×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गिट्टी कुटेर जीविकोपार्जन गर्दै महिला, मङ्गलतीर्थ परिसर सरसफाइमा स्थानीय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : गिट्टी कुटेर जीविकोपार्जन गर्दै महिला, मङ्गलतीर्थ परिसर सरसफाइमा स्थानीय

Artha Sarokar

१० चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङको ताराखोला गाउँपालिका–५ मा गिट्टी कुटेर जीविकोपार्जन गरिरहेकी महिलादेखि भक्तपुर नगरपालिका–४, मङ्गलतीर्थ परिसर सरसफाइ गरिरहेका स्थनीय  महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

बागलुङको ताराखोला गाउँपालिका–५ मा गिट्टी कुट्दै महिला । यहाँका महिला गिट्टी कुटेर आफ्नो जीविका चलाउँछन् ।

भक्तपुर नगरपालिका–४, मङ्गलतीर्थ परिसर सरसफाइ गर्दै महिला । द्वापरयुगदेखि प्रसिद्ध मानिने मङ्गलतीर्थ क्षेत्रका सम्पदा लेदो र झारले छोपेपछि स्थानीय निकायको पहलमा सरसफाइ गरिएको छ।

उत्तरी मोरङको लेटाङ नगरपालिका– १ मा पर्ने राजारानी ताल क्षेत्र । दुई पोखरीको मध्य भागमा राजारानी मन्दिर निर्माण भएको ताल क्षेत्रमा पूर्वतर्फ रानी र पश्चिममा राजा ताल छ । रानी ताल नजिकैको छोरी ताल भनेर चिनिएको पोखरी सुक्ने क्रममा छ । पूर्व–पश्चिम राजमार्गको बेलबारी खण्डबाट करिब १२ किलोमिटर दूरीमा रहेको राजारानी क्षेत्र धिमाल र मगरको ऐतिहासिक ठाउँ मानिन्छ । धिमालले त आफ्नो उत्पत्ति थलो नै मान्छन् ।

घोराही–१७, कर्जाहीका सालिकराम घर्तीमगरले गरेको व्यावसायिक बङ्गुर पालन । बङ्गुर पालन गर्न थालेको एक वर्षभित्रमा उत्पादन दिन थालेको उनी बताउँछन् ।

म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्रेको तयारी गरिँदै । पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनीदेखि तातोपानी जोड्ने ९ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भएको छ ।

म्याग्दे गाउँपालिका– २ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको ट्रि हाउस । डिभिजन वन कार्यालय तनहुँको रु १२ लाख ५० हजार र सामुदायिक बनको रु दुई लाख ५० हजार गरी रु १५ लाखको लागत निर्माण गरेपछि आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत पाँचखाल नगरपालिका–९ डाँडागाउँमा निर्माण भइरहेको चार लाख लिटर क्षमताको ट्याङ्की । लिफ्टिङ प्रविधिको उक्त आयोजनामा सुनकोशी नदीको पानी सुद्धिकरणपछि यो ट्याङ्कीमा जम्मा गरेर गाउँगाउँमा वितरण हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी