Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्षको लागि १५ जनाले दिए आवेदन, चिरन्जीवी चापागाईँको इन्ट्री ९०% फिक्स !

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नको लागि १५ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने आज अन्तिम दिनसम्ममा १५ जनाले सेबोनको अध्यक्षको लागि आवेदन दिएका हुन् ।
आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरन्जिवी चापागाईँ, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका छन् । यी मध्ये चिरन्जिवी चापागाईँ धितोपत्र बोर्डको अध्यक्ष हुने निश्चित प्राय: छ ।
अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारिस समितिले पुस १५ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK