सर्लाही । पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिण वाग्मती नगरपालिका-१२ मा निर्माणधीन अवस्थामा रहेको वाग्मती फिचर फन तालमा आन्तरिक तथा बाह्य पर्यटकको बढेका छन् । वाग्मती–१२ मा निर्माणाधीन अवस्थामा रहेको मानवनिर्मित वाग्मती फिचर फन तालमा घुम्न दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन् ।
करिब १२१ बिघा क्षेत्रफलमा निर्माणधीन अवस्थामा रहेको वाग्मती फिचर फन ताल निर्माणकै चरणमा करिब ६० करोड खर्च भइसकेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चुरेकै काखमा रहेको उक्त तालमा हाल १० सिट क्षमताका छ मोटरबोट सञ्चालन भइरहेका छन् । निर्माण सम्पन्न भएपछि ३५ सिट क्षमता भएको जेटबोटसमेत सञ्चालन गरिने छ ।
ताल पूर्णरूपमा निर्माण हुन अझै करिब छ महिना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिदै गरेका हाँस र तालमा सरर गुडिरहेका मोटरबोटले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याएको छ । तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको वाग्मती इन्टरटेन्डमेन्ड प्रालिले जनाएको छ । अहिले तालमा रहेका बोटमा यात्रा गर्ने तथा ताललाई नजिकैबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढिरहेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनुभयो ।
उहाँका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा निर्माण गर्ने लक्ष्यका साथ नगरपालिकाले ताल निर्माणको काम गरिरहेको छ । तालमा दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका नगरपालिकाले जनाएको छ । तालको नजिकै सुमेरु पर्वत, मिनि नेपाल र शिवमूर्ति बनाउने योजनाका साथ काम भइरहेको छ ।
तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि नगर बगैँचा तथा घेराबेराको काम पनि भइरहेको छ । तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफूलाई पोखराको फेवाताल घुमेको महसुस भएको सुनाउने गरेका छन् ।
तालको सौन्दर्य बढाउनका लागि हाँस पालन, वरीपरी फुल लगाइएको र तालको बिचमा रिर्सोटसमेत निर्माण गरिएको छ । अबको करिब छ महिनामा ताल निर्माणको काम सम्पन्न गर्ने तयारीका साथ नगरपालिकाले काम गरिरहेको छ । पूर्णरूपमा ताल निर्माण भई नसक्दै करिब एक हजार जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएका छन् । तालको निर्माण सम्पन्न भएपछि नगरका करिब एक हजार ५०० स्थानीय युवाले रोजगारी पाउने र नगरको पनि आन्तरिक आयस्रोत बढाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताउनुभयो ।
तालमा सजावट र रिसोर्टको काम तीव्रगतिमा भइरहेको छ । नेपालकै सबैभन्दा ठुलो मानवनिर्मित तालको सम्पूर्ण काम सकिएपछि दैनिक करिब पाँच हजार आन्तरिक तथा बाह्य पर्यटक ल्याउने नगरपालिकाको लक्ष्य छ । तालको गहिराइ १५ देखि ४५ फिटसम्म गहिरो छ । जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध गरिएको छ । साथै केही समयपछि उक्त तालमा माछापालन पनि गर्ने नगरपालिकाले योजना बनाएको छ ।
नगरपालिकाले नगर बगैँचा र फनपार्कसमेत निर्माण गरिरहेको छ । नगरवासीलाई रोजगारी पनि दिने र नगरको आन्तरिक आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैँचा र फनपार्क निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । सडक निर्माण, स्तरोन्नति मात्र विकास नभइ आन्तरिक आयस्रोत बढाउने र रोजगारी सिर्जना गरी स्वारोजगार बनाउने योजना ल्याउनु नै विकास रहेको नगरका जनप्रतिनिधिको निष्कर्ष रहेका कारण नगरको आन्तरिक आयस्रोत बढाउन र नगरका बेरोजगार नागरिकलाई रोजगारी सिर्जना गर्ने काम गरिएको जनप्रतिनिधिले जनाएका छन् ।रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्