×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रधानमन्त्रीलाईसमेत सुइको नदिएर अर्थमन्त्रीले आर्थिक ऐन ल्याउँदा ठूलो ज्यादती गरेका छन्’ : प्रकाश रसाइली (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘प्रधानमन्त्रीलाईसमेत सुइको नदिएर अर्थमन्त्रीले आर्थिक ऐन ल्याउँदा ठूलो ज्यादती गरेका छन्’ : प्रकाश रसाइली (भिडियो)

काठमाडौँ । चालु आर्थिक वर्षको माघ समान्तसम्ममा फलामे छड उत्पादन गर्ने स्पन्ज आईरनको आयात ८९ प्रतिशतले बढेको छ । भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारले भन्सार शुल्कमा छुट दिएसँगै स्पोन्स आईरन ८९ प्रतिशतले बढेको बताउनु भयो । महानिर्देशक भट्टराईले प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै यस्तो जानकारी दिनु भएको हो । उहाँले स्पोन्ज आईरनमा सरकारले भन्सारमा लाग्ने अन्तशुल्कमा सतप्रतिशत छुट दिएसँगै आयातको परिणाम र रकम दुबै बढ्दा राजश्व संकलनमा कमि आएको बताउनु भयो ।
पछिल्लो माघ मसान्तसम्ममा स्पन्ज आईरनको गत आर्थिक वर्षको माघमसान्तसम्म १ लाख १२ हजार मेट्रिक टन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख १३ हजार मेट्रिक टन आयात भएको भट्टराईले बताउनु भयो । उहाँले सिआईएफको मूल्यको आधारमा चालु आर्थिक वर्षको माघमसान्तसम्म ११ अर्ब ४८ करोड रुपैयाँको मात्रै आयात भएको बताउनु भयो । त्यस्तै, उहाँले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा फलामे छड उत्पादन गर्ने कच्चा पदार्थ विलेट्सको ४ लाख १६ हजार मेट्रिक टन आयात भएको बताउनु भयो । गत आर्थिक वर्षमा ६ लाख ८० हजार मेट्रिक टन विलेट्स आयात भएकाले यो वर्ष आयातमा कमि आएको बताउनु भयो । भट्टराईले विलेट्स आयात गत आर्थिक वर्षको तुलनामा यो वर्ष ३८ पतिशतले घटेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ गत आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म करिव ६ लाख ८० हजार मेट्रिक टन फलामे छड उत्पादन गर्ने कच्चा पदार्थ विलेट्स आयात भएको छ । चालु आर्थिक वर्षको सोही अवधिमा ४ लाख १६ हजार मेट्रिक टन आयात भएको अबवस्था छ । गत आर्थिक वर्षको भन्दा अहिले केही मात्रमा घटेको छ । त्यसैगरी सिआईएफ मूल्यलाई आधार मान्ने हो भने गत वर्षको सोही अवधिमा करिव ३८ अर्ब १४ करोड बराबरको आयात भएको थियो भने अहिलेको यो अवधिमा २९ अर्ब ८७ करोड रुपैयाँको मात्रै आयात भएको छ । आयात मूल्यको आधारमा घटेको छ । चालुआर्थिक वर्षमा परिणाम र मूल्य दुबै घट्यो । सरकारलाई यसबाट भएको राजश्व संकलन गत आर्थिक वर्षमा ७ अर्ब १ करोड राजश्व असुली भएको थियो । चालु आर्थिक वर्षको यो अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ मात्रै राजश्व असुली भएको छ । यसमा तीन वटै सूचक हटेको अवस्था छ । समग्रमा हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा एमएस विलेट्सको आयात ३८ पतिशतले घटेको छ। मूल्यको आधारमा २१.६७ प्रतिशतले घटेको छ । राजश्व संकलन पनि १०.९३ पतिशतले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले गत आर्थिक वर्षमा ५६ हजार प्रतिमेट्रिक टन रहेको थियो भन अहिले बढेर ७१ हजार ७२८ प्रतिमेट्रिक टन पुगेको छ । त्यस्तै स्पोन्ज आईरनको गत आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म १ लाख १२ हजार मेट्रिक टन स्पोन्ज आईरन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख १३ हजार मेट्रिक टन आयात भएको अवस्था छ । गत आर्थिक वर्षको भन्दा अहिले परिणाम बढेको छ । त्यसैगरी सिआईएफ मूल्यलाई आधार मान्ने हो भने गत वर्षमा करिव ४ अर्ब २६ करोड बराबरको आयात भएको थियो भने अहिलेको यो अवधिमा ११ अर्ब ४८ करोड रुपैयाँको मात्रै आयात भएको छ । आयात मूल्यको आधारमा यो बढेको देखिन्छ । सरकारलाई यसबाट भएको राजश्व संकलन गत आर्थिक वर्षमा ७८ करोड राजश्व असुली भएको थियो । चालु आर्थिक वर्षको यो अवधिमा १ अर्ब ६० करोड रुपैयाँ मात्रै राजश्व असुली भएको छ । समग्रमा हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्पोन्ज आईरनको आयात ८९ पतिशतले बढेको छ।
त्यस्तै समितिको छलफलमा अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले फलामे छड उत्पादन गर्ने कच्चा पदार्थ विलेट्स आईरन र स्पोन्ज आईरन भन्सार शुल्क छुट आर्थिक ऐन संसदबाट पास भएकाले सचिवले जवाफ दिनु राम्रो नहुने बताउनु भयो । उहाँले संसदमा सांसदहरुले नै पास गरेर ऐन कार्यान्वयनमा आएको बताउनु भयो । अर्थमन्त्रालयले आर्थिक ऐन बनाउँदा सबै सरोकारवाला निकायहरुसँग प्राप्त छलपल गरेर ल्याएको दाबी सचिव पुष्करले गर्नु भयो
उहाँले भन्नुभयो,‘मलाई जवाफ दिन गाह्रो भएको छ । सम्मानित संसदबाट पास भएको कानून हो । सम्मानित संसदबाट पास भएको कानुनमा अर्थमन्त्रालयको सचिवले समितिमा जवाफ दिनुपर्दा अफ्ठ्यारो लागेको छ । तर आर्थिक ऐन बनाउँदा सरकारले सबै मान्त्रालयहरुसँग प्राप्त छलफल गरेर ल्याएको हो ।’
त्यस्तै समितिको छलफलमा प्रकाश रसाइलीले आर्थिक ऐन ल्याउँदा अर्थमन्त्रीले ठूलो ज्यादती गरेको बताउनु भयो । उहाँले ६ वटा उद्योगलाई प्रोत्साहन दिएर २४ वटा उद्योग बन्द राउने आर्थिक नीति ल्याउन नपाउने भए पनि अहिलेका अर्थमन्त्री प्रधानमन्त्रीलाई समेत थाहा नदिई चलखेल गरेर यो नीति ल्याएको दाबी गर्नु भयो । उहाँले भन्नुभयो,‘ स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने भनेर ल्याएको नीतिले २४ वटा उद्योग बन्द हुने ६ वटा उद्योग मात्रै चलाउने गरी आर्थिक नीति ल्याउन पाइन्छ की पाइदैन। सबै उद्योगको ५ देखि १० अर्ब लगानी रहेको छ । प्राय सबै उद्योगले हात उठाउनु पर्ने अवस्था आएको छ । विद्युत खपत बढाउनको लागि ६ उद्योगमा सहुलियत दियौं भन्ने अर्थमन्त्रालयले भन्नुभयो। अहिले नेपालका करिव २५ प्रतिशत उद्योगहरु डिजेल र पेट्रोलबाट विद्युत उत्पादन गरिरहेका छन । स्पोन्ज आईरनमा अन्तशुल्क छुट दिनुको पछाडि ठूलो चलखेल भएको छ । चलखेल नभई छुट दिने काम भएको छैन । सरकार बनेपछि रातारात रुपमा संसद राम्रोसँग नचलेको बेला अर्थमन्त्रीले आर्थिक विद्येयक ल्याएर अर्थमन्त्री ज्युले निकै ठूलो ज्यादती गर्नु भएको हो । प्रधानमन्त्रीलाई समेत के भएको हो भन्ने विषयमा थाहा छैन । जुन देशमा नागरिक औषधीमा पनि भन्सार तिर्छन । त्यो देशका उद्योगलाई स्पोन्ज आईरनमा यति धेरै भन्सार छुट दिनुको कारण के हो। विलेट्स उद्योग बन्द हुने अवस्थामा पुगेका छन । सरकारले यसको विषयमा के सोचेको छ । अर्थमन्त्री यो विषयमा निदाइ राख्नु भएको छ । मूल्य अभिवृद्धिकर बाहेक सबै मिनाहा यति धेरै सुविधा कतै छैन ।
सांसद रसाइलीले जुन देशमा नागरिकले औषधीमा पनि भन्सार पर्छ त्यो देशका उद्योगलाई स्पोन्ज आईरनमा यति धेरै भन्सार छुट दिनुको कारण अर्थमन्त्रीले समितिलाई दिनु पर्ने जिकिर गर्नु भयो । हेर्नुहोस् भिडियो : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: