×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेबोनमा खटिएका प्रहरीकै पीडा -‘सेयरमा २० लाख घाटा भइसक्यो, ड्रेस खोलेर सेबोन मुर्दाबाद भन्न मन छ’

काठमाडौँ । धितोपत्र बोर्डले ५ बजे पत्रकार सम्मेलन गर्दैछ भन्ने सूचना कार्यालयमा आएपछि हामी पुग्यौं धितोपत्र बोर्ड । झरी रोकिएको थिएन । र त झरीमा रुझ्दै लगानीकर्ता धितोपत्र बोर्डले पत्रकार सम्मेलनमा के भन्छ भन्ने सुन्न पर्खाईमा थिए । तिलक कोइराला आमरण अनशनमै थिए । दिउँसो अस्पताल गएका उनी धेरै गलेका देखिन्थे ।

केहि समयपछि पत्रकार सम्मेलन सुरु भयो । बोर्डका अध्यक्ष हमालले आफ्ना कुरा राखे । तर उनले लगानीकर्ताका सबै मागहरु सम्बोधन गर्न नसकिने बताएपछि स्थिति केहि फरक बन्यो । लगानीकर्ताहरु थप रिसाए । त्यसपछि त केहि समयभित्रै आन्दोलनले चर्को रुप लियो । लगानीकर्ताहरु थप कराउन थाले । लगानीकर्ताको कुरा थियो -‘बोर्डका अध्यक्षले गतिलो सम्बोधन गरेनन् ।’
धितोपत्र बोर्डका अध्यक्ष हमाल भित्रै थुनिए । कर्मचारीहरु पनि बाहिर निस्किन पाएनन् । लगानीकर्ताहरु एकोहोरो रुपमा नारा लगाउँदै थिए । अवेरसम्म पनि यहि सिलसिला चलिरह्यो । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको ६:३० बजे अर्थ मन्त्रालयमा बैठक थियो । उनलाई बाहिर निस्किन असहज भएपछी प्रहरी परिचालन भयो । र अन्तत: बोर्डका अध्यक्ष मन्त्रालय हानिए र बोर्डका कर्मचारी यहि मौका छोपेर घर गए ।
प्रहरी परिचालन गरिएपछि लगानीकर्ताहरु थप आक्रोशित भए । भिडमा कसैले प्रहरीलाईसमेत गाली गर्यो ।’तपाईंहरुले हाम्रो पीडा कसरी बुझ्नुहुन्छ ? हाम्रो करोडौं सकिसक्यो। ‘भीडमा एक लगानीकर्ताको कुरा सुनेपछि तीनको कानमा तिनलाई केहि भनेजसरी एक प्रहरी बोले । यो सब दृश्य देखिरहेका केहिले प्रहरीले ती लगानीकर्तालाई भनेको कुरा सुने । स्थिति असहज हुनबाट रोकियो ।
हामीले पनि उनले भनेको कुरा सेयरसँग सम्बन्धित त छ भन्ने बुझ्यौं तर खास कुरा के हो भन्ने बुझेनौँ । त्यसपछि हामीले प्रहरीलाई सोध्यौं- ‘तपाईंको पनि सेयरमा लगानी छ ?’ त्यसपछि उनले पूरानै शैलीमा भने -‘ भन्न मात्र नमिलेको हो।  अहिले नै ड्रेस खोलेर सेबोन मुर्दाबाद भन्न मन छ । जागिरे तलवबाट जोगाएको रकम र घरपरिवारको चलाएको २० लाख रुपैयाँ सेयरमा घाटा भईसक्यो । तर के गर्नु जागिर नै यस्तै छ ।’ उनको कुरा सुनेपछि हामी थप उत्सुक भएर उनलाई उनको सेयर अनुभवबारे सोध्यौं । तर उनी थप बोल्न चाहेनन् ।
‘थुप्रै निजामति कर्मचारी सेयर बजारमा, आर्मी, पुलिस, सशस्त्र धेरै बजारमा
यसो त सेयर बजारमा निजामति कर्मचारीको संख्या निकै ठुलो छ । यो बजारमा लागेकाहरु यति सम्म छन् कि, केहि समय अगाडी कर्मचारीले धेरै टिएमएस खोले भनेर सिंहदरबारभित्र टिएमएस नै नखुल्ने व्यवस्था गरिएको थियो । नेपाल प्रहरीका धेरै जवानहरु सेयर बजारमा छन् । अझ सेनामा यो संख्या अझ ठुलो छ । तर धेरै सुरक्षाकर्मीहरु सेयर बजारबारे यसकारण पनि खुल्दैनन् कि उनीहरुलाई बर्दी लगाएर बोल्ने छुट छैन।’ ती प्रहरी यसो भनेर मोडिए।
तस्विर : सांकेतिक                       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: