×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकले कुदृष्टि लगाएपछि सेयर लगानीकर्ताहरु मर्कामा पर्यौं, अब के हुन्छ ? : राधा पोखरेल (अन्तर्वार्ता)

काठमाडौँ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा धितोकर्जामा ४/१२ को सिमा लगाएर परिमार्जन नगर्नु शेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि भएको बताउनु भयो । उहाँले शेयर बजारमा ४/१२को सिमा नै राख्नु पर्ने अवस्था नभएको बताउनु भयो । पोखरेलले शेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको बताउनु भयो । उहाँले अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले शेयर बजारको लागि बन्ने नीति एक हप्ता,एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गर्नु भयो । मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले ४/१२को सिमा हुँदा हुँदै धितो कर्जा मार्जिन परिर्वतन गर्नु नियामक निकाय र सरकारले शेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने ज्वलन्त उदाहरण भएको टिप्पणी गर्नु भयो । बजार संधै बढाउने भन्दा पनि शेयर बजार प्रति सरकारले ल्याउने नीति स्थिर हुनु पर्ने बताउनु भयो ।
अध्यक्ष पोखरेलले भन्नुभयो, ‘सरकार एउटा पार्टीको छ । अर्थमन्त्री एउटाको हुनुहुन्छ । गभर्नर एउटाको हुनुहुन्छ । यसरी उहाँहरुले लिने नीति छ । त्यो नीति हप्ता, महिना र दिनैपिच्छे परिर्वतन हुने नीति रहेको छ । त्यसले शेयर लगानीकर्तालाई असर गरेको छ । उसै पनि शेयर धितोकर्जामा ४/१२को सिमा लगाउनु पर्ने अवस्था थिएन । शेयर बजारमा क्याप उसै पनि लागेको छ । किनभने हामीले शेयर धितो राखेर मार्जिन कर्जा लिन्छौँ । त्यसमा पनि क्याप लागि सकेको छ ।त्यो सँगै बैंकले दिने कोर क्यापिटलको ४० प्रतिशत मात्रै शेयर बजारमा कर्जा आउँछ । राष्ट्र बैंकले धितोकर्जामा ४/१२को सिमा लगाउनु भनेको शेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि जस्तो लाग्छ । पछिल्लो नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । मार्जिन हेरफेर हुने भन्ने कुरा आएको छ । यसले गर्दा नियामक निकाय र सरकार शेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने यो नै ज्वलन्त उदाहरण हो । हामी सरकारलाई शेयर बजार बढाई देउ मात्रै पनि भन्दैनौँ । संधै बढाइ राख्नुपर्छ पनि भन्दैनौँ । यहाँ शेयर बजार प्रतिलिने नीतिहरु छन् । ती नीतिहरु स्थिर हुनु प¥यो । कुनै लगानीकर्ताले केहीमा लगानी गर्दा नीति हेरेर लगानी गर्ने गर्दछ। आज यो कम्पनी राम्रो छ भनेर लगानीकर्ताले लगानी गर्दा शेयर बजारको नीति रातारात परिर्वतन हुन्छ। मौद्रिक नीतिको समिक्षाले अगाडिकै नीतिले लगानीकर्ता यो अवस्थामा पुगेका छन् । जहाँ धितोकर्जामा ४/१२को क्याप छ । समय–समयमा बैंकको ब्याजदर उतारचढाव भइरहेको छ । अर्थमन्त्रालय र राष्ट्र बैंकले लिने नीति, नियामक निकायको गलत प्रचार , ६ महिनासम्म नियामकमा नेतृत्व बिहिन अवस्थाले बजार नकारात्मक भइरहेको छ । यस्तो अवस्थामा शेयर लगानीकर्ताको समस्या के हो भनेर बुझ्नुको सट्टा थप कडाइ गरेर नीति ल्याउँदा जटिल अवस्था बन्दै गएको छ ।’
अध्यक्ष पोखरेलले शेयर बजार लगानीकर्ताको सेन्टिमेन्टले चल्ने भएकाले नियामक निकाय तथा जिम्मेवार नेतृत्वले संयमित भएर बोल्नु सुझाव दिनु भयो । उहाँले जिम्मेवार नेतृत्वले जे कुरा बोल्नुहुन्छ त्यो नै नीति बन्ने भएकाले बजारलाई असर गर्ने उहाँको भनाई छ । अध्यक्ष पोखरेलले. पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, बजारमा तरलताको चरम अभाव, विभिन्न समयमा शेयर बजार प्रति फैल्याउने अफवाह, पछिल्लो समय एमसीसीको कारणले बजारलाई प्रत्यक्ष असर परेकाले लगानीकर्ताले निर्धक रुपमा शेयर बजारमा लगानी गर्ने अवस्था नभएको दाबी गर्नू भयो । उहाँले लगानीकर्ताको लगानी घाटामा गएको तथा नियामक नियकायको कुदृष्टिको कारण लगानीकर्ता डिप्रेसनमा पुग्न लागेको बताउनु भयो । मुलुकमा स्थानीप्य तहको चुनाब हुने कुरा आउँदा एमसीसीको काण्ड बाहिर आएकाले शेयर बजारमा बलेको आगो माथि घ्यु थप्ने काम समेत भएको अध्यक्ष पोखरेलको भनाई छ ।
अध्यक्ष पोखरेलले भन्नुभयो, ‘शेयर बजारलाई चलाउने भनेको लगानीकर्ताको सेन्टिमेन्टले हो । कुनै जिम्मेवार नेता तथा नियामक निकाले केही बोल्दा बजार किन घट्छ भनेर आरोप लागिरहेको हुन्छ । हो उहाँहरुले जे कुरा बोल्नुहुन्छ । उहाँहरुले लिने नीति पनि त्यही हो । त्यसले बजारलाई असर गर्छ । पछिल्लो ६ महिनाको बीचमा शेयर बजार धेरै उतार चढाव भएको छ । बजारलाई असर गर्ने राजनीतिक अवस्था, बजारमा तरलता अभावको समस्या, विभिन्न समयमा शेयर बजार प्रति पैल्याउने अफवाह, पछिल्लो समय एमसीसीको कारणले बजारलाई प्रत्यक्ष असर परेको छ । यस्तो अवस्थामा लगानीकर्ताले निर्धक भएर लगानी गर्ने अवस्था छैन । लगानी गर्दा फाइदा हुने हिसावले लगानी गरिएको हुन्छ तर नियामक निकायले एक्कासी नीति परिर्वतन गर्दा शेयर बजारमा आएको गिरावटले लगानी गरेको सम्पत्ती गुमेकाले अहिले लगानीकर्ताहरु एक हिसाबले डिप्रेसनमा परेको अवस्था छ । अहिले स्थिर सरकार र नीति स्थिर भएको अवस्था छैन। स्थिर सरकार भए केही हुन्छ भन्ने लगानीकर्तामा पर्ने थियो । अहिले बजारमा तरलता यति असह छ । अहिले चुनाब भए राज्यको ढुकुटीमा रहेको पैसा बजारमा आउने थियो । त्यो पनि बाहिर आउन सक्ने अवस्था छैन । चुनाब हुने कुरा आउँदा एमसीसीको काण्ड बाहिर आएको छ । यस्तो अवस्थाले शेयर बजारमा बलेको आगो माथि घ्यु थप्ने काम भएको छ । त्यस्तै बैंकमा ब्याजको पतिस्पर्धा भइरहेको छ । कुनै बैंकमा राम्रो ब्याज पाएर पैसा सुरक्षित हुन्छ भने लगानीकर्ता शेयरमा किन लगानी गर्छ । अन्य मुलुकमा शेयर बजारमा समस्या आयो भने त्यहाँको सरकारले के समस्या छ समिति बनाएर समस्या समाधान गर्ने गरेको छ । किनकी शेयर बजार अर्थतन्त्रको सुचक हो । कुन्ै देशको अर्थतन्त्र कस्तो छ भनेर मापन गर्ने सूचक शेयर बजार हो । सरकारले चारै तिरबाट प्रहार गर्ने हो भने बजारको सूचक एक हजार होइन २९२ मा पनि पुग्न सक्छ ।­’
अध्यक्ष पोखरेलले नियामक निकाय, अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंक चारै तिरबाट शेयर बजारमा नीतिगत प्रहार गर्ने हो भने शेयर बजार सूचक एक हजार मात्रै नभएर २९२ मा पुग्न सक्ने बताउनु भयो । नेपाल ाष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै कर्जा लगानीमा थप कडाई गरेको छ । राष्ट्र बैंकले समिक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत कर्जा, शेयर धितो कर्जा , जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने नीति ल्याएको छ । मौद्रिक नीतिमा अन्तर बैंकिङ ब्याजदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशतले थप गरी ७ प्रतिशत कायम गरिएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: