कैलाली । आमभाषामा अर्थतन्त्र बुझन गार्हो छ तर यो हाम्रै व्यावहारबाट संचालित हने हुदा जटिल भने पक्कै छैन । सामान्य भाषामा अर्थशास्त्र भन्नाले अर्थ ,बित्त क्रियाकलाप ,अर्थको श्रोत ,परिचालन देखि राज्य अर्थ व्यावस्थाको अवस्थिति सम्मको जानकारी दिने शास्त्र हो। विभिन्न काल खण्डमा विभिन्न विद्वानद्वारा आआफ्नै परिभाषाहरु प्रतिपादन भए जस्तै स्अर्थशास्त्र धनको बिज्ञान हो ,मानब कल्याणको शास्त्र हो र दुर्लभता रअभाबको सिद्दान्त जस्ता परिभाषित भए तर हामीले सरल भाषामा यसलाई समग्र अर्थ व्यवस्था सम्बन्धि व्याख्या ,विश्लेषण ,सूचना र आवस्यक अर्थ सम्बन्धि मार्ग नीति योजना निर्माणमा सघाउने विषय बिज्ञान हो ।
हाल अर्थतन्त्र सम्बन्धि चासो सबैलाइ परेको छ किन भन्दा बर्तमान समयमा भएको श्रीलंकाको अवस्थाले सो विषय प्रति सबैको ध्यानकर्षण भएको हो । बिदेशी मुद्राको संचितिमा ह्रास आउदा बाह्य मुलुकमा परेको निर्भरताले सो राष्ट्रमा आर्थिक संकटसंगै बस्तु तथा सेवाको मुल्यस्तरमा अप्रत्यासित वृद्धिले मुलुक संकट तर्फ धकिलिएको हो । यसै सन्दर्भमा हाम्रो देशको वर्तमान अर्थतन्त्र सटिकमा हेर्दा नेपाल राष्ट्र बैंकले आ.बा २०७८ र ७९ को सात महिनाको तथ्यांक आधारिति प्रमुख आर्थिक तथा बित्तिय परिसूचक ।
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.९७ प्रतिशत रहेकोछ ।
- आयात ४२.८ प्रतिशतले र निर्यात ८८.३ प्रतिशतले बढेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४।९ प्रतिशत र अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेको छ ।
- शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडलेघाटामा रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ ।
- संघीय सरकारको खर्च रु.५९१ अर्ब २ करोड र राजस्व परिचालन रु.६१३ अर्ब ४१ करोड रहेकोछ ।
- विस्तृत मुद्राप्रदाय २.८ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.५ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर २५.३ प्रतिशत रहेकोछ । श्रोत : नेपाल राष्ट्र बैक (NRB)
वर्तमान समयमा कसले कस्तो कार्यशैली अपनाउने:
१) सरकारको तर्फबाट : सरकारले आगामी दिनहरुमा प्राथमिकताको सुची राखी कस्ताकस्ता बस्तुहरु हामीले आयात गर्ने भन्ने किसिमको नीतिगत ब्यबस्था मिलाउनु पर्छ र सोहि बमोजिमकै राष्ट्रमै उत्पादन गर्ने सकिने बाताबरण निर्माण गर्नुपर्छ । उद्धोग ,कलकारखाना ,व्यवसायलाई व्यावस्थाको प्रोत्साहनमुलक व्यवस्था मिलाउनु पर्दछ। बैदेशिक लगानी भित्राउने बाताबरण र लगानीको सुरक्षा दिने विस्वाश प्र्तायाभुती दिलाउनु पर्छ। बार्षिक उत्पादन गर्ने लक्ष्य संगै निर्यात गर्ने भिजन राख्नु पर्छ। कृषि क्षेत्रबाट उत्पादनको अपेक्षा बढी राखिने हुदा बिगतमा गरिने कृषि प्रणालीलाइ आधुनुकिकरण तर्फ लाने र कृषक प्रोत्साहन मुकल कार्यक्रम योजना गर्ने। सरकारको तर्फबाट अन्य उपायहरु हुनसक्छन।
२) केन्द्रय बैंकको तर्फबाट: नेपालको केन्दियबैंक को जिम्मेवारी नेपाल राष्ट्र बैंकले पाएको छ। राष्ट्र बैंकले मुद्रा निष्काशन ,बिदेशी विनिमय दरनिर्धारण ,बैकिङ्ग कारोबार गर्न इजाजतपत्र दिने ,बैकिङ्ग क्षेत्रहरुको नियमन सुपरिवेक्षण मात्र नभई समग्र मुलुक बित्तिय स्थायित्त्व र अर्थतन्त्रको दिगो विकास हुने गरि उपयुक्त नीति नियम संगै बैकिङ्ग क्षेत्रहरुलाइ निर्देशन दिनु पर्दछ। कोभीड पछि थलिएको अर्थतन्त्र पुन गतिशील हुदा आक्रामक शैलीले बैंक तथा बित्तिय संस्थाहरुले कर्जा प्रबाह गरे निक्षेप संकलको दरमा कमि आयो र यो आर्थिक बर्षको दोश्रो चौमासिक सम्म आइपुग्दा तरलता समस्याको संकेत देखा पर्यो फलस्वरूप अहिले बैंक कर्जा प्रबाहमा पछि हटेका छन्।
कर्जा बिस्तार त् भयो तर त्यो कर्जा अनौपचारिक क्षेत्रहरुमा बढी प्रबाह भयो उत्पादन मुखी क्षेत्रहरुमा भएन जसले गर्दा पनि अर्थतन्त्रले सहि दिशा नपाएको मान सकिन्छ। आगामी दिनहरुमा राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरुलाइ कर्जा विस्तारको लागि प्राथमिकताका आधारमा निर्देशन दिने र अनौपचारिक क्षेत्र भन्दा उत्पादनमुखी क्षेत्रमा कर्जा प्रबाह गर्न सुझाब दिने । राष्ट्र बैंकले बिगतको भन्दा थप ब्यस्ब्था अन्तर्गत कर्जा उपयोग सम्बन्धि मासिक प्रतिबेदन पठाउन बैंक हरुलाइ निर्देशन दिने र बैंक तथा बित्तिय संस्था हरुले ऋणीहरुलाइ उपभोग गरेको कर्जाको मासिक प्रतिबेदन बुझाउन आग्रह गर्ने सो सम्बन्धमा नीतिगत ब्यस्ब्था मिलाउने जसले गर्दा कर्जा प्रयोजनामा पारदर्शिता देखिन्छ र कर्जा दुरुपयोग हुन बाट जोगिन्छ ।
पूजी बजारको नियामक निकायबाट : दिर्घकालिन बितिय स्रोत संकलन हुने र कारोबार हुने बजार हो वा यो धितोपत्र बजार हो जसमा सेयर ,ऋणपत्र ,सामुहिक लगानी योजनाका इकाईहरु र सरकारी धितोपत्रहरु कारोबार हुने गर्दछन। यस बजारको नियंत्रकको जिम्मेवारी नेपाल धितोपत्र बोर्डले पाएको छ। बोर्डले बस्तु विनिमय बजारको समेत जिम्मेवारी पाएको हुदा सर्बसाधारणहरुको पहुच यसमा न्यून रहेको पाइन्छ यसको लागि बोर्डले साक्षरता देखि लिएर प्रोत्साहनमुलक जनचेतना कार्यक्रम बेला बेला संचालन गर्नु पर्छ। वास्तबिक क्षेत्र लाइ समेट्न सरोकार पक्ष संग समन्वयन गर्नुपर्छ । प्राइभेट इकवटि ,भेन्चर क्यापिटल सम्बन्धि नीतिगत भएतापनि यसको प्रभाकारी कार्यान्वन नभएको पाइन्छ। सो तर्फ पनि बोर्डको ध्यान जानु पर्छ। सेयर बजारको कारोबारले प्रत्यक्ष प्रभाब अर्थतन्त्रमा पार्ने हुदा यसमा हुने अप्रत्यक्षित बिचलनको बय्बस्थापन र यसमा हुने भित्रि कारोबार नियन्त्र गर्न नेप्सेलाइ समेत निर्देशन दिनु पर्छ ।
सर्बसाधारणहरुबाट : मुलुकमा बिदेशी मुद्राको महत्त्व कति हुदो रहेछ भन्ने हाल हामीले प्रस्ट रुप श्रीलंकाको उदाहरण बाट पाएका छौ। पछिल्लो समय बाह्य विप्रेषण घटिरहेको राष्ट्र बैंकको तथ्यांकले बताउदछ। केहि रकम अनौपचारिक माध्यम बाट भित्रिने गरेको वा हुण्डी बाट भित्रने गरेको पाइएकोले यसले राष्ट्रको बिदेशी मुद्रा संचितिमा कुनै सम्बन्ध नराख्ने हुदा यो प्रक्रिया बाट हामीले आजै रोक्नु पर्छ। अर्को यस्तो अवस्थामा हामीले बाह्य मुलुकबाट भित्रने बस्तु तथा सेवाको माग कटौती गरि स्वदेशमा नै उत्पादन भएका बस्तु तथा सेवाको माग गर्नु पर्छ।
अन्त्यमा हामी अहिले श्रीलंकाकै अवस्था छैनौ तर पछि हुन नसक्ने पनि हैन माथिका उल्लेखित तथ्यहरुको कार्यान्वन बाट त्यो अवस्थामा जानबाट रोकिन्छ भन्ने अपेक्षा चाही हो। हामि संग अहिले ६ देखि ७ महिना आयात थेग्न सक्ने अवस्था छ त्यसैले हामि सबै यो बिषय प्रति चासो र संबेदनशील हुन् जरुरि छ। विपद आएर समाधान होइन बिपद आउन नदिनु नै बुद्दिमानी हो ।
(श्रीपाइलि हाल सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत छन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्