×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पातारासीका किसान आलुखेतीमा आकर्षित, स्वदेशमै आत्मनिर्भर बन्न सक्ने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पातारासीका किसान आलुखेतीमा आकर्षित, स्वदेशमै आत्मनिर्भर बन्न सक्ने विश्वास

Artha Sarokar

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खलङ्गा । जुम्लाको पातारासी गाउँपालीकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा भेटिन्छ लोर्पा गाउँ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी मकै, गहुँ, जौँ रोप्दा दुःख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् । घरखर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलु खेतीबाट हुने गरेको स्थानीयवासी धनवीर बोहोराले बताए ।

स्थानीयवासीले उत्पादन गरेको कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीय बासिन्दा बताउँछन् । विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषिखेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिए । खलङ्गा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीँबाट आयात हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।

बालविवाह रोकथाममा सक्रियता

यहाँको चन्दननाथ नगरपालिका बालविवाह रोक्नका लागि सक्रियताका साथ लागेको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको छ । चन्दननाथ नगरपालिका– ९ का वडाध्यक्ष मीनबहादुर डाँगीले बालविवाह दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । अब कानूनीरुपमा संयन्त्र निर्माण गरेर न्यूनीकरणमा सबै जुट्नुपर्ने बेला आएको छ । वडाध्यक्ष डाँगीले भने, “बालविवाह सामाजिक अपराध भएकाले अभिभावक सबैभन्दा बढी सचेत हुनुपर्छ ।” उमेर नपुग्दासम्म बिहेवारीको विषय उठान गर्न नहुने वडाध्यक्ष डाँगीले बताए ।

नगरपालिकाले बालविवाह रोक्न सचेतनाका कार्यक्रम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले बताए । आगामी दिनमा हरेक योजना निर्माणमा बालबालिकाको प्रत्यक्ष सहभागिता गराएर बालविवाहका बारेमा जानकारी गराउने नगरपालिकाले जनाएको छ । जिल्लाको हकमा सबैभन्दा बढी बालविवाह चन्दननाथ नगरपालिकामा भएको देखिएको छ । नगरपालिकामा १९० वटा बालविवाह भएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ । नगरभित्रका दशवटै वडाभित्रका बाल क्लबका पदाधिकारीलाई बालविवाह रोकथाम गर्नका लागि सचेतना फैलाउने कार्य चलिरहेको नगरपालिकाका महिला तथा बालबालिका शाखाले जनाएको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी