×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसम्म जोडियो, खुम्चिएको रेमिट्यान्स फागुन मसान्तमा सुधार भएको अर्थमन्त्रीको भनाई (भिडियो)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज देखि काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसम्म जोडिएको बताउनु भएको छ । मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताउनु भएको हो । उहाँले अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँने बताउनु भयो । मन्त्री शर्माले सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै व्यापार/व्यवसायको प्रबद्र्धधनमा सहयोग पुग्ने बताउनु भयो । चोभार सुख्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको केन्द्रका रूपमा विकास हुनुपर्ने भन्दै अर्थमन्त्री शर्माले बन्दरगाहबाट नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने बाटो खुल्ला भएको बताउनु भयो । उहाँले यतिबेला नेपालको अर्थतन्त्रलाई कोभिड महामारी र रुस युक्रेन युद्धले असर गरेकाले चुनौती थपिएको बताउनु भयो । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रेमिट्यान्स खुम्चिए पनि फागुन मसान्तमा रेमिट्यान्समा केही सुधार भएको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ । हामी सडक मार्फत अब सिधै समुद्रसँग जोडिएका छौं । समुद्रको किनारबाट भरिने कन्टेनरहरु सिधै यस बन्दरगाहमा आउने छन् । जाँच पास लगायतका कुराहरु यहीबाट हुने छन् । व्यापार सहजिकरणमा महत्वपूर्ण योगदान पुर्याउने छ । लागत र समयका देष्ट्रिकोणले हामी थप उपलब्धी लिने छौं । लागत पनि कम हुने छ । बन्दरगाह उद्घाटन गर्दै गर्दा एउटा प्रतिवद्धता जनाउनु पर्छ । कोरोनाले एउटा शिक्षा दिएको छ । त्यस पछि अहिले रुस र युक्रेनको युद्धले हामीलाई चुनौती दिइरहेको छ । हाम्रो अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । त्यस कारण यो सुख्खा बन्दरगाह आयातको केन्द्रविन्दु मात्रै नभएर निर्यातको एउटा महत्वपूर्ण केन्द्र बन्नु पर्दछ । हामीले खाद्याय वस्तुहरु विशेषगरी कृषिमा आधारित वस्तुहरु तरकारी तथा फलफूलहरु यो बन्दरगाह मार्फत आयात गरेर खाने कुरालाई क्रमश अन्त्य गर्दै निर्यात गर्ने ठाउँमा पुर्याउनु पर्छ । यसको लागि सरकार र नीजि क्षेत्र सहकार्य गरेर मात्रै सार्थकता पाउने छ ।’

त्यस्तै,नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २०७८ असारमा नै बन्दरगाह संरचनाको निर्माण सम्पन्न भएको बताउनु भयो । उहाँले बन्दरगाहमा ५ सय कन्टेनर ५ सय ट्रकको अट्ने गरी ६५ हजार वर्गकिलोमिटरको पाकिङ क्षेत्र रहेको बताउनु भयो । सुख्खा बन्दरगाह करिव १ अर्ब ५४ करोडको लागतमा निर्माण सम्पन्न भएको गजुरेलको भनाई छ ।

कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो,‘ २०७५ सालको असारमा सम्झौता भइ माघ १३ गते शिल्यानास भइ निर्माण कार्य सुरु भएको सुख्खा बन्दरगाह संरचनाको निर्माण कार्य कोरोना महामारीको प्रकोप सामान गर्दै २०७८ असारमा निर्माण सम्पन्न भएको हो । सुख्खा बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रकको लागि ६५ हजार वर्गकिलोमिटर पाकिङ क्षेत्र भन्सार भवन र क्वारेन्टाइन क्षेत्र निर्माण गरिएको छ। बन्दरगाहमा आवश्यक सबै पूर्वाधारहरुको निर्माण गरिएको छ । करिव १ अर्ब ५४ करोडको लागतमा निर्माण सम्पन्न भएको सख्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । मुलुकको वस्तु आयात र निर्यातमा लाग्ने समय र लागत वृद्धि भइरहेको अवस्थामा बन्दरगाहले आन्तरिक र वैदेशीक व्यापार सहज बनाउन महत्वपूर्ण भूमिका पुग्छ ।’

कार्यकारी निर्देशक गजुरेलले सख्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गरी निर्यात प्रवद्र्धधन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनु भयो । उहाँले मुलुकको वस्तु आयात र निर्यातमा लाग्ने समय र लागत वृद्धि भइरहेको अवस्थामा बन्दरगाहले आन्तरिक र वैदेशीक व्यापार सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउने दाबी गर्नु भयो । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: