×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तमोर कोरिडोर बन्ने, प्राथमिकतामा राखी आवश्यक रकमको व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तमोर कोरिडोर बन्ने, प्राथमिकतामा राखी आवश्यक रकमको व्यवस्था

Artha Sarokar

१७ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेका बजेटमा उक्त करिडोरका लागि प्राथमिकतामा राखी आवश्यक रकमको व्यवस्था गरिएको हो । चीन र भारतलाई जोड्न कोरिडोर नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा अहिले कोरिडोरको अन्तिम ट्रयाक खोल्ने काम भइरहेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए । चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लमो ट्रयाक चीनको निर्माण कम्पानीले दुई वर्ष अगाडिनै खोलिसकेको छ । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङचुङगोलाको मगावामा अहिले ट्रयाक खोल्ने काम भइरहेको छ ।

उत्तर दक्षिण लोक सडक आयोजनाका सूचना अधिकारी माधव पौडेलका अनुसार भारतको जोगवनीहुँदै कोरिडोरले १ नम्बर प्रदेशको राजधानी विराटनागर क्षेत्रबाट भारत र चीनसँग सडक सञ्जालनले जोड्ने जोडने भएको छ । सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर र ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर दूरी छ । तमोर कोरिडोर जम्मा २५४ किलोमिटर दूरीमा पर्दछ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । तीनसय चौध किलोमिटरले मित्रराष्ट्र भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने कोरिडोरका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको हो ।

धनकुटाको मूलघाटबाट खन्न सुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा अहिले ट्र्याक खोल्ने काम भइरहेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताए । तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएका थिए । सबै ब्लकको पहिलो ट्रयाक खुलाइएका थिए । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको गोलाङचुङगोको सुकेपानीदेखि गैरीपटीसम्मको दुई किलोमिटरको काम मात्र बाँकी रहेको सूचना अधिकारी पौडेलले बताए ।

करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझीटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्ने छ । यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको ओयोजनाले जनाएको छ । तमोर कोरिडोर वि.सं २०६५ मा सडक उपभोक्ता समिति गठन गरी निर्माण सुरु गरिएका थिए । वि.सं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको हो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको बताइएको छ । यो सडक निर्माण भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी