×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बढ्दो सहरीकरणले मानिसलाई बेरोजगार बनायो, पशुपक्षी बेघर र काठमाडौँ कुरुप भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बढ्दो सहरीकरणले मानिसलाई बेरोजगार बनायो, पशुपक्षी बेघर र काठमाडौँ कुरुप भयो’

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

अनुसा थापा । मुलुकभर वा काठ्माडौं उपत्यका भएको खोलाहरु आजभन्दा पाँचदशक अघि निकै सफा थियो । सर्वसाधारणहरुले आफ्नो घरायासी प्रयोजनदेखि पिउनको लागिसमेत खोलाकै पानी प्रयोग गर्दथे । गाईवस्तुले पनि त्यही खोलामा गएर भरपुर पानी पिउथे । तर, पछिल्लो केही वर्षयता उपत्यकामा भएका खोलाहरु निकै फोहोर छ । खोलामा पानी त छ तर केही कामको निम्ति प्रयोग गर्नेजस्तो छैन् । हिउदमा होस् या बर्खामा उपत्यकाको खोला कहिले संग्लो भएको देख्न पाइदैन् । हामी मानव जातिको कारण भएकाजति खोलानाला सबै प्रदुषण भए । पहिले बग्दा यही पानी खानलायक थियो, अहिले सुग्नलायक पनि छैन् ।
बढ्दो अव्यवस्थित सहरीकरणको कारण सबै खोलानालामा फोहोर मिसियो । ढलसमेत खोलामै ल्याएर मिसाइएको छ । खोलानाला छेउछाउ फोहोरको डंगुर थुपारिएको देख्न सकिन्छ । कुनै जीवजन्तु वा चराचुरुगीले त्यो पानी खायो भने उनीहरुको प्राणन्त हुन्छ । पछिल्लो समय खोला कब्जा गरेर सुकुम्बासीको नाममा मानिसहरु खोला छेउछाउ बसिरहेको छन् ।
खोला मासेर, सरकारी जग्गा कब्जा गरेर, खोलालाई दुर्गन्धित बनाएर उनीहरु बसिरहेको छ । वास्तवमै सुकुम्बासी नभएकाहरुले ढोंग गर्न र सरकारबाट सान्त्वना पाउन खोला छेउछाउ आएर बसेको हुन् । लाजिम्पाटको उत्तर ढोका गैरिधारा हुदैं जय नेपाल हल हुदै बागबजार हुदैं भृकुटीमण्डप बग्ने खोला मासेर घर बनाइएको छ ।
भृकुटीमण्डप र लाजिम्पाटमा खोला भेटिन्छ तर अन्य क्षेत्रको खोला मासेर घर बनाइसकेको छ । खोला मासेर आफ्नो नाममा दर्ता गरेर घर बनाउनेलाई सरकारले कारबाही गरेको छैन् । यता, भएका खोलाहरुको पनि उचित हेरचाह र सरसफाइमा सरकारी निकाय ापरवाह देखिन्छ ।
जनताले खाइनखाई तिरेको कर र विदेशीबाट लिएको ऋणबाट खोला सफा गर्ने भनेर घोषणा भयो । हरेक हप्ताको शनिबार खोला सरसफाइ गर्ने भनिएको थियो । एकदुई दिन सबैले तातेकोजस्तै गरे, सफा गरेको नाटक देखाए । अर्को दिनदेखि फेरि उस्तै । खोला सफा नभएपनि अर्बौ रुपैंया सखाप भयो ।
तर, खोलानालामा भएको प्लास्टिक अहिले पनि उस्तै छ । पानी जस्ताको तस्तै छ, अलिकति पनि संग्लिएको छैन् । जनताले तिरेको कर यी अभियन्ता र सरकारकै मिलोमतोमा झ्याम बन्यो । सरकारले उपत्यकाबाट निस्किने फोहोरको सही तरिकाले विसर्जन गर्न नसक्दा खोलानाला निकै प्रदुषित बनेको छ ।
अहिले मानिसहरुले आफ्नो घर, पसल, होटलबाट निस्किएको फोहोरहरु सिधै खोलानालामा ल्याएर फ्याकिदिन्छन् । यता, ढलको पनि उचित व्यवस्थापन हुन नसक्दा यो पनि खोलामै मिसिन्छ । चेतनाको कमी वा बाध्यताको कारण कतिपय खोला वा पुलमुनि गएर दिसापिसाव गर्छन् ।
जसले गर्दा दुर्गन्ध झनै फैलिएको छ । सरकारले नयाँ सार्वजनिक शौचालय बनाउनमा जोड दिदैन् । भएको पुरानालाई पनि जतन गर्न सकिएको छैन् । सार्वजनिक शौचालयहरु निकै नै फोहोर छ । एकातिर पानीको व्यवस्था छैन् अर्कोतिर चुकुल । भित्तैभरि पान खाएर थुकेको छन् ।
बल्लतल्ल शौचालयको प्रयोग गरेपनि हात धुन साबुन हुदैन् । भित्तैभरि पानको छिटैछिट्टा छन् । तापनि यस्ता शौचालय प्रयोग गरेको दशदेखि २० रुपैया तिर्नुपरेको छ । दिसापिसाव गरेर तिरेको पैसा पनि राज्यको ढुकुटीमा जादैन् । यता, पैसा तिरेपनि सरसफाइ गरिएको छैन् ।
सार्वजनिक शौचालयमा पैसा लिने व्यवस्था नै गलत छ । पैसा हुनेचाहि शौचालय जाने पाउने, नहुनेचाहि नपाउने ? पैसा लिने व्यवस्थाले अधिकांशले खोलानालाको छेउछाउ गएर दिसापिसाब गरिदिन्छन् । होटलमा पनि केही नखाई शौचालय जान पाइदैन् । घरबाट बाहिर निस्कि सकेपछिको प्रमुख समस्या नै यही बनेको छ ।
यही बसोबास् गर्नेलाई त यस्तो समस्या छ भने बाहिर जिल्लाबाट काठ्माडौं आएकालाई कति समस्या छ । पाँच दशक अघिसम्म जनसंख्या पन कम थियो । घरहरु पनि सबै पुराना, ढुंगामाटोले बनेको थियो । काँचो इट्टा त्यसमाथि पनि खर र छ्वालीको छानो हुन्थ्यो । प्रत्येक मानिसले एउटा घर र गोठ बनाएको पाइथ्यो ।
तर, अहिले गोठ हेर्नलाई निकै सकस छ । मानिसहरुले गाईवस्तु पाल्न छोडिसकेको छन् । जेपनि प्याकेटमा आउन थालेपछि मानिसहरुलाई त्यही नै सहज बनेको छ । बढ्दो सहरीकरणले नेपालको मौलिकता हरायो । खोलानाला सबै मासियो । अहिले मान्छेले मान्छेलार्इ गन्दैनन् यो पनि बढ्दो सहरीकरणकै देन हो ।
हरेक नेपालीको घरमा हुने सिलौटा, ढिकी, जाँतो पनि यही सहरीकरणको कारणले लोप हुन पुग्यो । जिरासमेत प्याकेटको किनेर खाने चलन मौलायो । घरघरमा चराचुरुंगी बस्न बनाइएको गुँडहरु पनि सबै मासियो । हामीले जसलाई विकासको नाम दियौ त्यसले सबै विनाश गरिदियो ।
हरियाली वनपाखा पनि सबै काठको निम्ति मासिदिए । रुख रोप्नुको सट्टा झनै उखालिरहेका छन् । हाम्रो पुर्खौली सम्पत्ति सरकारले गर्दा सबै मासियो । घर बनाउनुलाई सरकारले विकासको नाम दिएको छ । तर, भोलि भुकम्प आएर यी घर भत्कियो भने सरकारले यो इट्टा र सिमेण्ट कहाँ लगेर व्यवस्थापन गर्छ ?
यो विषयमा सरकारले कहिले पनि सोचेन् । घर बनाउन दिएको छ तर मापदण्ड बनाएको छैन् । सिमेण्ट र इट्टाको घरले चराचुंरुगी बस्ने ठाँउ पनि मासियो । बस्ने ठाँउ नहुँदा चराचुरुंगी उडेको उड्यै गर्न बाध्य छन् । रुख सबै काटेर सिद्धिसक्यो । अनि चराचुरुंगी कहाँ गएर बस्ने ? तारमा गएर बस्दा कति चराचुंरुगीको ज्यान गयो । घरको छतमा गएर बस्दा मानिसहरुले लखेटछन् ।
बढदो सहरीकरणले हामी मानव जातिलार्य सकस भएको छ भने चराचुरुंगी मारमा परेको छन् । सहरीकरणले चराचुंरुगी पनि लोप हुदै गयो । स्थानीय निकायले नक्सा पास गर्ने बेलामा चराचुरुंगी बस्ने ठाँउको निर्माण गर्नुपर्छ भनेर निति ल्याउन जरुरी छ । हाम्रो पुर्खाले साझेको घर पनि अब सबै विस्थापन हुदैछ ।
अब जन्मिने पुस्ताले पुर्खाले के के गरेको थिए ? यो बारे कसरी थाहा पाउने । कि त सरकारले किताबमा लेख्नुपप्यो । कि भएकालाई बचाउन उचित नियम । अहिले काठ्माडौंमा बस्नेलाई घुम, नाड.लो, डोको, डालो, नाम्लोको के मतलब । यी सबै अब विस्थापन हुन लागिसकेका छन् ।
सरकारले अब बनाउन चाहेर पनि उपत्यका सुन्दर बन्न सक्दैनन् । सरकारले एउटै काम गप्योः नक्सा पास गर्न दिने, घर बनाउने अनि ढल ल्याएर खोलामा मिसाउने । सरकारले पहिल्यै सोचेको भए आज काठ्माडौं यस्तो अवस्था आउदैन्थ्यो । सहरीकरणले विकृतिबाहेक अरु केही ल्याएन् ।
पछिल्लो समय नेपालमा बेरोजगारी बढ्नुको कारण पनि यही हो । सिलौटा बनाउनेलाई विदेशी प्याकेटको मसलाले जित्यो । चामल, तेल, मकै पनि विदेशबाट आँउछ । तोरी पेल्ने मिल, धान कुट्ने मिल पनि हराउदै गयो भने त्यसबाट रोजगार बनेकाहरु अहिले बेरोजगार बने ।
पार्टीपौवा, चौताराहरु पनि पछिल्लो समय सबै मासिसक्यो । पहिलेपहिले बटुवाहरुलाई रात काट्न त्यति समस्या थिएन् । खाली ठाँउ नभएपनि रुख त हुन्थ्यो । त्यसको फेदमा गएर बस्दा पनि रात जसोतसो कट्थ्यो । अहिले त कि बटुवा गएर सडकमा सुत्नुपप्यो कि होटलको मँहगो भाँडा ।
पार्टीपौवा, चौतारा र बोटविरुवाको संरक्षण नगर्दा सबैलाई सास्तीको शिकार बन्नुपरेको छ । काठ्माडौंवासीले दुईचार वर्ष अघिदेखि चलाएको चलनः भुस्याहा कुकुरलाई सुई हानेर बन्ध्याकरण गराउने, विष खुवाएर मारिदिने । तर, आफ्नो घरमा पालेको कुकुरलाई सडकमा ल्याएर दिसापिसाब गराउछन् ।
यिनीहरुले कुकुरलाई त भेदभाव गर्छन् भने मान्छेलाई के छोडछन् । यस्तै मानिसहरुको कारण बागमती फोहोर बन्यो । घर बसेर खाने, बाहिर ल्याएर थुपार्ने गरेकाले काठ्माडौं कुरुप बन्यो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी