×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४.७३ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डासहित नेपाल लाइफ इन्स्योरेन्सले चैत २१ गते बोलायो वार्षिक साधारणसभा

PRIME CA

१४.७३ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डासहित नेपाल लाइफ इन्स्योरेन्सले चैत २१ गते बोलायो वार्षिक साधारणसभा

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा चैत २१ गते हुने भएको हो । सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजे हुने भएको छ । उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० को अनुपातलाई ५१ः४९ मा कायम गर्न संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने हुनेछ । यस्तै २०७६/७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गर्ने एजेण्डा पनि रहेको छ । यसैगरी सभाले २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोक्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते एकदिन बुक क्लोज गर्ने भएको छ । तर्सथ चैत ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश पाउने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: