पाल्पा । गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन । तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक मासिक दुई तीन पटक बजार लगेर बिक्री गर्नुहुन्छ । उहाँले स्थानीय डुम्रे, जहरेपिपल, तानसेन र प्रभाषलगायतका बजारमा लगेर बेचिएको गुन्द्रुकबाट झण्डै एक पटकमा रु पाँच/सात हजार आम्दानी गर्दै आउनुभएको छ ।
प्रतिकिलो रु ४०० मा गुन्द्रुक बिक्री हुन्छ । मेहनत अनुसार मूल्य पाएपछि यहाँका महिला पछिल्ला वर्ष गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन । गुन्द्रुक रायो, तोरी, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो । यसलाई नेपालको वा नेपालीको विषेश खानाका रुपमा लिइन्छ ।
नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो । पहाडी जिल्ला पाल्पामा चिसो बढेसँग गुन्द्रुकको परिकार खाने चलन छ । सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढदो छ । गुन्द्रुकको माग बढेसँगै यहाँका ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ ।
छापकै डिलबहादुर रानाले घरको छतमा गुन्दु्रक (सिन्की) सुकाइरहनुभएको छ । बारीमा उत्पादित मुलालाई उखलेर राम्रोसँग धोइपखाली गरी दुईतीन दिन घाममा सुकाइन्छ । घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ । यसरी मसिनो बनाएको मुलाको सागलाई प्लास्टिक वा माटाको भाडामा मलखादमा पुरी बफाउने गरिन्छ । मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरिकारीको परिकारका रुपमा खाने चलन रहेको उहाँले बताउनुभयो ।
बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ । पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमासमेत यसको माग छ । सहरका ठूला होटलमा गुन्दु्रकको झोल र अचारको खपत बढ्दो छ । नेपाली पहिचान बोकेको गुन्दुक उत्पादनमा कमी हुँदा चीनबाटसमेत यसको आर्यात हुँदै आएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्