काठमाडौं । नेपाल राष्ट्र बैंकका उप निर्देशक डा. रमेश चौलागाईंले सहकारीमा जोखिम व्यवस्थापन अपरिहार्य भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको साकोस शिखर गोष्ठीको दोस्रो दिन ‘सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चौलागाईले पछिल्लो समय सदस्यले बचत फिर्ता नपाएको जस्ता घटनाहरु बढेको बताए। यी घटना जोखिम व्यवस्थापन गर्न नसकेर भएको उल्लेख गर्दै उनले अब सहकारीमा जोखिम व्यवस्थापनका लागि काम गर्नु पर्ने बताएका थिए ।
‘मनी बिजनेश अर्थात कर्जा र निक्षेपमा बढी जोखिम हुन्छ । जोखिमकै कारण आम्दानी घट्ने, लागत बढ्ने हुन्छ । रिक्स र रिटर्न एक सिक्काका दुई पाटा हुन् । यसमा सहकारी सर्तक हुनुपर्छ,’ उनले कार्यपत्र प्रस्तुत गर्दै भने। उनका अनुसार सहकारीले सुरुमा जोखिम पहिचान, जोखिम विश्लेषण, जोखिम व्यवस्थापन, जोखिम कम तथा रिक्स सेयर र पोर्टफोलियो म्यानेजमेन्ट लगायतका काम गरेर जोखिम न्यूनीकरण गर्नु पर्ने धारणा राखेका थिए । उनले सहकारीमा कमजोर नियमन भएकोले त्यसतर्फ पनि काम गर्नु पर्ने धारणा राखेका हुन्। तरलताको अभाव पनि जोखिमको कारण भएको बताउँदै उनले कानुनले तोकेको निर्देशन मेन्टेन गर्न सकिएन भने तरलताको समस्या सिर्जना हुने बताए । उनका अनुसार सहकारीमा पारदर्शिताको अभाव छ ।
‘सहकारीमा वित्तीय अनुशासन अवस्था कमजोर छ । सदस्यको संस्थाप्रति पहुँच अभाव छ । व्यवसायिकताको कमी, नीतिगत अभाव लगायतका समस्या छन् । वित्तीय कारोबारमा ध्यान नदिँदा पनि समस्या भएको छ ।’, उनले भने। कार्यक्रममा पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक डा. रविन्द्र घिमिरेले टीप्पणी र कासिराज दाहाल अध्यक्षता गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्