कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ का कमला डगौरा थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बनाउने सीप बूढापाकाबाट सिकेर नयाँ पुस्तालााई सिकाउनमा व्यस्त हुनुहुन्छ । सानै अवस्थामा घरका बज्यै, आमाबाट महिलाले लगाउने लेहङ्गा, चोली बनाउन उनीले सिकेका हुन् । पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको सीपलाई उनले आफूमा मात्रै सीमित राखेका छैनन् । उनले गाउँका युवतीलाई लेहङ्गा, चोलीलगायत बनाउन सिकाउनका लागि मद्दतसमेत पुर्याउँदै आएका छन् । युवतीलाई सीप सिकाउने कार्यमा महाकाली सामुदायिक वनले सहयोगसमेत गरेको छ । एक महिने निःशुल्क तालिम आयोजना गरी २० युवतीलाई लेहङ्गा, चोली बनाउने तालिम दिइएको उनले बताए । “यस कार्यका लागि सामुदायिक वनले सहयोग गरेको छ”, उनले भने, “तालिम लिएका अधिकांशले युवतीले सीपको सदुपयोग गर्दै व्यावसायिक रुपमा कार्य अगाडि बढाएका छन् ।”
उनका अनुसार पहिला आजभोलि जस्तो कपडा सिउने मेसिनको प्रचलन थिएनन् । त्यसैले सबै कपडा हातैले सियो धागोको मद्दले सिउने गरिन्थ्यो । एकै जोडी लेहङ्गा चोली बनाउन १० देखि १५ दिन लाग्ने गर्दथ्यो । त्यो कार्य फुर्सदको समय मात्रै हुने गर्दथ्यो । आजभोलि कपडा सिउनका लागि मेसिनको प्रयोग गरिन्छ । कपडा सिउनका लागि केही घण्टा मात्रै लाग्ने गरेको छ । लेहङ्गा चोलीमा बुट्टा भर्ने, सितारा राख्ने, लेस अर्सा राख्ने कार्यसँगै ड्राफ्ट तयार गर्ने कार्य सहजरुपमा हुने गरेको छ । “बुट्टा भर्ने र नयाँ डिजाइन तयार गर्ने कार्यका लागि युटयुवको सहायतासमेत लिने गरेका छौँ”, उनले भने, “आँखा सिपालु भए पछि सबै सिपालु हुन्छन् । देखेको कुरालाई दिमागमा राखेर अरुभन्दा नयाँ कार्य गरे । त्यसबाट बढी आम्दानी लिन सकिन्छ । परम्परागत पहिरनलाई जोगाउन सकिन्छनै । आम्दानी बढने भएकाले बेरोजगार भएर बस्नुपर्दैन ।”
लेहङ्गा चोली तयार गरी बेचेर उनले मासिकरुपमा रु. ४० हजार बढी आम्दानी गर्छन् । उनले तयार गरेका लेहङ्गा चोली कञ्चनपुर, कैलालीदेखि बाँके बर्दियासम्म बिक्री हुने गरेका छन् । एकजोर लेहङ्गा, चोली बनाउन दुईदेखि तीन दिनसम्म लाग्ने गरेको छ । एक जोडी तयार गर्नका लागि रु. तीन हजार जति खर्च लाग्ने गरेको छ । जसबाट रु. दुई हजार जति नाफा हुने गरेको अनिता देवी डगौरा बताउछन् । “लेहङ्गा चोली बनाउन आवश्यक कपडा, सितारालगायत भारतबाट मगाउनुपर्ने हुन्छ”, उनले भने, “त्यसैले एक जोर बनाउनै धेरै खर्च आउछ ।” लेहङ्गा, चोलीसँगै महिलाले लगाउने अन्य पहिरन पनि बनाउने भएकाले कमाइ पनि गतिलो नै हुने गरेको उनको भनाइ रहेको छ । “पहिला घर खर्चका लागि श्रीमानको मुख ताक्नुपर्ने बाध्यता थिए”, उनीले भने, “हाल श्रीमान् काममा नगएको बेला कमाइको केही रकम पकेट मनिका रुपमा हामीबाटै माग्नुहुन्छ ।
बेरोजगार हुँदा श्रीमानबाट रकम माग्थ्यौँ । हाल तालिम दिएर दक्ष भई काम गर्न थालेपछि श्रीमानलाई पैसा दिन थालेका छौँ ।” तीन वर्षदेखि कपडा सिउने कार्य गर्दै आएकी भावना चौधरी पनि लेहङ्गा, चोली सिउने कार्य गर्न थालेका छन् । वर्षमा उनले ३० जोर जति लेहङ्गा, चोली बनाउछन् । जसबाट उनले रु. ६० हजार जति आम्दानी गर्दै आएकी छिन् । “तालिम लिएर परम्परागत कपडा तयार गर्न सिकेपछि आम्दानी बढेको छ”, उनले भने, “घर खर्च सहजरुपमा चलेको छ । “लेहङ्गा, चोली बनाउने कार्य गर्न थालेपछि मासिक रुपमा रु. १० हजार आम्दानी हुन्छ”, जगमती राजवंशीले भने, “अरु कपडा सिउने कार्यले त्यो आम्दानी बढेर मासिक रुपमा रु. ३० हजार जति कमाइ हुने गरेको छ ।” लेहङ्गा, चोली बनाउने कार्यबाट गाउँका महिलाले गतिलो आम्दानी लिने कार्य गर्दै आएको जानकारी पाईएपछि आस्पती राजवंशीसमेत परम्परागत लेहङ्गा, चोली बनाउने सीप सिक्नमा लागेका छन् ।
“लेहंगामा बुट्टा भर्ने, ड्राफ्ट तयार गर्ने कार्य महाकाली सामुदायिक वनले दिएको तालिमका क्रममा सिकेको छु”, उनले भने, “सीपलाई निर्खानका लागि सीप सिकेका महिला कहाँ गएर सिक्न थालेको छु । यस कार्यका लागि घर परिवारको सहयोगसमेत पाईएको छ ।” वन पैदावारबाट आएको आम्दानीको केही हिस्ता खर्चेर महिलालाई परम्परागत पहिरन जोगाउनका लागि सीप सिकाउने कार्य गरिएको महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले बताए । “महिलाको नेतृत्व विकास, सशक्तीकरण, गरिबी निवारण गर्ने उद्देश्यसँगै रोजगारी सिर्जना गर्नका लागि परम्परागत सीपमा आधारित सीप महिलाहरुलाई सिकाइ व्यावसायिक बनाएका छौँ”, अध्यक्ष राजवंशीले भने, “जसबाट पुरानो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न सहज भएको छ । बजार प्रवद्र्धन गर्ने कार्य सामुदायिक वनका तर्फबाट गरिरहेका छौँ । थारु समुदायको संस्कृति जोगाउनसमेत मद्दत पुगेको छ ।” लेहङ्गा, चोली बनाउने सीपसँगै दुनाटपरी बनाउने, बेतबाँसका सामग्री बनाउने सीपसमेत सामुदायिक वनका उपभोक्तालाई दिइएको उनको भनाइ रहेको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्