×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘हामी संकल्प गरौं, डुइङ बिजनेसको ९६औंँ स्थानबाट नेपाललाई १०औँ स्थानमा ल्याउन सक्छौ’ : अर्थमन्त्री शर्मा (भिडियो)

काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्रीलाई साथमा राखेर लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानी मात्रै नभएर लगानीसँगै प्रविधि पनि ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले लगानीसँग प्रविधि भित्र्याउँदा नीजि क्षेत्रको लागि धेरै फाइदा पुग्न सक्ने दाबी गर्नु भयो । अहिले विदेशी लगानी ल्याउनको लागि केही नीतिगत तथा ऐन र कानूनी रुपमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताउनु भयो । उहाँले हरेक कुरामा लागत बढ्दै गएकाले सरकार लागत कम गर्ने प्रक्रियामा लागेको बताउनु भयो । नेपाल डुइङ बिजनेसमा ९६ औं स्थानमा रहेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई सुधार गरेर १५ स्थानमै ल्याउनु पर्ने बताउनु भयो । उहाँले नेपाल डुइङ बिजनेस सुधार गर्नको लागि नीजि क्षेत्र र लगानी बोर्ड लाग्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘अहिलेको हस्ताक्षरबाट निजी क्षेत्रको लागि पनि संयुक्त पहल गर्दा हामीले पुँजी मात्रै होइन । हाम्रा अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई पनि भन्ने गरेको छु । उहाँहरुलाई ऋण मात्रै होइन प्रविधि खै भनिराखेको छु । लगानीसँगै प्रविधि ल्याउने कुरा हो । प्रविधि सहितको लगानी ल्याउँदा निजि क्षेत्रले त्यसको भरपुर प्रयोग गर्ने सक्छन् ।भने त्यसबाट धेरै फाइदा लिन सक्छन् । लगानीको क्षेत्रमा प्रविधि ल्याउने हो । जस्तो कृषि क्षेत्रमा , प्रविधि पनि लगानी हो । कृषि क्षेत्रमा लगानी ल्याउँछौ तर प्रविधिको रुपमा ल्याउँछौँ । कुनै क्षेत्रमा लगानी मात्र ल्याउँछौँ भने कुनैमा प्रविधि मात्रै ल्याउने गरेका छौं । हाम्रो समस्या आज कतिपय नीतिगत तथा ऐन,कानुनी रुपमा रहेका छन । त्यस्तै लगानी ल्याउने प्रक्रियाका कारणहरु पनि समस्या भएका छन । अहिले लागत बढेको अवस्था छ । त्यो लागत कम गर्नको लागि धेरै कुराहरुलाई सहज बनाउनु छ । लागत बढेको भन्नु कुराहरु देखिन्छ । त्यस कारणले त्यसमा हामीले ध्यान दिन जरुरी छ । डुइङ बिजनेश इन्ड डेक्समा नेपालको जुन स्थान छ । ९६ औँ स्थानमा नेपाल छ । यो समझदारीसँगै र हाम्रा समग्र प्रयाससँगै हामीले ९६ औंँ स्थानबाट १०/१५ औँ स्थानमा ल्याउन सक्छौ त ?हामी यो संकल्प गर्न सक्छौं यो एमओयुसँगै मलाई लाग्छ गर्नु पर्छ ।’

त्यस्तै अर्थमन्त्री शर्माले आयोजनाहरुले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताउनु भयो । अब हामीले योजना बनाउदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शमाले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनु पर्ने बताउनु भयो । उहाँले जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनु पर्ने आवश्यक भएको उल्लेख गर्नु भयो । मन्त्री शर्माले मुलुकमा लगानी बढाउनको लागि ‘डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’तयार गर्न लागेको बताउनु भयो । उहाँले यो फण्डमा नीजि क्षेत्रको पनि सहभागिता हुनुपर्ने बताउनु भयो । मन्त्री शर्माले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई जोड्न अहिले बनी रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुले मुलुकको समग्र आवश्यकतालाई पूर्ति गर्न सक्ने दाबी गर्नु भयो । उहाँले भन्नुभयो,‘अब हामी ठूला लगानी भित्र्याउँछौं । यो हस्ताक्षर मात्रै गदैनौं । पूर्वाधार क्षेत्रमा जलविद्युत क्षेत्रहरु मात्रै नभएर अन्य क्षेत्रहरु पनि आवश्यक छ । अन्य पूर्वाधार क्षेत्रमा ठूला लगानी भित्र्याउँछौँ । पीपीपी मोडलको रुप अगाडि बढाउँछौंँ । त्यो आवश्यक छ । त्यसको लागि लगानी बोर्ड मार्फत डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड हामी तयार गदैछौँ । डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड लगानी निजि क्षेत्र पनि सहभागी हुनुपर्छ । त्यसबाट केही ठूला लगानी ल्याएर अन्तर्राष्ट्रिय स्तरमा हाम्रो देश जोड्नको लागि हामीलाई चाहिएका ठूला विमानस्थलहरु बनि रहेका छन् । तर ती अहिले बनी रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुले हाम्रो समग्र आवश्यकतालाई पूर्ति गर्दैन । अब विदेशी मुलुकबाट ऋण अथवा लगानी ल्याँदा प्रोजेक्टले नै तिर्ने गरी प्रोजेक्ट नै जिम्मेवार बन्ने गरी रेभिन्युवेस प्राजेक्टहरु निर्माण गरेर निजी क्षेत्रलाई समेत समेटेर लगानी ल्याउँछौँ । जसले गर्दा जनताको ऋणको भार कम होस र आयोजनाले नै ऋण तिर्न सकोस् । अहिले घाटामा गइरहेका महत्वपूर्ण क्षेत्रहरु छन । यी संस्थाहरुलाई पूर्नसंरचना गरेर नाफामा जाने बनाउनु पर्छ । त्यो नबनाए हुँदैन ।’

त्यस्तै कार्यक्रममा लगानी बोर्डका सीइओ शुशील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताउनु भयो । उहाँले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताउनु भयो । भट्टले अहिले विदेशी लगानी प्रतिवद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धानको विषय भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ हामीले खोजेको गुणस्तरिय लगानी हो । कुन क्षेत्रमा हामीलाई लगानी चाहिएको छ । कस्तो परियोजनामा चाहियो । कस्तो प्रविधि हामीले भित्र्याउने सोच्नु पर्ने छ । हामीसँग जनशक्तिको अभाव छ । विदेशी लगानीसँगै स्वदेशी लगानी पनि त्यतिकै महत्वपूर्ण छ । विदेशी लगानी प्रतिवद्धता अथाहा छ । तर लगानीमा परिनत नभएको कुरामा अनुसन्धान गर्ने विषय बन्नु पर्छ । महालेखाले बेरुजु राखेको छ । ५० वटा परियोजना सो केस गरेर राख्नु भएको थियो त्यी सबैमा लगानी आएन भने पछि बेरुजुको विषय बन्न गयो। कार्य बोझ कहाँ छ हाम्रो प्राथकिता के हो ।’

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताउनु भयो । उहाँले व्यापार घाटा सात महिनामै १० खर्ब नाघेको तर वैदेशिक सहायता बढ्न नसकेकोले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताउनु भयो । उहाँले अब विदेशी लगानी ठूला उद्योगमा मात्रै नभएर साना तथा मझौला उद्योग पनि ल्याउनु पर्ने बताउनु भयो । गोल्छाले नेपालमा विदेशी लगानी प्रतिवद्धता धेरै आउने तर लगानी नआउने समस्या धेरै भएको दाबी गर्नु भयो । उहाँले भन्नुभयो,‘मुलुकमा ठूलो समस्याको रुपमा सोधानान्तर स्थिति र तरलताको अभाव समस्या रहेको छ । यो समस्यालाई कुनै न कुनै तरिकाले समाधान गर्नको लागि पहल भएको छ । मुलुकमा सोधानान्तर स्तिति साढे ६ महिनाको रहेको छ । जुन हिसाबले व्यापार घाटा बढेको छ । त्यसले भोली ठूलो संकट निम्त्याउन सक्छ । अब ठूला उद्योगमा मात्रै नभएर विदेशी लगानी साना र मझेउला उद्योगमा पनि ल्याउनु पर्छ ।आवश्यक कानूनको सुधार पनि पर्नु पर्छ । लगानी बोर्डले धेरै लगानी सम्मेलन गरेको छ । तर त्यसमा प्रतिबद्धता धेरै आउने गरेको छ । तर लगानी देश भित्र आउँदैन । प्रतिबद्धता पनि जरुरी छ तर हामीले लगानीको प्रतिवद्धता हुन्छ । किन लगानीमा परिनत हुँदैन अनुसन्धान गर्न जरुरी छ। त्यसको लागि नीजि क्षेत्रको सहभागिता बढी राख्नु पर्छ ।’

त्यस्तै, महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नको लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नको लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता छ । जसले गर्दा पुँजी बजारमा भयो भने नेपालका उद्योगहरुको सहयोग मात्रै नभएर ठूला पूर्वाधारका लगानी आउन सक्छ । सँगै रोजगारी पनि वृद्धि हुन्छ । अहिले विश्वमा नै कोरोना महामारीपछि लगानी परिर्वतन भएको छ । अब नेपालमा जलविद्युतमा मात्रै नभएर अन्य उद्योगहरुमा पनि विदेशी लगानी ल्याृउनु पर्छ । जसमा पर्यटन,कृषि ठूला लगानी र प्रविधि आउन सक्ने सम्भावना रहेको छ ।’ 

पूर्वअध्यक्ष राणाले नेपालमा जलविद्युतमा मात्रै धेरै विदेशी लगानी भएकाले अब पर्यटन तथा कृषि क्षेत्रमा विदेशी लगानी र प्रविधि दुबै ल्याउनु पर्ने बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघले लगानीको बातावरण बनाउन लगानीकर्तालाई सहजीकरण गर्न एक सहायता केन्द्र स्थापना गर्ने भएको छ । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: