×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा भएका अव्यस्थित ठेलागाडा र फुटपाथ व्यवसायीलाई कहिले हटाउने सरकार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उपत्यकामा भएका अव्यस्थित ठेलागाडा र फुटपाथ व्यवसायीलाई कहिले हटाउने सरकार ?

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

अनुसा थापा । उपत्यकाका तीन जिल्ला अथवा बाहिरी जिल्लाहरुमा केही वर्षअघिदेखि ठेला गाडा व्यापारीको संख्यामा ह्वात्तै बढेको छ । ठेलागाडा किनेर साना व्यापार व्यवसाय तर्फ धेरैजसो ध्यान केन्द्रीत बनेको छ । हरेक चोक, गल्ली र मेनरोडमै पाइलैपिच्छे ठेलागाडामा सामान बेच्न राखेको देख्न सकिन्छ । काठ्माडौं, ललितपुर, भक्तपुर यी जिल्लामा २१ ह्जार ठेलागाडा सञ्चालित छन् । ठेलागाडा व्यापारीको संख्या पनि उही नै छ । ठेलागाडामा खाधवस्तुदेखि लिएर लत्ता कपडा र सागसब्जी बेच्न राखिएको देख्न सकिन्छ । ठेलागाडा व्यापार गरेर कतिको दैनिक गुजारा चलेको होला तर यसले सहर अव्यवस्थित बनाएको छ ।
जथाभावी रुपमा ठेलागाडा राखेर सामान बिक्रीवितरण गर्दा ट्राफिक जामले निकै सास्ती दिने गरेको छ । ठेलागाडाले पुरै सडक नै अस्तव्यस्त बनाइदिन्छ । पैदल यात्रीका साथै गाडी हिड्ने सडक उही नै छ । त्यसैले पनि ट्राफिक जामको प्रमुख कारण ठेलागाडा बन्न पुगेको हो । साँझ परेपछि उपत्यकाभित्रका चोकचोक सबै ठेलागाडाले ढाकिएको हुन्छ । ट्राफिक व्यवस्थापन गर्न धौ धौ परिरहेको हुन्छ । अव्यवस्थित ठेलागाडा र त्यसले निम्त्याएको ट्राफिक जामले सहरको सुन्दरतामा ह्रास ल्याएको छ । ठेलागाडा व्यवसायीले कमाएका छन् तर पैदल यात्रीको दुःखलाई देखेका छैनन् ।
ठेलागाडा सञ्चालन गर्ने पनि कतिपय महासंघको लागि कमाउने भाँडो बनेको छ । ठेलागाडा महासंघले यस्ता व्यवसायीसंग दैनिक पचास रुपैंया उठाउने गरेको छ । ट्राफिकबाट बच्न, महानगरीय प्रहरीको कारबाहीमा नपर्न ठेलागाडा व्यवसायीले यसरी लेबी तिर्ने गरेका हुन् । ठेलागाडा व्यापारीबाट उठाएको रकम जिल्लाका मेयरको भागबण्डामा पुप्याइको छ । २१ ह्जार ठेलागाडाबाट दैनिक पचास उठाउदा एकदिनमै १० लाख ५० हजार रुपैंया लेबी उठ्छ । उनीहरुले बताएअनुसार प्रत्येक महिना तीन करोड १५ लाख रुपैया लेबी उठाइन्छ ।
ठेलागाडा व्यवसायीसंग उठाइएको रकम राजनितिक पार्टीको झोले, महानगरीय प्रहरी, ट्राफिक प्रहरी र मेयर मिलेर खाइरहेका छन् । डरडरैले ठेलागाडा व्यवसायीले पैसा तिरेका छन् तर के काममा पैसा प्रयोग भएको छ अत्तोपत्तो छैन् । महानगरीय प्रहरी र ट्राफिक प्रहरीको कारबाहीमा पर्ने डरले मासिक करोडौ रकम हिनामिना भइरहेको देखिन्छ । ठेलागाडाहरु कुनै पनि सम्बन्धित निकायमा दर्ता गरिएको छैन् । ठेलागाडाकै कारणले दुर्घटना बढेको छ । फुटपाथमा हिड्न नपाएर बिच सडकबाट हिड्नुपर्ने बाध्यता छ । साथै, ठेलागाडा हटाउनको लागि कुनै पनि मातहतका निकायले चासो दिएको छैन् ।
पैदलयात्रीको सहजतालाई ध्यानमा राख्दै ठेलागाडा राख्न दिनुहुन्न । यिनीहरुलाई चल्नबाट प्रतिबन्ध लगाउनुपर्छ । सडकपेटी व्यापार कै कारण सवारी साधनको ठक्करमा पर्दा कतिको मृत्यु भएको छ । व्यापारीहरुले हरेक सडकपेटी कब्जा गरेका छन् । तर, फुटपाथ त मान्छे हिड्न बनाएको हो । भक्तपुरस्थित सल्लाघारीबाट सुर्यविनायक नगरपालिका जाने बाटोमा टन्नैले फलफुल पसल राखेका छन् । सडकपेटीले मात्र नधानेर रोडमा समेत सामान राखिएको देख्न सकिन्छ । सडकपेटीमा भएको पसलहरु नहटाउदा खेरि कति सवारीले त्यस एरियामा ठक्कर दिदाँ घाइते भएका छन् ।
फुटपाथमा पसल राख्नेहरुसंग सुर्यविनायक नगरपालिकाका महानगरीय प्रहरीहरुले कमिशन खाने गरेका छन् । फुटपाथ नहटाउदा र गाडा चल्नलाई प्रतिबन्ध नलगाउदा सडकबाट हिड्दा ज्यान गएको छ । फुटपाथ पसल हटाइदिदाँ पैदल यात्री सडकपेटीबाटै ओहोरदोहोर गर्दछन् । उपत्यकाका तीन जिल्लाका मेयरहरुले फुटपाथ व्यवसायीसंग कमिशन खाएर कानमा तेल हालेर बसेका छन् । महानगर प्रहरीहरुलाई तलबले नपुगेर कमिशनतिर आँखा लगाउन पुगेका छन् । मेयरलाई आर्थिक भुमरीमा पारेर ठेलागाडा व्यवसायीले आफ्नो व्यवसायी दर्तागर्न खोजेका छन् ।
सरकारले कर आउने लोभमा ठेलागाडा दर्ता गप्यो भने सडक उथलपुथल हुन्छ । अहिले भएको ट्राफिक जाम व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको सरकारले कसरी ठेलागाडा व्यवस्थापन गर्ला ? ठेलागाडा व्यापारीले माग्ने क्षतिपुर्ति कहाँबाट ल्याएर दिने ? सरकारले कुनै पनि हालतमा ठेलागाडा दर्ता गर्न दिनुहुन्न । अहिले भएका ठेलागाडा सबै विस्थापन गर्ने जरुरत देखिएको छ । भाँडा नतिरी नाफा कमाउने प्रलोभनमा पुँजीपुतिको समेत मोह जागेको छ । नाफा धेरै कमाउन सकिन्छ भन्दै जसले पनि ठेलागाडा किनिरहेको छ ।
प्पछिल्लो समय सटर लिएर व्यापार गर्नेहरु कमै छन् । सटर भाँडा मँहगो भएकाले ठेलागाडा व्यापार खरिद गर्ने सबैको सोचमा परेको छ । एउटा सटरको मासिक पचास हजारसम्म बुझाउनुपर्दछ । तर, एउटा ठेलागाडाको मुल्य जम्मा दश हजार पर्छ । एउटा ठेलागाडा भयो भने जिन्दगीभर कमाइखाने भाँडो हुन्छ अर्कोतिर भएको नाफा जति सबै आफ्नो । घरधनीलाई तिर्नपर्ने भाँडा पनि बच्छ । तापनि यसतर्फ सरकारको ध्यान खिचिएको छैन् । सरकारले नसोच्दा जहीतही ठेलागाडा बजार बनेको छ ।
बटामा ठेलागाडा राखेर आफु कमाउने, ट्राफिक जाम गराउने अनि सिधासाधी जनता मार्ने ? यिनीहरुलाई कानुनको दायरामा ल्याउने कि नल्याउने ? दिँउसो तीन बजेदेखि राति ११ बजेसम्म ठेलागाडाको कारणले बाटोमा हिड्न सकिदैन् । ठेलागाडामा राखिएको सामान किनेर खाने लायकको पनि छैन् । धुलोले छोपिएको खाना स्वास्थ्यको लागि निकै नैहानिकारक छ । सामानहरु पनि सबै कमशल, तर मँहगीबाट पसलमा जति नै छ । दुःख जनताले पाएका छन् । राज्यले पनि यिनीहरुबाट केही पनि पाएको छैन् । ठेलागाडा व्यवसायीमा निकै नै बेतिथि छ ।
नहुनेले सडकपेटीमा व्यापार गर्छन् भन्थे तर अहिले काठ्माडौमा दुई वटा घर हुनेले समेत फुटपाथ व्यवसायी अंगालेका छन् । पहिलेपहिले घर हुनेले म सुकुम्बासी हु भन्दै सरकारी जग्गा हडप्ने गरेका थिए । तथापि यसको छानबिन भएन् सरकारी सम्पत्ति व्यक्तिको नाममा गयो । अहिले सडकपेटीमा व्यापार गर्ने पनि त्यस्तै छन् । हामी गरिब, केही नभएका हौ भन्छन् । काठ्माडौमा करोडौमा घरमा बस्नेहरुले पनि नभएको दुःख देखाउदै सडकपेटीमा पसल थापेका छन् । फुटपाथ व्यवसायीले दैनिक १५ हजारसम्म व्यापार गर्छन् । अनि दुःख सबै हामीलाई दिएका छन् । हरेक क्षेत्रमा राजनितिक गर्ने, फुटपाथमा पसल गर्नेले पनि महासंघ खोल्ने, राजनितिक पार्टीको झोले बन्ने अनि जनता ठग्ने ।
नेपाली राजनितक दलको कारणले देश नै भ्रष्ट्राचारमा डुबेको छ । बाटो सरकारको राज फुटाथ व्यवसायीको । बाटो बेचेर लेबी उठाएर खाने बानी यिनीहरुलाई परिसकेको छ । दलाली र पैसामा बिकेका देश नेता भएको मुलुकमा कहिले सुधार होला ? सडकमा हिड्न हम्मेहम्मे परेको छ । मेयर र महानगर प्रहरीले कमिशन खाएर जनतालाई दुःख दिदाँ पनि गृह मन्त्रालय किन मौन छ ? उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरु के हेरेर बसेको छ ? यस्तो व्यवसायीलाई किन नहटाएको ? सिडियोहरुलाई पनि भागबण्डा आँउछ कि ?
गृह मन्त्रालयले पनि यस विषयमा चासो दिने हो की ? दिनभरि घाम तापेर बस्ने सिडियोहरुलाई केही जिम्मेवारी दिने हो कि ? ट्राफिक जाम भएर अस्तव्यस्त हुदाँ पनि ट्राफिक प्रहरीले हटाउदैनन् । ठेलागाडा व्यापारी व्यापार गरिरहेका हुन्छन् । तैपनि टफिक प्रहरी मौन छ ? सार्वजनिक बाटोमा हिड्न पनि यत्रो सास्ती ? सरकारभन्दा शक्तिशाली फुटपाथ र ठेलागाडा व्यवसायी भए ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी