×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सङ्घीय सरकारको चार करोड ३३ लाखको लागतमा राइनास बहुप्राविधिक शिक्षालय भवन निर्माण हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सङ्घीय सरकारको चार करोड ३३ लाखको लागतमा राइनास बहुप्राविधिक शिक्षालय भवन निर्माण हुने

Artha Sarokar

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लमजुङ । सङ्घीय सरकारको लगानीमा राइनास बहुप्राविधिक शिक्षालयको भवन निर्माण अघि बढेको छ । लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा सरकारको चार करोड ३३ लाखमा ३२ कोठे भवन निर्माण हुन लागेको शिक्षालयका प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाममा रहेको २३ रोपनी जग्गा, स्थानीयबाट उपलब्ध आठ रोपनी, राइनास नगरपालिकाले दिएको दुई रोपनी र वीरभक्ति माध्यमिक विद्यालयले भोगचलनका लागि दिएको २३ रोपनी गरी ५६ रोपनी जग्गामा भवनलगायत संरचना निर्माण हुन लागेको छ ।” सिटिइभिटीको आङ्गिक शिक्षालयका रुपमा रहेको यस बहुप्राविधिक शिक्षालय भवन निर्माण पृथ्वीबेँसी जेभी काठमाडौँले जिम्मा लिएको छ ।

भवन निर्माणमा एक वर्षको सम्झौता रहेकाले आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताइएको छ । राइनास प्राविधिक शिक्षालयले विसंं २०७७ असोज १५ गतेदेखि प्रशिक्षण सुरु गरेको थियो । बहुप्राविधिक शिक्षालयको भवन निर्माणपछि प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज हुने भएको छ । प्रतिविद्यार्थीले ५० हजारमा अध्ययन गर्न पाउने भएका छन् ।

त्यस्तै, पाँच हजार मात्र धरौटी राखे पुग्ने बताइएको छ । गरिब तथा किसान वर्गको छोराछोरीलाई लक्षित गरी शिक्षालयले अध्यापन गराउँदै आएको देवकोटाको भनाइ छ । प्राविधिक जनशक्ति निर्माण गर्ने र आयआर्जनमा जोड्ने उद्देश्यसहित पठनपाठन भइरहेको उक्त शिक्षालयले जनाएको छ ।

यतिबेला भवन अभावमा वीरभक्ति माध्यमिक विद्यालयको भवनमा राखेर अध्ययन गराउँदै आएकामा आफ्नै भवन निर्माणपश्चात् सहज हुने बताइएको छ । देशभरका १३८ जना विद्यार्थी उक्त शिक्षालयमा तीनवर्षे प्रमाणपत्र तहको वन विज्ञान (रेन्जर) र आइएसस्सी एजी ९बाली विज्ञान० पढिरहेका छन् । उक्त शिक्षालयमा हाल १२ जना प्रशिक्षक रहेका छन् ।

शिक्षालयले ‘सिक, कमाऊ र तिर’ को नीतिबाट विद्यार्थीलाई अघि बढाइरहेको शिक्षालय प्रमुख देवकोटाले भनाइ छ । शिक्षालयले थप व्यवस्थापनका लागि स्थानीय महादेव सामुदायिक वनसँग भोगाधिकारका लागि ८० रोपनी जग्गाको सम्झौता गरेको छ । यसको प्रक्रिया मन्त्रालयमा पुगेको बताइएको छ । हाल नर्सरी, ग्रिनहाउस, टनेलको व्यवस्थापन गरेकाले विद्यार्थीले आफैँ काम गरेर कमाउन सक्ने उक्त शिक्षालयले जनाएको छ ।

राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले वर्तमान समयमा सीपमूलक र रोजगारमूलक शिक्षाको आवश्यकता रहेको बताउनुभयो । प्राविधिक शिक्षाले सीपसँगै रोजगारको अवसर दिने भएकाले प्राविधिक शिक्षाको महत्व रहेको उहाँको भनाइ छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी