काठमाडौँ । लामो समयसम्म नेतृत्वविहिन बनेको पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को बागडोर सम्हाल्न हालै मात्र रमेश हमालको आगमन भएको छ । निकै विवादित तथापी पूँजीबजारकालागि अत्यन्त महत्वपूर्ण यो कुर्षी सम्हाल्न आउनुभएका हमाल सरलाई सम्पूर्ण लगानीकर्ताका तर्फबाट सफल कार्यकालको हार्दिक शुभकामना दिनैपर्ने हुन्छ ।
पूँजी परिचालन तथा लगानीमा समेत राजनीतिको प्रभाव पर्ने हाम्रो देशमा अर्थमन्त्री जनार्दन शर्माले कसैको दबाब र प्रभावमा नपरी काम गर्न हमाल सरलाई दिनुभएको निर्देशन पनि अत्यन्त सराहनिय छ । नेकपा माओवादीका नेता प्रचण्डले भन्ने गरैजस्तै सेबोनको नीति तथा कार्यशैलीमा यसपटक भने क्रमभंग हुने अपेक्षा आमलगानीकर्ताले गरेका छन् ।
पूँजीबजारमा विगत एक दशकको अनुभव सँगाल्दै गर्दा सफलताको मापन अनुशासित भएर सहि प्रकृया अवलम्बन गर्ने कार्यले गर्ने गर्दछ जस्तो लाग्छ । प्रकृया र कार्यनीति स्पष्ट र पूर्वनिधारित भएमा त्यसबाट आउने परिणाम पनि सकारात्मकनै हुन्छ । सेबोनका पूर्व प्रमुखहरुको कार्यकालकोे चार्ट बनाएर त्यसको प्राविधिक विश्लेषण गरी नयाँ ट्रेन्डको सुरुवात हमाल सरले गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त र्छौ ।
सेबोन पूँजीबजारकै अभिन्न अंग भएकाले पूँजीबजारमा जस्तै फियर र ग्रीडको भावना ९झयतष्यलक० विगतका नेतृत्वहरुमा हावी भएको देखिएको छ । आमलगानीकर्ताका लागि मात्र नभएर सेबोनको नेतृत्वका निम्ति पनि यो कमजोरी नै उनीहरुको असफलताको प्रमुख कारक तत्व बन्ने गरेको देखिन्छ । सेबोन नेतृत्वमा अझ फियरभन्दापनि बढि ग्रीड ईमोसन हावी भएको पाईएको छ । ब्यक्तिगत तथा वित्तिय अनुशासन पालना गरेर यी भावनाहरु भन्दा माथि उठी हमाल सरले आफ्नो कार्यकाललाई सेबोनको इतिहासमा स्मरणिय बनाउनुहुनेछ भन्नेमा आशावादी र्छौ ।
लगानीकर्ताका मागका चाँङ
सेबोनमा लगानीकर्ताका मागका चाँङ थुप्रिएको लामो समय भईसकेको छ । बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिने, ब्रोकर कमिसन घटाउने, नेप्सेको क्षमता अभिबृद्धि गर्ने वा नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने, सर्ट सेलिङ तथा इन्ट्रा डे कारोबार लगायतका अन्य वित्तिय औजारहरुको शुरुवात गर्ने, आदी सेबोनले तत्कालै गर्नुपर्ने कार्यसूची भित्र पर्दछन् । त्यस्तै, इन्साइडर ट्रेडिङ तथा सर्कुलर ट्रेडिङ जस्ता वित्तिय अपराधमा संलग्न ब्यक्ति तथा समूहको पहिचान गरी कार्वाही प्रकिृया अघि बढाउनुपनि सेबोनको कार्यसूचीमा अग्रपंक्तिमा राख्नुपर्ने हुन्छ ।
केन्द्रिय बैंकको बढ्दो हस्तक्षेप
नेपालको पूँजीबजारमा राष्ट्र बैंकको हस्तक्षेप बढ्दो छ । अस्थिर र अल्पकालिन मौद्रिक नीति केन्द्रिय बैंकको पर्याय नै बनेको छ । मौद्रिक नीतिका औजारहरु प्रत्येक त्रैमासको समिक्षामा परिमार्जन गर्दा त्यसको प्रत्यक्ष असर पूँजीबजारमा पर्ने कुरालाई लगानीकर्ताको अभिभावकीय संस्था सेबोनले केन्द्रिय बैंकलाई बुझाउन सक्नुपर्छ । नेपाल राष्ट्र बैंकको नीति र भूमिकामा प्रश्न उठाउने प्रशस्त ठाउँ नभएतापनि त्यस भित्रका पात्र र प्रबृत्तिहरुको पूँजीबजारप्रतिको गिद्वे दृष्टि छताछुल्ल हुँदै गएको विगतका उदाहरणहरुले प्रष्ट पारेका छन् । सेबोन राष्ट्र बैंक तथा त्यसका ऐनबाट निर्देशित संस्था होइन् । लगानीकर्ताको हित र पूँजीबजारको दिगो विकासका लागि स्थापित र कार्यरत सेबोनले केन्द्रिय बैंकको पूँजीबजारप्रतिको यो नांगो हस्तक्षेप विरुद्घ वैचारिक तथा नीतिगत संघर्ष तत्काल शुरु गर्नुपर्ने देखिन्छ ।
सस्तो लोकप्रियताका लागि नेताका भाषण
नेपालको पूँजीबजार प्रमुख दलका नेताहरुको सस्तो लोकप्रियता बटुल्ने माध्यम भएको छ । समाजको वर्ग संघर्षको झुठो अवधारणा अघि सारेर गर्ने गरिएको यो अबुझ प्रचारबाजीले सोझासाझा लगानीकर्ताको मनोविज्ञानमा असर गर्ने गरेको छ । बजारको पहँुच र दायरा विस्तार भएको यो अवस्थामा सेबोनले पूँजीबजारको महत्व आमलगानीकर्तामाझ बुझाउन सक्नुपर्छ । पूँजीबजार “सट्टावाजी” गर्ने थलो नभएर पूँजी निर्माण तथा परिचालनको पवित्र थलो हो भनी आम जनमानसमा सचेतना फैलाउन सक्नुपर्छ । यसकालागि वित्तिय साक्षरताका कार्यक्रमहरु प्रत्येक प्रदेशमा र गाउँगाउँमा सेबोनले तत्कालै शुरु गर्नुपर्छ ।
सेबोनको कार्यशैलीमा लागेको ग्रहण
नियामकिय संस्थाप्रति जागेको वितृष्णा र अविश्वासको वातावरणलाई नयाँ नेतृत्वले क्रमशः चिर्दै जानुपर्ने देखिन्छ । शैक्षिक, पारिवारिक तथा राजनीतिक पृष्ठभूमी जे भएपनि सेबोनको नेतृत्व सम्हालेपछि लगानीकर्ताको हकहितको संरक्षण तथा पूँजीबजारको दिगो विकासलाई मुल नारा बनाएर अघि बढ्ने हो भने पचासौं लाख लगानीकर्ताको मनमा बस्न सफल हुने ऐतिहासिक अवसर हमाल सरलाई प्राप्त भएको छ । अन्त्यमा “देखिएला त हमाल सरको कमाल ?” भन्ने प्रश्नको समयसँगै सकारात्मक उत्तर आउने अपेक्षा हामी आमलगानीकर्ताको रहेको छ । (लेखक केसी लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्) ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्