काठमाडौं । ब्रोकर कम्पनीहरुले छुट्टै कारोबार व्यवस्थापन प्रणाली टीएमएस सञ्चालन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गरेपछि टीएमएस सञ्चालन गर्न सक्ने भएका हुन् । विनियमावली कार्यान्वयमा आएपछि ब्रोकर कम्पनी आफैले योग्य कम्पनीबाट टीएमएस ल्याउन सक्नेभएका छन् ।
बोर्डले अनलाइन तथा अफलाइन मार्फत धितोपत्रको कारोबार गर्नका लागि नेप्सेले विकास गरेको वा कारोबार सदस्य ब्रोकरले विकास वा खरिद गरी प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली टिएमएसलाई व्यवस्थित तरिकाले संचालन गर्न धितोपत्र कारोबार संचालन तेस्रो संशोधन विनियमावली २०७९ को विनिमय ३९ उपविनिमय १ ग बमोजिम नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नयाँ कार्यविधि बनाई लागू गरेको छ । आफ्नै टीएमएस सञ्चालनका लागि ब्रोकर कम्पनीले अब नेप्सेको प्रणालीसँग जडान गर्न धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९ बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ ।
यो कार्यविधि लागू हुँदाका बखत नेप्सेको टीएमएस प्रयोग गरिरहेका कारोबार सदस्य ब्रोकरले यो कार्यविधि लागू भएको ३० दिनभित्र विनियमावलीमा तोकिएकोबमोजिम दस्तुरसहित निवेदन दिनुपर्नेछ। कारोबार सदस्यले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास र खरिद परियोजनाको विस्तृत विवरण पेस गर्नुपर्नेछ। उनीहरुले सफ्टवेयरको प्राविधिक तथा सुरक्षा विशेषताहरुबारे नेप्सेमा तोकिएको दिनमा प्रस्तुतीकरण गर्नुपर्नेछ। कारोबार सदस्यले पेस गरेको पेस गरेको सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा सोसम्बन्धी विवरण नेप्सेले ३० दिनभित्र निरीक्षण तथा चेकजाँच गर्नेछ र आवश्यक परेको खण्डमा अन्य विवरणहरु पनि माग गर्न सक्नेछ।
नेप्सेले एक कारोबार सदस्यका लागि प्रदान गरिएको एपीआई अर्को सदस्यले प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। कम्तीमा एक महिनाको परीक्षणपश्चात प्रणालीमा कुनै समस्या नदेखिएमा उक्त प्रणाली नियमित सञ्चालनको अनुमति दिइने नेप्सेले जनाएको छ। नेप्सेले उपयुक्त देखेमा कारोबार सदस्यलाई एक महिनाभित्र प्रणाली खरिद वा विकास गर्न सैद्धान्तिक सहमतिका साथै प्रणाली जडानसम्बन्धी एपीआई डकुमेन्ट प्रदान गर्नेछ। कारोबार सदस्य र प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीचको सम्झौता गरी नेप्सेलाई जानकारी गराउनुपर्नेछ। सम्झौतामा कारोबार प्रणालीको स्पेसिफिकेसन, वार्षिक मर्मत सम्झौता, बिजनेस कन्टिन्युटी प्लान, ट्रबल सुटिङलगायत प्राविधिक सुरक्षासम्बन्धी विषय समावेश हुनुपर्नेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्