जरुरी छ ।”

प्रदेश नं १ लाई पूजा सामग्रीमा आत्मनिर्भर बनाउने उद्योगले लक्ष्य लिएको छ । तथापि अहिलेसम्म सरकारी तहबाट उद्योगले कुनै अनुदान वा हौसला पाएको छैन । उद्योगले भारतबाट बिना भन्सार भित्रिने सस्तो मूल्यका पूजा सामग्रीसँग प्रतिस्पर्धा गर्नु परिरहेको र ठूलो मात्रामा उत्पादन गर्नका लागि प्रशोधन मेसिनरी तथा प्रविधि अभाव रहेको सञ्चालक विष्णुप्रसाद पोखरेलले बताउनुभयो । पूजा सामानमा प्रयोग हुने आँक, पिपल, पलास, डुम्री, खयर, दुबो, समी, कुशलगायतका वनस्पतिका साना–साना टुक्रा स्वदेशमा प्रशस्त मात्रामा पाइन्छ । तिनलाई प्रशोधन गरेर पूजाको सामान बनाउने गरिन्छ । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी