काठमाडौँ । नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले शुक्रबार एक समारोह गर्दै ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक शुभारम्भ गरेको हो । आरएमसी समुहका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालका अनुसार, ‘ हामीले परीक्षणको रुपमा भारतको गोरखपुरमा तीन ट्रक सिमेन्ट निकासी गरेका छौँ । सरकारको निति कुरेर बसेनौ सरकारको छुट आँउदै गर्छ । निकासी शुरु गरेर विदेशी संचिति बढाउँ भन्नेतर्फ लाग्यौं ।’ यो उद्योगले १५ दिन अघि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) पाएको थियो । आरएमसी समुहको विरगंजमा रहेको आरएमसी सिमेन्टले चार वर्ष अघि भारतमा केही ट्रक सिमेन्ट निकासी गरेको थियो ।
सिमेन्टमा ९० प्रतिशत भन्दा बढी मूल्य अभिवृद्धि हुने भएकोले निकासी बाट पनि अधिकतम लाभ हुन्छ । सरकारले बजेटमार्फत सिमेन्ट निकासीमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेपछि विभिन्न उद्योगले भारतिय बजार हेरिरहेका थिए । अरु उद्योगले अध्ययन गरिरहेका बेला पाल्पाले भने निकासी गरेर बाटो खोलेको हो । हाल नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग संचालनमा छन् । तिमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ । सरकारले २०७२ को भुकम्पपछि पुननिर्माणको कामलाई तिब्रता दिने क्रममा विभिन्न भौतिक संरचना पूननिर्माण गर्ने गतिसँगै सिमेन्ट उद्योगहरुले आफ्नो क्षमता बढाएर मागको बृद्धिलाई सम्बोधन गर्ने कोशिस गरेका थिए ।
बजारमा एकातिर नयाँ लगानीकर्ता आए भने अर्कोतिर उद्योगले आफ्नो क्षमता बढाए तर पूननिर्माणको काम सकिएपछि ठूला आयोजनाले गति लिन नसकेको र चलिरहेको आयोजना पनि सुस्त हुनुको साथै निजि उपयोगमा पनि कमि आएपछि सिमेन्ट उत्पादकहरु निरन्तर घाटामा परेर आफ्नो औधोगिक अस्तित्व खतरामा परिरहेको अवस्थामा नेपालको सिमेन्ट दिर्घकालीन अर्थतन्त्रलाई फाईदा पुर्याउने गरी उत्पादन होस् भन्ने चाहान्छन् उद्योगी । करिब पाँच वर्ष पहिला स्थापित पाल्पा सिमेन्ट ३ वर्ष अघिदेखि आफ्नो उत्पादन शुरु गरेको हो । उत्पादन शुरु गरेर बजारमा जानासाथ विश्वब्यापी कोरोनाको लहरले समग्र अर्थतन्त्र नै सुस्त रहेको अवस्थामा पाल्पा जिल्लाको माथगढी ७ रहबासमा आफ्नै चुनढुङ्गा खानी रहेको यस उद्योगले हरेक समस्याका बाबजुद गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै बजारमा उल्लेख्य उपस्थिति राख्न सफल भयो ।
विभिन्न समस्या जस्तै विद्युत, कच्चा पदार्थ, अल्पकालिन नितिनियम, आर्थिक, दक्ष प्रबिधिको अभाव अप्रत्यक्ष कर र रोयल्टी, उच्च उत्पादन लागत आदिका बाबजुद नेपाली सिमेन्टले आफ्नै देशको चुनढुङ्गा प्रयोग गरेर गुणस्तरमा रत्तिभर सम्झौता नगरी जुन किसिमले निर्यात अवस्थामा आएको छ , यसले केवल नेपाली सिमेन्ट मात्र नभई समग्र अर्थनन्त्रलाई नै क्रियासिल बनाउदै नेपाली उत्पादन पनि अन्तराट्रिय बजारमा निर्यातयोग्य छन् भन्ने सन्देस जान्छ यसैगरी सिमेन्टको सम्भाब्यतालाई मात्रै पनि सदुपयोग गरीयो भने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्न रोजगारी सृजना गर्न र विकासलाई गति दिन एवम् निर्यातयोग्य वस्तुहरुको लामो खडेरी अन्त्य गर्न सक्छ भन्ने यस कम्पनीको विश्वास रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्