×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : चैते धान रोप्न व्यस्त झापाका किसान, तनहुँको देउरालीडाँडामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : चैते धान रोप्न व्यस्त झापाका किसान, तनहुँको देउरालीडाँडामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

Artha Sarokar

२६ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले झापाको गौरादहका किसान यतिवेला चैते धान रोप्न व्यस्त भएकोदेखि तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा चटपट विक्री गरिरहेका स्थानीयवासीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

झापाको गौरादहका किसान चैते धान रोप्दै । यहाँका किसान यतिवेला धान रोप्न व्यस्त छन् ।

तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा चटपट विक्री गर्दै स्थानीयवासी । यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८मा हालै निर्माण सम्पन्न भएको ‘ठूलोछहरे–सानोछहरे सिँचाइ योजना’ को अनुगमन गर्दै जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका प्रमुख हरिप्रसाद गुरागाईं र किसान । रु एक करोड ८१ लाख लगानीमा उक्त योजना सम्पन्न भएसँगै एकसय घरधुरी किसानको एक हजार २०० रोपनी भूमिमा सिँचाइ सुविधा पुगेको छ ।

पशुपति क्षेत्रमा हिन्दु परम्परा अनुसार विभिन्न धार्मिक कार्य गराउँदै पण्डित । दैनिक सयौँका सङ्ख्यामा उक्त स्थानमा कर्मकाण्ड गराउने चलन छ ।

काठमाडौंको वसन्तुपुरस्थित हनुमानढोको दक्षिणतर्फ चीर ठड्याउँदै स्थानीय बासिन्दा । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–१ स्थित कमेरे पहिरो र कालीगण्डकीको कटान नियन्त्रणका लागि ग्याबियन पर्खाल निर्माण गर्दै मजदुर । बेनी नगरपालिकाको रु दश लाख अनुदानमा उपभोक्ता समितिले ९० थान ग्याबियन ढुङ्गा भरेर पर्खाल बनाउन लागेको हो।

भक्तपुरको तालाकोमा माटाबाट बनाइएका हस्तकला सामग्री बिक्रीका लागि प्रदर्शनीमा राख्दै महिला उद्यमी । यहाँ बिक्रीमा राखिएका हस्तकलाका सामग्री रु १०० देखि रु पाँच हजारसम्ममा खरिद गरेर स्वदेशी तथा विदेशीले लाने उद्यमी बताउँछन् ।

दाङको तुलसीपुर–१३ स्थित फूलबारी । नाम फूलबारी भएपनि विकासका हिसाबले निकै पछि परेको क्षेत्र रहेको छ । यसलाई ‘तुइ’ दाङका रुपमा पनि चिनिन्छ ।

विश्व मृगौला दिवसको अवसरमा रोटरी क्लब अफ वालिङ र वालिङ सामुदायिक डायलासिस सेन्टरद्वारा निकालिएको ¥यालीका सहभागी । गह्रौ प्राथमिक अस्पतालबाट सुरु भएको ¥याली बजारको परिक्रमा गरेर वालिङ सामुदायिक डायलासिस सेन्टरमा पुगेर समापन गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी