×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, विकास ऋणपत्र र नागरिक बचतपत्र के हुन् ? बिशाल हिमाल श्रीपाइलिको लेख

१) ट्रेजरी बिल : ट्रेजरी बिल सरकारले जारि गर्ने छोटो अवधिको ऋणपत्र हो । यसको अवधि बढीमा एक वर्षको हुन्छ । ट्रेजरी बिल २८,९१,१८२,३६४, दिनको हुन्छ । ट्रेजरी बिलको निश्चित ब्याजदर हुदैन यसको अंकित मूल्य रु १०० हुने गर्दछ । यसको निष्कासन बोलकबोल प्रक्रियाबाट हुन्छ । वित्तीय संस्था, गैर वित्तीय संस्था तथा आमनागरिकहरुले यसको खरिदका गर्नको लागि बोलपत्र पेश गर्ने गर्दछन् । बोलपत्र पेश गर्दा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धीको रुपमा हुने गर्दछ । ‘क’ ‘ख’ ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले अप्रतिस्पर्धीको रुपमा बोलपत्र पेश गर्न नपाउने ब्यबस्था छ । कुल निष्कासन हुने १५ प्रतिशत अप्रतिस्पर्धी बोलपत्रदाताका लागि छुट्ट्याएको हुन्छ । नेपालमा ट्रेजरी बिल केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले जारि गरि अल्पकालीन वित्तिय श्रोत संकलन गर्ने काम गर्दछ । अर्थतन्त्रमा तरलता समस्या ब्यबस्थापनको लागि यो वित्तिय उपकरण केन्द्रिय बैंकले जारी गर्ने गर्दछ ।

२) राष्ट्रिय बचतपत्र:
राष्ट्रिय बचतपत्र नेपाल सरकारले जारि गर्ने दिर्घकालिन ऋणपत्र हो । यो निश्चित ब्याजदर तोकी जारि गरिन्छ । बचतपत्र वित्तिय संस्थाहरुले खरिद गर्न पाउँदैनन् । यसको खरिद गैर वित्तिय संस्था र आमनागरिकहरुले मात्र खरिद गर्न पाउछन् । यसको खरिदको लागि न्युनत्तम १० हजार रुपैयाको निवेदन दिनु पर्दछ । आवेदन फारम नेपाल राष्ट्र बैंक को वेबसाइट वा बजार निर्माता बाट निशुल्क प्राप्त गर्न सकिन्छ ।

३) विकास ऋणपत्र :
आन्तरिक ऋण उठाउने क्रममा निश्चित ब्याजदर तोकी बोलकबोल प्रक्रियाबाट निष्कासन गरिने मध्यकालीन अवधिको ऋणपत्रलाई विकास ऋणपत्र भनिन्छ । यो ऋणपत्र वित्तीय संस्था ,गैर वित्तीय संस्थालगायत आमनागरिकहरुले समेत खरिद गर्न सक्दछन् । यसलाई केन्द्रिय बैंकले जारी गर्ने गर्दछ । यसको खरिद गर्न कम्तिमा ५० हजार रुपैयाको निवेदन दिनुपर्दछ ।

४) नागरिक बचतपत्र ?
नेपाल सरकारले नेपालि नागरिकहरुले मात्र खरिद गर्न सक्ने गरि जारि गरिने ऋणपत्रलाई नागरिक बचतपत्र भनिन्छ । यो ऋणपत्रलाइ संस्थाहरुले खरिद गर्न पाउँदैनन् । यो पनि निश्चित ब्याजदर तोकी निष्कासन गरिने मध्यकालीन अवधिको ऋणपत्र हो ।

नामः बिशाल हिमाल श्रीपाइलि
पेशाः बैंकर (सांग्रिला डेभलपमेन्ट बैंक)
ठेगानाः कैलाली
अध्ययनः एम ए अर्थशास्त्र ( केन्द्रिय अर्थशास्त्र बिभाग , T.U )

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: