काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा लगायतका डकुमेन्ट बनाई भू-माफियाहरुले सो किर्ते कागज देखाएर १९ करोड ऋण लिएको प्रकरणमा परेपछि बैंकका तत्कालीन कामु सीइओ अनुजमणि तिमिल्सीना र मनिष तिमिल्सीनाले बैंक छोडीसकेका छन् । बैंकको मेगासँग मर्जरको कुरा पनि अगाडी बढेको र यो किर्ते प्रकरणका कारण बैंक बदनाम भएको निष्कर्ष निकाल्दै बैंकले भीआरएस दिएर दुईलाई बैंकबाट बिदा गरेको थियो । उनीहरुले सो नक्कली जग्गा प्रकरणमा गलत गर्नेलाई सघाएको आरोप लागेको थियो । हुन पनि जग्गा किर्ते छ भन्ने जान्दाजान्दै ऋण दिएको आरोप थियो उनीहरुलाई । अहिले दुईले बैंक छोडेपछि बैंकलाई हेर्ने नजर विस्तारै सकारात्मक हुँदैछ । तर यो प्रकरणमा मनपरी गर्ने र गलत काम गर्ने दुई बैंकर पदमै हुँदा बैंक अझै रिस्क जोनमै रहेको भन्दै कुमारी बैंकभित्रै यसको विरोध र चर्चा हुन थालेको छ ।
यो प्रक्ररणमा १९ करोडको कर्जा प्रवाह हुँदा १२ विघा जग्गा धितोमा राखिएको छ । तर जहाँको जग्गा धितोमा राखिएको छ, सो ठाउँमा जग्गाको हदबन्दी नै ११ विघाको छ । अर्थात ११ विघा भन्दा बढी जग्गा नै कसैले राख्न पाउँदैन । हदबन्दी भन्दा बढी जग्गा कोहि एक कम्पनीका नाममा राखिएकै कारण सो १२ बिघा जग्गा हदबन्दीभन्दा बढी भएको भन्दै मालपोतमा पहिला नै रोक्का थियो । तर सो ठाउँमा ११ विघा जग्गाको हदबन्दी छ भन्ने थाहा पाउँदा पाउँदै बैंकले सो कर्जा सदर गरेको छ । अर्थात सो जग्गा सक्कली नै भएको भएपनि जग्गा कर्जा प्रवाहका लागि मालपोतमा रोक्का हुन सक्दैनथियो । तर बैंकले यो हदबन्दीको ‘क्लु’लाई बेमतलब गरेको छ । बैंक स्रोत भन्छ- ‘यसअघि हदबन्दीकै कारण कतिपय जग्गा रोक्का हुन नसक्दा धेरै फाइलहरु रोकिएका थिए । तर यो प्रकरणमा बैंकले यो हदबन्दीको केसलाई हेरेकै देखिएको छैन । बैंकमा तलदेखि माथिसम्म सबै मिलेमतो भएकै कारण यहाँ कसैले यो केस हेर्ने कुरा पनि भएन । हुन त सबै काम नक्कली थियो भन्ने सबैजसोलाई थाहा भएका कारण यो हदबन्दीको सामान्य कुरालाई हेरिराख्नुपर्ने कारण पनि कसैले देखेन । तर कसैले राम्रै तरिकाले सक्कल कागज बोकेर १२ बिघा जग्गा धितोमा राख्न आयो भने उसको मालपोतको रोक्का नभएकै कारण ऋण प्रवाह हुँदैन । मालपोतले रोक्का नै दियो भने पनि रिस्कले कानुन बाझियो भनेर फाइल रोकिदिने सम्भावना ठुलो हुन्छ । ‘
यता दुई बैंकर आफुहरुबाट गल्ती भएको पनि स्वीकार्छन् । अर्थ सरोकारसँगको कुराकानीमा उनीहरुले आफुहरुले काम गर्दागर्दै गल्ती भएको स्वीकारेका थिए । अव गल्ती गर्नेलाई कारवाही नहुँदा उनीहरुको मनोबल झन् बढेको छ बैंकमा । उनीहरु यसपाली यो किर्ते प्रकरणमा पनि जोगिए भने अरु केहि पर्यो भने पनि बैंकले जोगाईहाल्छ भन्ने निष्कर्षमा पुगेका कारण कुनै पनि बेला दुर्घटना हुन सक्ने बैंककै अन्य उच्च तहका कर्मचारीहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्