Skip to content
LAXMI SUNRISE BANK

चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा शुरु, प्रधानमन्त्री देउवाद्वारा उद्धघाटन

अर्थ सरोकार

काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा  शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धघाटन गरेका हुन् । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताएका हुन् । स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए ।

‘निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागित र सहकार्य विना सम्भवन हुँदैन, उनले भने, ‘निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई बन्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’ नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रर्दशनीले स्वदेशी उत्पादनको प्रर्वद्धनमा सहयोग पुर्याउने प्रधानमन्त्री देउवाले बताए । एउटै प्रर्दशनीमा धेरै किसिमका बस्तुहरु अवलोकन तथा खरिद बिक्री गर्न पाईने भएकाले उपभोक्ता तथा अवलोकन कर्तालाई प्रत्यक्ष फाईदा पुग्ने देउवाको भनाई थियो ।

मुलुकको उद्यमशिलता विकास तथा निर्यात प्रर्वद्धनका लागि सरकारले निजी क्षेत्रसँग सँधै हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएका थिए ।चेम्बर एक्स्पोले वस्तुहरुको बजारीकरण र उपभोक्ताबीचको रुचि र प्रवृत्तिलाई तालमेल पुर्याउन सक्नेमा समेत प्रधानमन्त्री देउवाले जोड दिए । यस्तै एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने र उद्यमी व्यवसायीलाई आफ्नो बस्तुको बजार बिस्तार गर्न सहयोग पुर्याउनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितीकाबीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाई थियो।

सन् २०१५ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको चेम्बर एक्स्पो कोभिड १९ महामारीका कारणले पछिल्ला केही वर्ष स्थगित गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘एक्स्पोलाई चेम्बरले अवदेखि नियमित वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने पनि निवेदन गर्दछु ।’ मुलुक भित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका ब्यापार मेला तथा प्रदर्शनीहरुले नवीनतम प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवम् बजारिकरण आदि आर्थिक तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले चेम्बर एक्स्पोहरुले स्वदेशी उद्यमी व्यवसायी एवम् आम उपभोक्ताहरुको लागि अत्यन्तै उपयोगी हुने अध्यक्ष मल्ललको भनाई थियो ।

मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवम् उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ । मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवम् जडिवुटी जन्य बस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवम् टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK