बलेवा । वर्षाको समयमा बाढीपहिराको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन, सेवा प्रदायक सङ्घ संस्थाले समेत सास्ती खेप्छन् ।
मुहानदेखि बागलुङ बजारसम्म लामो पाइपलाइनबाट पानी ल्याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बजारमा वितरण गरिरहेको छ । पाइपलाइन र मुहानमा देखिने समस्या तथा वितरण लाइनमासमेत अन्य विकासे पूर्वाधारले पु¥याउने क्षति खानेपानी उपभोक्ता संस्थाका लागि ठूलो समस्या हो ।
संस्थाकै तथ्याङ्क हेर्ने हो भने बजारका लागि पर्याप्त पानी आउँदैन् । ४२ लिटर प्रतिसेकेण्ड आवश्यकता रहेको बागलुङ बजारले सुख्खा याममा २६ लिटर प्रतिसेकेण्ड मात्रै पानी पाउँछ । त्यही पानी बाँडेर बजारलाई पु¥याइएको छ । बागलुङ नगरपालिकाकै कैलाम पोखरीमा काठेखोलाको पानी तानेर वितरण गर्ने योजना निर्माणाधीन अवस्थामा छ । चैतसम्ममा पानी ल्याउने संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।
पानीको समस्या दिनानुदिन बढ्न थालेपछि यहाँका केही संस्थाले धाराको पानीको विकल्प खोज्न थालेका छन् । तीन वर्ष पहिला बागलुङमानै पहिलो पटक चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल रामरेखाले जमिनमुनिको पानी प्रयोगमा ल्यायो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विद्यालय प्राङ्गणमा २१० मिटर जमिनमुनीबाट डिप बोरिङ गरेर पानी तानिएको छ । प्रतिघण्टा १० हजार लिटर पानी तान्ने क्षमताको मोटर जडान गरेपछि अहिले विद्यालयलाई धाराको आवश्यकता छैन् ।
“यहाँका शिक्षक र विद्यार्थीलाई धाराको पानीले नपुगेपछि विकल्प खोज्यौं, लगानी त भयो तर अहिले पानीको समस्या छैन्”, विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले भन्नुभयो, “हामीले पानी निकालेपछि अरुले पनि सिकेका छन् ।” धारामा आउने पानी अपर्याप्त भएपछि गतवर्ष धौलागिरि अस्पताल बागलुङले पनि सोही प्रविधि प्रयोग गरेर पानी तानेको छ ।
दुई सय ३० मिटर तलबाट पानी तान्नका लागि अस्पतालले २० लाख खर्चेको थियो । हरेक दिन हजारौं खर्चेर ट्याङ्करको पानी प्रयोग गर्ने अस्पताललाई अहिले पानीको समस्या छैन् । पानी चाहिए मोटर चल्छ । धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङले पनि यसै साता जमिनमुनिको पानी निकाल्यो । २१० मिटर गहिराइमा पुग्दा पानी भेटिएपछि प्रतिष्ठानका सञ्चालक सदस्य श्रीप्रसाद शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “द्वारेगाँैडा, रमेटार, कुँडुले बागलुङ बजार क्षेत्रमै रहेपनि खानेपानी अभावले युगौंदेखि तड्पिँदै आएको छ । सरकारी योजनाको बजेटिङ्को राशि धेरै रहेको सुनिन्छन् । तर, काम कछुवा गतिभन्दा उदेकलाग्दो सुस्त १ यही पीडाबाट मुक्ति पाउन एक हप्ता डिप बोरिङ गरी करिब २१० मिटरमुनि पानी फेला पारियो । डिपिएसपि परिवार आज हर्षित– खुसी भएको छ ।”
पानीको खाँचो टार्नका लागि संस्थाले ठूलो लगानी गर्ने गरेका छन् । डिप बोरिङका लागि रु २० लाखभन्दा धेरै खर्च आउने सरोकारवाला बताउँछन्् । बागलुङ बजारमा पर्याप्त खानेपानी पु¥याउने गरी प्रतिसेकेण्ड ७० लिटर पानी तान्ने लिफ्टिङ प्रविधिको योजना म्याद थपेर काम चलिरहेको छ । बाधा अवरोध नआए आउँदो चैतसम्म पानी आउने संस्थाले जनाएको छ । “सायद अब हामी पानीको लागि काकाकूल बन्नु नपर्ला १” डिप बोरिङबाट पानी तानेका संस्थाको भनाइ छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्