×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘परिपक्व पूँजीबजार सम्मेलन’ : कसले के भने ? (हेर्नुहोस् विस्तृतमा)

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताएका छन् । उनले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरु सबैसँग छलफल गरेर अध्ययन भइरहेको बताए । कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको बताए । बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागि रहेको बताएका छन् । सेयर बजारलाई परिपक्व बनाउन सेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उनको भनाई छ । उनले साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने बताए । रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको उनले बताए । कार्कीले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्न छिटै कार्यदल गठन गरेर अध्ययन अघि बढाउने तयारीमा नेप्से रहेको पनि बताए । हाल संचालनमा रहेको ओटिसी प्लाटफर्म समेत प्रारम्भिक चरण मै रहेको भन्दै कार्कीले सात लाखभन्दा बढी कम्पनीहरु रजिष्ट्रार कार्यालयमा दर्ता रहँदा २५२÷५४ कम्पनी मात्रै हाल ओटिसीमा आबद्ध भएको बताएका छन् । ओटिसी प्लाटफर्म पनि प्रभावकारी र प्रविधिमैत्री बनाएर जाने तयारीमा रहेको बताए ।

उनले भने, ‘अब हामी सेक्रिटि ट्रेनिङ मात्रै नभएर बजार विभिन्न औजारहरु लिएर मार्केटलाई नयाँ हिसाबले अगाडि बढाउनु जरुरी छ । एसएमई प्लेटर्फम जरुरी छ । त्यसको लागि कार्यदल बनाएर अगाडि बढाउने तयारीमा छौं । हाम्रो ओसिटी मार्केट प्रारम्भिक अवस्थामा छ । अहिले २५२ मात्रै ओटिसीमा दर्ता हुन आउनु भएको छ । ७ लाख भन्दा बढी कम्पनीहरु कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको अवस्था हो । त्यसलाई पनि प्रविधिमा आधारित अगाडि बढाउने कुरा मुख्य हो । परिपक्क पुँजीबजारको लागि वलिङ र्फम लगानीकर्ता हुन जरुरी छ । त्यसका लागि सचेतनाका कार्यक्रमहरु डिटिलल तथा मिडियाको माध्यमबाट बढाउनु पर्ने जरुरी छ । जति नै लगानीकर्ता शिक्षित भयो त्यति नै बजार परिपक्क हुन सहयोग हुन्छ । लगानी कर्ताले के किन्यो भन्दा पनि मैले के किने भन्ने लिष्टेट कम्पनीहरुको अध्ययन गर्ने बजार अध्ययन गर्ने परिपक्क पुँजीबजार हुन्छ । पुँजीबजार विकास गर्नको लागि अब नेप्से सिडिएस संगठित सवल हुन जरुरी छ। त्यसको पुर्नरसंचनाका कुरा विभिन्न फोरमहरुमा गर्ने गरेको छौं । त्यसलाई पनि अगाडि बढाउने नियमन निकाय अर्थमन्त्रालय सबैलाई भनिरहेका छौं । तपाईहरुको सहयोग पाउने आशा गरेको छु । रियल क्षेत्रका उद्योगीहरु पुँजीबजारमा आकर्षित हुनु भएन । विगतमा को विलडिङ कार्यविधि बनेको रहेछ तर कार्यान्वयमा आएको छैन । कार्यान्वयनको लागि नेप्से अगाडि बढेको छ ।’

यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐन बन्न सक्नु पर्ने बताएका हुन् । उनले सेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए । मिश्रले बजारमा ’टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनु पर्ने बताए । उहाँले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताए । बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने धारणा राखे । उनले पछिल्लो समय ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रा नभएको बताए । उनले भने,‘ नेपालमा पुँजीबजार सम्बन्धि जानकारी सबै जनताले जान्न जरुरी छ । ५१ लाखले मात्रै होइन । सक्रिय रुपमा शेयर कारोबार गर्ने लगानीकर्ताको सख्या वृद्धि गर्नु पर्छ। नेप्से प्रविधि मैत्री हुनुपर्छ । हामीले कति मात्रामा लुज गरिरहेका छौं । ४२ खर्बको पुँजीबजारबाट ३३ खर्बमा आयो ३३ खर्बबाट ३८ खर्बमा पुग्यो । नेप्सेमा क्षेत्रगत रुपमा सन्तुलन छैन । कुनै क्षेत्रमा ठूलो लगानी छ । त्यसमा धेरै कारोबार हुन्छ । एउटा इनडेक्स बढ्दा नेप्से माथि जानसक्छ अर्को ५० वटा कारोबार गर्दा पनि माथि जान सक्दैन । परिपक्क पुँजीबजारमा सम्मेलनलाई हाम्रो शुभकामना छ । पुँजीबजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको काम गरोस् । आर्थिक स्थितिको टेवा प्रदान गर्न सकोस् ।’

यसैगरी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने बताएका छन् । उनले श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रीपरिषद्बाट पास हुने वितिकै लागू गरिने बताए । अध्यक्ष हमालले पछिल्लो समय अत्याधिक रुपमा सेयर बजारमा उतारचढाव आउनु सबै क्षेत्रको लगानी सन्तुलन नहुनु भएको बताए । बजारमा ठूलो लगानी भएको क्षेत्र समावेश गराउने प्रयास भइरहेको उनको भनाई छ । सेयर बजारमा ठूला रियल क्षेत्रका कम्पनीलाई बुक विल्डिङ मार्फत ल्याइने अध्यक्ष हमालले बताए । रियल क्षेत्रका कम्पनीलाई सेयर बजारमा बुक विल्डिङ मार्फत बजारमा ल्याउन चुनौती रहेको उनको भनाई छ । उनले पछिल्लो समय बुक विल्डिङ सिस्टमका विषयमा गलत प्रचार भएकाले त्यसलाई पारदर्शिता बनाएर लानु पर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने,‘अहिले सेयर बजार उतारचढाव भइरहेको छ । बजार उतार चढाव हुनुको के के कारण छन् भन्दा के ले बजार उतार चढाव भइरहेको छ । जुन नहुनु पर्ने हो । एउटा सेक्टर ड्राइभिकेशन छैन । म बोर्डमा आएको ७६ दिन भयो । मेरो कार्यकाल सानो भएको हुनाले दिन काउण्ट गरिरहेको छु । मलाई उपलब्धि पनि त्यही अनुसार चाहिएको छ । नेप्सेमा ठूला उद्योगलाई ल्याउनु पर्छ । त्यसमा रियल क्षेत्रका कम्पनीहरुलाई बुक विलडिङ सिस्टमबाट एक दमै फियर, ट्रान्सप्यारेन्ट तरिकाबाट अगाडि बढाउनु पर्नेछ । त्यसमा धितोपत्र बोर्डले अभिभावको भूमिका खेल्छ र लिड गर्छ । पहिला जे भयो त्यसले बजारमा नराम्रो सन्देश दिएको छ । पुँजीबजारमा स्ट्यालिष्ट कम्पनीहरु प्रिमियममा आउँदा ठूला संस्थाले जनताले लाभ लिने नकारात्मक कुराहरु बजारमा प्रशस्त पाइन्छ । हामीले त्यसलाई चिर्नु पर्ने छ । बुक विल्डिङ सिस्टम छ त्यो एकदमै पारदर्शिता हुनुपर्छ । नकरात्मक कुरालाई सकारात्मक कुरामा बदल्न सकौं । रियल क्षेत्रका कम्पनी ल्याउन चुनौती हो । त्यसमा हामी चुक्नु हुँदैन । हामीले श्रमिकमा नेपाल सरकारको श्रम स्वीकृति लिएर गएका श्रमिकहरुलाई प्राइमरी शेयरमा कोटा निर्धारण गर्ने रेमिटेन्सलाई बैंकिङ च्यानलबाट ल्याउनलाई मोटिभेसन गर्ने विषय दुई महिना भित्रमा कार्यान्वय गछौं । यसको लागि नियमावली संशोधन तयार रहेको छ । योजना आयोग र अर्थ मन्त्रालयसँगको समन्वयमा प्रतिवेदन बनि सकेको छ । दुबै निकायसँग छलफल गरेर अगाडि बढाउन तयार छौं । नियावली मन्त्रीपरिषद्ले पास गरेपछि लागू गर्न अगाडि बढ्छौं । संसारभरी छरिएका नेपालीमुलका विभिन्न व्यवसायीहरुको लगानी योग्य रकमलाई पुँजीबजारको सेकेण्डरी मार्केटमा ट्रेडिङ गर्ने प्लेटर्फम बनाउन उचित व्यवस्था गर्ने छौं। यो काम तीन महिनामा गर्ने योजना छ । सरकारले निर्णय गरेको हप्तामा दुई दिन बिदा दिने कुरा सरकारी कर्मचारीलाई लागू गर्न समस्या देखिएको छ । नेप्से पनि तीन दिन बिदा हुँदा पुँजीबजारको लागि राम्रो होइन । जुन दिन निर्णय भएको थियो त्यो दिन देखि त्यस विषयमा होर्मक सूरु गरेका छौं । शुक्रबार पनि नेप्से खोल्ने भनेर नेप्सेलाई निर्देशन दिएका छौं । सरकारको निर्णय जेठ १ गते देखि लागू भए पश्चात नेप्से पाँच दिन खोल्ने तयारीमा छौं ।’

अध्यक्ष हमालले एनआरएनलाई पनि ३ महिना भित्रमा नेपाली सेयर बजारको सेकेण्डरी मार्केटमा लगानी गर्न दिने व्यवस्था गर्ने बताए । उनले नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय अनुसार सेयर मार्केट शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: