×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कान्छा सीइओ’को नेतृत्वमा एनआईसी एसिया यसरी बन्यो नम्बर १ बैंक ! ‘खप्न सक्ने र खट्न सक्ने’ स्वभावले सफलता !

काठमाडौँ । एनआईसी एशिया बैंकको कामु सीइओ हुँदा अर्थ सरोकारले लिएको एक विशेष अन्तर्वार्तामा रोशन न्यौपानेले भनेका थिए- ‘अवको ५ बर्षमा एनआईसी एशिया निजीस्तरको नम्बर १ बैंक बन्ने छ ।’ अवको ५ बर्षमा एनआईसी एशिया बैंकको स्थान कहाँ हुन्छ ?  भन्ने अर्थसरोकारकर्मीको प्रश्नमा उनले दिएको ‘नम्बर १’ भन्ने जवाफले त्यतिबेला नै बैंकिङ क्षेत्र तताएको थियो । करियरको १० बर्षे यात्रामा यात्रा गरिरहँदा अन्डर ४० को एउटा बैंकर आफुले एक निजी बैंकलाई ‘लिड’ गरेर नम्बर वान बनाउने सपना देख्दै थियो । जुन सपना कतिपयका लागि ठट्टाको विषयसमेत थियो, त्यतिबेला । त्यतिबेला कामु सीइओ रहेका न्यौपानेसँग अन्तर्वार्ताका क्रममा उनका आँखामा पनि ती सपना हरु छचल्किएका थिए । ‘म गर्छु, गरेरै देखाउँछु’ भन्ने उनको भाव हेर्न लायक थियो । सो अन्तर्वार्तामा उनले एनआईसी एशियालाई नम्बर १ बैंक बनाउने सपना सुनाएको केहि समयपछी उनी बैंकको प्रमुख कार्यकारी अधिकृत बने । र अहिले उनी सीइओ बनेको ३ बर्ष पूरा भएको छ । ५ बर्षको समयसीमामा आफुले नेतृत्व गर्ने बैंकलाई नम्बर १ बैंक बनाउने सपनालाई उनले ३ बर्षमै लगभग पूरा गरेका छन् । बैंकिङ क्षेत्रमा नै अहिले अधिकांस तथ्य र तथ्यांकमा एनआईसी एशिया नम्बर १ नै बनेको छ ।

ट्रेड टावरको भवनभित्रबाट रोशन न्यौपानेको ‘चुपचाप क्रान्ति’ !

न्यौपाने सीइओ बनेपछि पनि बाहिर खासै देखिएनन् । संचारमाध्यमहरुमा उनका भनाईहरु खासै बाहिर आएनन् । यतिसम्मकी आर्थिक मिडियाहरुमा त न्यौपानेले कामु सीइओ बन्दा दिएको अन्तर्वार्तानै पछिल्लो अन्तर्वार्ता बनेको छ । यसले उनी हल्ला कम, बढी काम गरिरहेका छन् भन्ने तथ्यलाई पुष्टी गर्छ । मिडियामा मात्र होइन, उनी सार्वजनिक कार्यक्रममा पनि कम देखिन्छन् । यतिसम्म कि एनआईसी एशिया बैंकलाई सम्मान गर्ने कतिपय कार्यक्रममा समेत उनी पुग्न भ्याएनन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले गरेको कार्यक्रम यो तथ्यको पछिल्लो उदाहरण हो । आफुले नेतृत्व गरेको संस्थालाई नम्बर १ बनाएर नै छोड्ने संकल्पमा उनले रतिपनि सम्झौता गरेनन् । र त निरन्तर खटिरहे आफ्नो कर्ममा । कर्मचारी व्यवस्थापन, ग्राहकको सन्तुष्टी, सरोकारवालाहरुको सरोकार, नयाँ प्रोडक्ट डिजाइन, बैंकिङमा डिजिटलाईजेसन लगायतका अनेक कुराहरुमा उनले अहोरात्र खटेर काम गरे । बैंकिङ क्षेत्रमा ‘एग्रेसिभ मुभ’ को सुरुवात गरेका न्यौपानेले हरेक कोणबाट बैंकलाई अगाडी बढाउन निरन्तर खटिरहे । र त आज न्यौपानेको नेतृत्वमा एनआइसी एशिया बैंक हरेकजसो कुरामा नम्बर १ बैंक बनेको छ । हरेकजसो सूचकहरुमा एनआईसी अग्रस्थानमा छ ।

खट्न सक्ने र खप्न सक्ने नेतृत्वका कारण सफलता !

सामान्य व्यक्तिको असामान्य सफलताको पछाडीको राज फगत दुई हुन् । एक खट्न सक्नुपर्छ । दुई खप्न सक्नुपर्छ । खट्ने कुरामा रोशन न्यौपाने सधैं अगाडी रहे । उनी आफ्नो काममा  कतिसम्म खट्छन् भन्ने तथ्यको उदाहरण उनी सार्वजनिक कार्यक्रममा नदेखिनु पनि हो । बैंक कहाँ कहाँ कमजोर छ ? कहाँ कहाँ सुधार्नुपर्ने छ ? कहाँ कहाँ अरु बैंक अगाडी छन् ? कुन कुन कुरामा एनआईसी एशिया पछाडी पर्यो ? कसरी हरेक कुरामा लिडर बन्ने ? कसरी हरेक कुरामा नम्बर वान बन्ने ? यस्तै कामका योजना र योजना सम्पन्न गर्नेगरीका कार्यक्रमले उनका अनेक डायरीहरु भरिएका छन्, उनका मोबाइलका नोटहरुको लम्बाई ठुलै बनेको छ । विहानदेखि बेलुकीसम्म एनआईसी एशियालाई फगत एउटा जागिर होइन, जनताको अगाडी आफ्नो टिमसहित आफ्नो करियर बनाउने र काम देखाउने प्लेटफर्मका रुपमा बुझेका न्यौपाने यहि काममा निरन्तर खटिरहे ।

सफलताको दोश्रो पाटो खप्नसक्नुपर्छ । रोशन न्यौपानेले पछिल्ला ३ बर्षमा कति खपेका छन् भन्ने तथ्य पनि धेरैले बुझेका छन् । रसुवाको सामान्य परिवारमा जन्मिएका न्यौपाने ३८ वर्षमै एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत बने । यो नै धेरैका लागि खपिनसक्नुको घटना थियो । र त बजारमा अनुभवी बैंकरका रुपमा चिनिएका धेरैले ‘रोशन अन म्याच्योर छन्, बैंक चलाउन सक्दैनन्’ भन्थे । कतिपयले त यीनले बैंकलाई लगेर कहाँ पछार्ने हुन्, थाहा छैन’ पनि भन्थे । अहिले तीनै बैंकर, ‘एनआईसी एशियाले यसो गर्यो, तिमीहरु के हेर्दैछौ ?’ भनेर आफ्ना स्टाफ थर्काउँछन् ।

सीइओ बन्दाताका नै उनले धेरै कुरा खपेका छन् । आफुमाथि आइपरेको जिम्मेवारी पूरा गर्नैपर्ने बाध्यता र आफ्नो बैंकलाई नम्बर १ बैंक बनाउने सपना बोकेर हिंडेका न्यौपानेले आफ्नो सपना साकार पार्दै गर्दा धेरै कुराको झमेला भोग्नुपर्यो । एउटा कोणबाट काम गर्यो, नीतिले अर्कैतिर ‘हिट’ गर्यो कतिपटक । ग्राहकको उल्लेखनीय वृद्धिले पूर्वाधारमा गर्नुपर्ने लगानी, साखा संजालमा देखाउनुपर्ने एग्रेसिभनेस र त्यसका लागि गर्नुपर्ने अनेक काम उनका लागि सजिला पर्खालहरु थिएनन् । र पनि खट्न सक्ने र खप्न जानेका न्यौपानेले अनेक वेवाधान सहे । तर आफ्नो सपनामाथि सम्झौता गरेनन् । र अन्तत: उनको सपनाले साकार रुप लियो । र त अहिले सबैजसो बैंकरले भन्ने गरेका छन् । एनआईसीले के गर्छ, अवको बैंकिङ त्यसले नै निर्धारण गर्छ ।

र नेतृत्वको कुशल नेतृत्वले ल्यायो यस्तो परिणाम !

रोशन न्यौपानेले एनआईसी एशियामा गरेको काम देखेर बजारका धेरैले एनआईसी एशिया आक्रामक भयो मात्र भनिरहे, न्यौपाने आफ्नै पारामा हिंडीरहे । नयाँ व्यापारको खोजीदेखि साना तथा मझौला उधमीलाई साथ दिनेगरी स्किम ल्याईरहे । आफ्नो सामान्य परिवारमै जन्मिएका कारण न्यौपानेले सामान्य मान्छेका सपना र समस्या बुझेका थिए । सिए पढ्दाताका नै उनले साना व्यापारहरुको समस्या बुझेका थिए । १० बर्षको अनुभवले उनले नेपालको बैंकिङ क्षेत्रमा कहाँ समस्या छ भन्ने तथ्य बुझेका थिए । र त उनले  साना तथा मझौला उद्यमी कर्जा (एसएमई)मा जोड दिए । फलस्वरुप अहिले एनआईसी एशिया बैंक साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकभन्दा अग्रस्थानमा छ । साना व्यवसाय गर्नेहरुका लागि अहिले बैंक भनेकै एनआईसी एशिया बैंक हो भन्नेजस्तो भएको छ । बैंकको कुल कर्जामा ५ करोड रुपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश सबैभन्दा बढी छ । यस्तो कर्जा एकातर्फ कम जोखिमवाला हुन्छन् भने अर्कोतर्फ यो रणनीतिले निष्कृय कर्जा कम बनाउँछ ।

सिए पढ्दा ताका नै उनले कर्मचारीको समस्या बुझेका थिए । सिए पढ्दा गर्नुपर्ने ३ बर्षे आर्टिकलशिपकै समयमा उनले कर्मचारीको सामुहिक प्रयास बिना कुनै पनि संस्था अगाडी बढ्न सक्दैन भन्ने यथार्थ बुझेका थिए ।  र त बैंकिङ करियर सुरु गर्दादेखि नै उनी कर्मचारीको विषयमा विशेष काम गर्नुपर्ने धारणा अरुलाई पनि बुझाउंथे । र त उनी सीइओ हुनेबित्तिकै उनले कर्मचारीहरुलाई कसरि परिचालन गर्नुपर्छ भन्ने योजनालाई यथार्थमा बदले । सपनाहरु पछ्याउंदै गर्दा कसरि खट्नुपर्छ र खाप्नुपर्छ भन्ने सिकाए । र तीनै कर्मचारीहरु अन्तत : उनको सपनाको साझेदार बने । र सबैको टिमवर्कले आज एनआइसी एशिया नेपालको निजीस्तरको नम्बर १ बैंक बन्न सफल भएको छ ।

बजारले एनआईसी एशिया आक्रामक भयो भनेर चियागफ गरिरह्यो । यहि समय न्यौपाने साखा संजाल विस्तारमा लागिरहे । अहिले देशभर एनआईसी एशिया बैंकका ३५८ शाखा पुगेका छन् । काठमाडौँको न्युरोडदेखि सुदूरको बिकट बस्तीमा पनि एनआईसी एशियाले वित्तीय सचेतना पुर्याएको छ । फलस्वरूप पैसा बैंकिङ प्रणालीमा पुगेका छन् ।

चालु आर्थिक वर्षको पछिल्ला रिपोर्टहरु हेर्ने हो भने बैंक अधिकांस सूचकहरुमा देशकै नम्बर १ बैंक बन्न सफल भएको छ । वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन नाफा, खुद नाफा, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा यो बैंक अन्यभन्दा अग्रणी देखिएको छ । कतिपय ठाउँहरुमा त बैंक भनेकै एनआइसी एशिया बैंकमात्र पनि छ । ट्रेकिङ जाने कतिपयले सुनाउने गरेका छन्- यस्तो बिकट ठाउँमा पनि एनआइसी एशियाको एटिएम सेवा छ । बैंकको वासलातको आकार अरु बैंकहरुको तुलनामा ठुलो छ र अझै ठुलो हुँदै गएको छ । निक्षेप संकलनमा सबैभन्दा अगाडी रहेको यो बैंकले कतिपयले सुरुवाती दिनदेखि संकलन गर्न नसकेको निक्षेप यो बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमै संकलन गर्न सफल भएको थियो ।

कर्जा विस्तारमा पनि एनआईसी एशिया बैंक अन्य बैंकभन्दा निकै अगाडी छ । कर्जा विस्तारमा पनि जोखिम कम हुने र सक्रिय  हुने कर्जामा बैंकले जोड दिएको छ । यसले बैंकलाई थप मजबुत बनाउंदै गएको छ ।   संचालन नाफामा पनि बैंक नम्बर एक नै बन्न सफल बनेको छ । प्रति सेयर आम्दानी होस् सवा स्वपूँजीमा प्रतिफल, साखा संजाल होस् वा एटिएम, सबै कुरामा एनआइसी एशिया बैंक नम्बर १ बैंक बन्न सफल भएको छ।  र त एनआईसी एशिया बैंकले झन्डै ३० लाख ग्राहकको माया पाएको छ ।

 कोरोना कालमा एनआईसी एशियाको चमत्कार ! ढुंगाको काप फोरेर पनि उम्रियो पिपल

राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेखेका छन्-

-ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल,

सृजनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल

यो ठिक यस्तै भएको छ एनआईसी एशिया बैंकको हकमा पनि । जताततै महामारीले समस्या निम्त्याउँदा एनआईसी एशिया बैंकले यस्तो बेलामा पनि सार्है ठुलो चमत्कार गर्यो । र नतिजा- बैंक गत आर्थिक वर्ष २०७७/७८ मा व्यवसायमा सबै भन्दा ठुलो वृद्धि गर्न सक्षम बैंक बन्यो । कोरोना कालमा पनि बैंक अधिकांस सूचकहरुमा अग्रणी बन्न सफल भयो । कोरोनाले निम्त्याएको असहजताका बाबजुत पनि बैंकले न्यौपानेको नेतृत्वमा फड्को मार्यो । त्यति असहज अवस्थामा त चमत्कार भयो भने अवका दिन त झन् सुनौला छन् भन्ने आत्मविश्वास बाँड्न सफल भए न्यौपाने । कोरोना कालले समग्र अर्थतन्त्र थिलथिलो हुँदा गत आर्थिक वर्षमा बैंकले करिब ९१ अर्ब रुपैयाँ कर्जा बिस्तार गर्न सफल भएको थियो ।अन्य सूचकमा पनि बैंक धेरै अगाडी बढ्यो । न्यौपानेको लिडरशीपको यो मिठो उपज पनि हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: