काठमाडौँ । भर्खर स्थानीय निर्बाचन समाप्ति सँगै देशमा महँगी आकासिएको छ। पेट्रोलियम पदार्थको मूल्य बृद्धिले आम मानिसलाई अब जिबिका चलाउन अझ मुश्किल पर्ने देखिन्छ। यही भनी रहँदा अहिले पर्बत कुस्मा नगरपालिका अन्तर्गत सडक बिस्तार सकि सकेको छ। तर यात्रुहरुलाई सडक बिस्तारले झन समस्या उत्पन्न गराएको छ।स्थानीय तहले बाटो चकलाउने, नाली बनाउने, बिधुतका पोल लगाउने गरे पनि यो अहिले बनाए अनुसार कार्यान्वयन हुन नसकेको पाइएको छ।
कुनै बेला कच्ची सडक वा हुलाकि मार्ग,पर्यटकीय पदमार्ग हुँदा पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक ,सास्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका कामका लागि पर्यटकको आगमन हुँदा यो क्षत्रमा बाटो बाटोमा बर पीपलका चौतरा, पाटी पौवा प्रशस्त देखिन्थ्यो। तर बिकास निर्माण सँगै यहाँ सडक फराकिलो हुँदैमा भने यात्रुहरु यातायातका साधन चढ्न टाढा टाढा बाट आउँछन् तर बस रोकने प्रतीक्षालय वा बस स्टेशन नहुदा अलपत्र पर्ने गरेका छन । कहिले चर्को घाम त कहिले मुसलाधारे पानीमा पनि यात्रुहरु बस कुर्दै यत्रतत्र घुम्दै डुल्दै बसको पछि पछि भागी रहेका हुन्छन्।
जसका कारण अन्य मार्ग हुँदै आउने साधनले गर्दा दुर्घटनामा पर्ने सम्भावना बढी छ। यसलाई हेर्ने निकाय को ? सडक,बाटो ,नाली वा बिधुतका पोल गाड्दैमा पूर्वाधारको बिकास त गरियो तर यसले के यात्रु, आम मानिसलाई सुबिधा पनि त दिएको छ त ! खै कस्ले यसको अनुगमन गर्ने ? सडक बनाउँदैमा काम सकियो भनेर मात्र के गर्ने ! सडक चाकलो छ, तर न त्यहाँ जेब्रा क्रस छ, न कुनै आकासे पुलनै !
नाली छ तर गतिलो निकास छैन,नालीमा राखिएको छपनी मिलाएर राखिएको छैन । खाल्डा खुल्डी छ,पानी पर्यो भने पनि नाली बाहिर बाट खोला बगे जस्तो सडक हुँदै बग्दै गर्छ त कतै पानी जम्छ । बिधुतका पोल जडान छ तर राति बत्ती बल्दैन। ठुला-ठुला बिजुलिका पोल वरिपरि बार लगाइएको छैन। जसका कारण बच्चाहरु खेलने बेला पोल छोएर दुर्घटना हुन सक्छ।स्कूल नजिकै छ बच्चाहरु ठुलो सड़क बाटो क्रस गर्न ५ मिनट कुर्नु पर्छ। बस रोक्ने स्थानमा प्रतीक्षालय छैन, सडकमै लाइन बस्नु पर्ने बाध्यता छ।यस्ता समस्याको हल कस्ले गर्नेरुतिब्र गतिमा आउने यातायातका साधनले धेरै पटक बिद्यार्थी र बुढापाकालाई प्रत्येक क्षण मृत्युको मुख बाट उमकन पर्ने अवस्था छ।आखिर यो कहिले सम्म त ?
बिदेस तिर आधुनिक प्रतीक्षालयहरु हुनुले जहाँ भित्रनै ए सी को सुबिधा,सीसी क्यामेरा ,नजिकै डस्टबिन हुनुले यात्रुलाई सुरक्षित यात्रा गराउन महसूस गराउछ।तर हाम्रोमा यात्रुहरु अलपत्र पर्ने,यातायातका साधन सडक छेउ राखी दिने,ब्यक्तिगत निर्माण सामग्री बाटोमा राखी दिने,सडक चाक्लो भए पनि यात्रु हिड्ने,अपांगमैत्री बाटो नहुनुले बाहिरको मुहार हेर्दा राम्रो देखिने तर भित्र ख़राब देखिएको छ। यसरी सर्बसाधारणमा पर्न गएको असहजतालाई ध्यान कहिले दिने र यसको जवाफदेहि अब को हुने बेलैमा ध्यान दिने हो की।