मान्म । बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् । कृषि क्षेत्र विकास कार्यक्रम(एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् ।
सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जिल्लाको खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका कृषि प्राविधिक अनिपाल ऐडीले बताउनुभयो । “खाँडाचक्र नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा मात्र बेमौसमी तरकारी मूल्य शृङ्खला अन्तर्गत ११ वटा कृषक समूहका ३०३ घरधुरी समूहमा आबद्ध रहेका छन्”, उहाँले भन्नुभयो, “समूहमा आबद्ध रहेका सदस्यलाई थोपा सिँचाइसहितको प्लास्टिक टनेल, तरकारीको बीउ र जैविक विषादी उपलब्ध गराउनुका साथै प्रत्येक समूहमा सिँचाइ पोखरीसमेत निर्माण भएका छन् ।”
बेमौसमी तरकारी खेती मात्र नभएर पशुपालनका क्षेत्रमा पनि यस कार्यक्रमले सहयोग गर्दै आएको छ । सो कार्यक्रम अन्तर्गत दुग्ध मूल्य शृङ्खला विकास कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक ऐडीले बताउनुभयो । “दुग्ध उत्पादनका लागि ४ वटा भैँसीपालन कृषक समूहका ९६ कृषक सदस्य आबद्ध छन्”, उहाँले भन्नुभयो, “यो कार्यक्रमबाट एक-एक रोपनी बराबर उन्नत जातको घाँस खेती, घाँस काट्ने मेसिन र भैँसीको गोठ सुधार तथा प्रत्येक समूहमा एक÷एक वटा नश्ल सुधारका लागि उन्नत जातको राँगोसमेत दिइएको छ ।”
सङ्घीय कृषि तथा पशुन्छी मन्त्रालयअन्तर्गतको यो कार्यक्रम ६ वर्षसम्मका लागि सञ्चालनमा रहेको बताइएको छ । बेमौसमी तरकारी खेतीका लागि यो कार्यक्रमले किसानलाई आर्थिक सहयोग प्रदान गरेकाले उनीहरु यसको खेतीतर्फ आकर्षित भएको खाँडाचक्र नगरपालिका-२ गैरागाउँका किसान हजुरा विष्टले बताउनुभयो । “कृषक समूह र तरकारी बिक्री वितरण गर्ने व्यापारीबीच सिधै सम्झौता भएको छ । यसले उत्पादित तरकारीको बजारको अभाव हुँदैन्”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेको तरकारी खेर जान नसक्ने भएकाले किसान बेमौसमी तरकारीतर्फ आकर्षित भएका हुन् ।”
यहाँ उत्पादित तरकारी खरिदका लागि व्यापारीहरु किसानको बारीमा नै पुग्ने गरेको किसान विष्टको भनाइ छ । “हामीले उत्पादन गरेको तरकारी खरिद गर्नका लागि व्यापारीहरु खेतबारी मै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “तरकारी खेर नजाने भएका कारणले हामीले कृषक समूह बनाएर व्यावसायिक तरकारी खेती गर्न तिर लागेका छौँ ।”-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्