×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरज्यु लाई खुला पत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गभर्नरज्यु लाई खुला पत्र

Artha Sarokar

१० असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

मितीः २०७९/०३/०९

गभर्नर ज्यु लाई खुला पत्र

गभर्नर ज्यु
नमस्कार !

विषयः त्रुटि सच्चाउने या राजिनामा गर्ने संबन्धमा

आज भन्दा करिब चार वर्ष पहिला अर्थतन्त्रका अनुभवी भनिएका डा.युवराज खतिवडालाई उनले सेयर बजारका बारेमा चलेका र बोलेका कदम विरुद्ध यसै arthasarokar.com मार्फत पत्र लेखेको थिए । संयोग भनौ या नियती एमाले सरकारले चुनेको पुर्व गर्भनर भइसकेका अर्थमन्त्रीले सेयर बजार जस्तो अर्थतन्त्रको ऐनालाई बुझ्दै नबुझि अन्प्रोडक्टीभ सेक्टरमात्र भन्नु भएन यसको र्वद्धि विकासमा भाँजो हालिनैरहने काम गर्नु भएको थियो र त्यही एमाले सरकारले चुनेको र खतिवडाले गर्भनर बन्ने बाटो बुनेको तपाईबाट चाँही सेयर बजारको घाँटीनै रेट्ने काम भईराखेको छ । एक कुशल व्यवस्थापकले १/२ वर्षको मात्र शर्ट टर्म प्लान बनाउँदैन उसले ५/१० र २० वर्षका मास्टर प्लान बनाउँदछ र आफ्नो कार्यकाललाई स्र्वणीम अक्षरले लेखाउँदछ । तपाई त ५/६ महिनाको Visionary Plan पनि गर्न सक्नु भएन ।

जुनबेला प्रशस्त मात्रामा तरलता थियो त्यो बेला नै तपाईले योजना बनाउन सक्नुपर्थ्यो । यसरि कर्जा विस्तार गर्दा आजको जस्तो तरलता अभाव हुन सक्छ भन्ने कुरा त्यतीबेला बैंकहरुले भंगेरा अक्षरले विज्ञापन दिएर सेयर कर्जा तथा घर–जग्गा कर्जा लिन आउनु भनेर पत्रपत्रिका र टिभीमा विज्ञापन दिई-दिई ऋण दिएका थिए र यहाँहरुकै निकायबाट Approval  लिएर नै दिएका थिए होलान् नि हैनर ? आज तिनै बैंक यति छोटो समयमा ऋण त परै जाओस् अलि ठुलो चेक साट्न गयो भने पहिला किन, केको लागि जस्ता पाँच/सात थरि प्रश्न गर्छन् अनि अन्तमा सकभर रकम नझिकिदिन अनुनय–विनय गर्दछन् । यो सबै कसरी भयो एका-एक ? किनकि अर्थमन्त्रालय र राष्ट्र बैंकले बेलैमा होस् नपुर्याउनाले र पछि आएर Ego साध्नाले । राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई हरेक क्षेत्रमा लगानी गर्ने सिमा नीर्धारण गरेकै थियो र सोहि अनुसार बैंकहरुले पनि सोहि सिमा मह रहेर शेयर मार्केटमा लगानी गरेका थिए जसको कुल लगानी दियको सिमा भन्दा कम नै थियो । अनि पछि आएर कुन दुराशयक साथ ४/१२ को क्याप लगाउने दुस्साहस गर्नुभयो ? त्यतिले पुगेन भनेर सिसिडी रेसियोलाई सिडी रेसियोमा लैजाने व्यवस्था गरिदिनु भयो। यसका पछि तपाईले कोहि मन्त्री र पार्टीप्रतिको इगो ले हाम्रो लगानीमा बन्चरो प्रहर गर्नु भयो बुझ्नुभयो ?

हामीलाई प्रस्ट थाहा छ राष्ट्र्र बैकं एक स्वायत्त संस्था हो र तपाईलाई गरिएको कार्वाहिको हामिले पनि स्वस्पुर्त रुपमा गलत भनेका थियौँ र न्याय मुर्तिले सोहि कुरालाइ कार्यान्वयन गर्यो । तर यो भनेको त्यो होइन कि अब तपाँइले एक अर्थमन्त्री र आँफुलाइ नियुक्ती गर्ने बाहेकका दल प्रतिसोध स्वरुप करिब ५२ लाख लगानीकर्ताहरुको लगानीलाई बलीको बोका बनाइदिने । यसरि साँढेको जुधाई बाच्छाको मिचाइमा कृपया आम नागरिकलाइ नपारिदिनु होला । एक सामान्य नागरिक, व्यवस्थापन विषयको विद्यार्थी र वित्तीय क्षेत्रसँग दैनिक जिवीकोपार्जन गर्ने व्यत्ती भएका नाताले विभिन्न अर्थविद र अर्थशास्त्रीहरुको विचार पहिले देखिनै पढ्दै, सुन्दै र बुझ्दै आइराखेको छु । सेयर बजार घट्नु र बढ्नु यसको चक्र हो । यसमा हाम्रो कुनै आपत्ति होइन आपत्ति त यसमा मात्र हो कि सेयर बजारको पैसा विभिन्न चरणबाट उत्पादनशील क्षेत्रमा लगानी भईराखेको छ र यसको प्रतिफल विभिन्न तहका लगानीकर्ताहरुले लिईरहेका छन् अनि हरेक प्रतिफलमा राज्यलाई यति पारदर्शी तहले कर बुझाउने क्षेत्र सेयर बजार हो भन्ने कुरा बुझेर पनि बुझ पचाउने तपाईहरु, अनि यसको वृहतर हितका लागि नियमनकारी निकायामा आसिन धितोपत्र बोर्डका प्रमुख र अर्थतन्त्रको ज्ञान नभएका अर्थमन्त्री जस्ताको गिद्दे दृष्टी प्रति हो । यहाँलाई थाहानै होला कुनै बेला सेयर बजारलाई जुवाको घर भन्ने डा. बाबुराम भट्टराई आफ्नै पार्टी (घर) लाई जुवामा राख्दै छिन्न भिन्न हुनु भाछा र आफ्ना गल्ति सच्चाई सके । अनि अहिले उनकै पुत्री समेत आमलागानीकर्ताका प्रतिनिधि श्री तिलक कोइरालाज्यूले  जायज माग राखी गर्नुभएको आमरण अनसनमा  एक्यबद्धता जनाउन  अनसन  स्थलमै पुगी सकिन् । अनि तपाईकै गुरु खतिवडाले पनि यति छोटो समयमा एक तिहाइले share market  घट्नु भनेको चिन्ताको  विषय हो भनेर अन्तरवार्ता  दिन थाली सक्नुभयो । अब  तपाइको चेत चांही कहिले खुल्ने हो ? कि उहाँले भन्नु भएको पनि गोहीको आँसु हुन् भनेर बुझम हामीले। बजेट भाषण हुनुभन्दा पहिलानै परिवर्तित  निती चुहायरा  सिमित व्यापरीलाई पुन पक्षपोषण गरेको राजस्वका दरहरु बन्द कोठामा माफियाहरुले फेरबदल गरेका कुरा हामी निरीह भएर समचारमा पढेको छौ भने ४/१२ को नीति ल्याउनु पूर्वनै ठुला लगानीकर्ताहरुलाई सूचना बेचेर साना तथा मध्यम लगानीकर्तालाई ऋण लिन प्रोत्साहन गर्ने  मौद्रिक निती  ल्याई निहीत व्यक्तिको स्वार्थ अनुसार चलियोको भनेर  हामीले शंका किन नगर्ने ? अर्थमन्त्रीले लगानीकर्ताहरुको भेटमा सकारात्मक जनाए पनि  share market  लाई संस्थागत र मजबुद गराउन बजे मार्फत  धेरै कुरा गर्न सक्थे त्यो उनले पनि गरेको छैनन् । त्यसको हिसाब किताब त जनताले गरिराखेकै छन् । राजनीति पार्टी र सरकार भनेको त सधै ढुलमुले नै छन् या बाडीचुँडी कै छन् उनले त केवल भोटको राजनीति गर्छन् अब तिनले पनि कर्म अनुसारको फल भोग्दै आएका छन् । यदि दुरदृष्टि नेता तथा राजनैतिक दल भईदिएको भए स्वर्ग जस्तो प्यारो नेपालले बिकासमा कायापलट नै गरिसक्थ्यो । अब जनताले पार्टीको दस्ताबेजले काम गर्ने रहनेछ  नेतृत्वमा सहि व्यक्ति आयो भने एक व्यक्ति ले नै कायापलट गर्न सक्ने रहेछ भनेर श्री कुलमान ज्यु बाटनै थाहा पाइसके । गत  स्थानीय चुनावमा परम्परावादी सोचका व्यक्तिप्रति सेयर लगानीकर्ताहरुको No Vote Campign  ले धेरै काम गर्यो र चुनावमा युवा तथा स्वतन्त्र व्यक्तिहरुलाई जिताउन सहज भयो । तसर्थ तपाई पनि अरुलाई बिर्सिदिनस्  र बिग्रिएको अर्थतन्त्रलाई सबल बनाउने अर्को कुलमान बनि दिनुस् भन्ने हाम्रो  आग्रह हो र तपाईका  कारणले  तपाईलाई गभर्नर बनाउने पार्टी आगामी चुनावको शिकार नबनोस् यहि कामना ।  हामि त लोकतन्त्रमा विश्वास गर्ने र देशमा जति सक्दो राजनैतिक स्थिरता आओस् कुनै एक राम्रो पार्टीले पूर्ण बहुमत ल्याएर देशमा आर्थिक क्रान्ति गरोस् अनि “समृद्ध देश सुखी नेपाल” नरम मत्र हैना ब्यवहारमा नै गरौ भनि स्वदेशमा नै ऋण लिई लगानी गर्दै बसेका अनि स्वदेशलाई  remitance  पठाएर केहि पैसा जोगाई share  मा लगानी गरेका यहि देशक सन्तती हौ । यस्ता  लगानीकर्ताहरुलाई  अर्थमन्त्राल, धितोपत्र बोर्ड र राष्ट्र बैंकबाट मलजल गर्नुपर्ने बेलामा विरुवाको जरानैं  खलबलाउने काम जिम्मेवार कुनै पनि निकयाबाट नहोस् र बिगतमा पुरा गर्छौ भनि गरिएका प्रतिबद्धताहरु अविलम्ब पुरा गरुण भन्ने सन्देश  हो यो  share लगानीकर्ताहरुको आन्दोलन ।

देशको राष्ट्र बैंकको सर्वोच्च पदमा भएको व्यक्तिले सहि सुपरिवेक्षणको  सोच पुर्याउन नसक्दा या दुरदर्शी योजना बनाउन  नसक्दा हिजो गोर्खा विकास बैंक र किष्ट बैंकका लगानीकर्ताहरुको के हालत भयो थाहा नै होला । हो तपाईको ध्यान त्यता जानु पर्छ कि बैंकिङ  क्षेत्र दुर्घटनामा नजाओस भनेर । देशमा बिदेशी मुद्रा समिति कम भायो भन्नु हुन्छ। बैदेशिक रोजगारी कोरोनाले  थला पर्दा  lockdown को बेला पनि बैंकिङ क्षेत्रमार्फत remitance भित्रिने मात्रा बढी हुने तर कोरोना महामारी रोकिएर अर्थतन्त्र चलायमान  हुँदाखेरी भने ग्रैह  बैंकिङ क्षेत्रबाट रकम भित्रिनु र यसलाई नियमन तथा सरकारका अन्य निकयसँग समन्वय गरि निरुत्साहन  गर्न नसक्नु राष्ट्र बैंककै दुर्भाग्य हो। करिब ५२ लाख लगानीकर्ताहरुलाई भनेका सबै पुजीपति मात्र हैनन् बुझ्नुभयो ? यहाँ त ठेलागाडा  चलायर दैनिक बचत गर्ने श्रमिक, खाजा खर्च कटाएर सेयरमा लगानी गर्ने विद्यार्थी, गृहणी, वृदाभत्ता तथा पेन्सन बचाएर लगानी गर्ने जेष्ठ नागरिक अनि तपाईहरु जस्तालाई पालनाका लागि  ३६ प्रतिशतसम्म आयकर तिरेर बचेको पैसाले लगानी गर्ने दक्ष श्रमिक सबैको साझा बजार हो सेयर मार्केट । तसर्थ तपाई पनि कुनै हालिमुहाली गर्ने पल्केका स्वार्थी समुहका पछि नलागी एक असल अभिभावकको भुमिका निभाउनका लागि यहाँप्रतिको गहिरो माया र विश्वासका कारण बेलैमा राष्ट्र बैंकले परिर्वतन गरेको गलत कदमहरु फिर्ता लिई ठुला धनजनको क्षती हुन र त्यस कंलकको टिका ग्रहण नगरिदिनका लागि सम्पुर्ण सेयर लगाानीकर्ताहरुको तर्फबाट रोस प्रकट गरेको हो । यदि यसलाई हल्का रुपमा लिइएमा भोली हजारौ तिलक कोइरालाहरु आमरण अनसनमा बस्ने छन् र स्थिति नियन्त्रण बाहिर जान सक्छ । हो त्यसैले कृपया छातीमा हात राखेर समस्याको समाधानको उपाय निकाल्नु होला ।

राज्यको दुरदृष्टि भिजन भएको भए आज गाँउका खेत बाँझो रहने थिएनन् अनी उब्जनी नहुने ठाउँमा बेलैमा ठूला -ठूला  हाउजीङ बनाई व्यवस्थीत सहर बसाल्न सकेको भए आज उर्वर भूमि कित्ता काटी काटी सिमेन्ट तथा इट्टाको खण्डहर हुने थिएन र कृषि प्रधान देशमा द्यान्न र हरियो वन नेपालको धनलाई गिज्याउँदै आल्मोनियम र UPVC आयात गर्नुपर्ने थिएन त्यसैगरि आज अर्थतन्त्रको मेरुदण्ड सेयर बजारलाई Locally  रफ्तार र Globally  विस्तार गर्ने सके भोलीका दिनमा हङकङ र सिगाँपुरको जस्तो हाम्रो सेयर मार्केटले पनि उचाई लिनेछ तर राष्ट्र बैंक जस्तो सम्विधानतै  स्वतन्त्र र  स्वायत् निकाय पनि यसरि ढलमलायो भने  अर्थतन्त्रको  कलेजो-मुटुनै विर्गादछ र क्यान्सरको लक्षण देखिनु अगाबै त्यस्ता तत्वहरुलाई त्यहाँबाट निकालिनु पर्दछ । यसको मतलब कि तपाईले थालेका गलत कदमहरु तुरुत सच्चाउनु पर्दछ नत्र पदबाट राजिनामा दिई अर्थतन्त्रलाई क्यासर हुनबाट जोगाउनु पर्दछ ।

शंकर पाण्डे (मुक्त्ती)
[email protected]

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी