×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले मुद्दती निक्षेपमा १८ प्रतिशत ब्याज दिन थाल्यो, कल एकाउन्टमै एनसीसीको ब्याज १५ प्रतिशत !

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत मुद्दती निक्षेपमा १८ प्रतिशत ब्याज दिएको पाइएको छ । सिडि रेसियो नियामकीय निर्देशनविपरित जाने भएपछि त्यसलाई व्यवस्थापन गर्न बैंकले यस्तो महँगो ब्याजमा डिपोजिट लिएको हो । अर्थ सरोकारलाई प्राप्त नेपाल विवरणअनुसार नेपाल विद्युत प्राधिकारणको ७५ लाख डलर अर्थात झण्डै १ अर्व नेपाली रुपैयाँलाई बैंकले १८ प्रतिशत ब्याज तिरेर लिएको हो । यो ब्याज संस्थागत मुद्दती निक्षेपमा कुनै पनि बैंकले दिएको अहिलेसम्मकै उच्च ब्याज हो ।

मुद्दतीमा १८ प्रतिशत, कल एकाउन्टमै १५ प्रतिशतसम्म ब्याज !
प्राधिकरणको सो डिपोजिटका लागि कुल २३ बैंकले बिड गरेका थिए । जसमा राष्ट्रिय बाणिज्य बैंकले मुद्दती निक्षेपमा ५ प्रतिशत, हिमालयन बैंकले १२ प्रतिशत, एनआईसी एशिया बैंकले ६ प्रतिशत, कृषि बिकास बैंकले २ प्रतिशत, नेपाल बैंकले ३ प्रतिशत, प्रभु बैंकले ५. प्रतिशत, माछापुच्छ्रे बैंकले ११. प्रतिशत, सिभिल बैंकले ८ प्रतिशत, लक्ष्मी बैंकले ७. प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले १४ प्रतिशत, मेगा बैंकले ३ प्रतिशत, नेपाल एसबिआई बैंकले ५ प्रतिशत, कुमारीले ९ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकले २ प्रतिश, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १५ प्रतिशत एनसीसी बैंकले १५ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत, ग्लोबल आइएमइ बैंकले १३ प्रतिशत, सिद्धार्थ बैंकले १० प्रतिशत र सनराइज बैंकले १० प्रतिशत ब्याज दिनेगरी बिड भएको थियो । तर अहिलेसम्मकै उच्च ब्याज दिएर सेञ्चुरी कमर्सियल बैंकले सो डिपोजिट लिएको हो ।

यसो त मुद्दती खातामा मात्र होइन, कल एकाउन्टमै दिइने ब्याज पनि सार्है महँगो देखिएको छ । सोहि डिपोजिट कल एकाउन्टमा राख्दा एनसीसी बैंकले १५. प्रतिशतसम्म ब्याज दिन्छु भनेको छ। जवकि स्ट्याण्डर्ड चार्टड बैंकले सो डिपोजिटलाई कल एकाउन्टमा १ प्रतिशतभन्दा बढी ब्याज दिन नसकिने उल्लेख गरेको छ । अहिले राष्ट्र बैंकले कल एकाउन्टको रकम पनि डिपोजिटमै गणना गर्न दिने हुनाले पनि बैंकहरु महँगो मूल्यमा पैसा लगानी गर्न इच्छुक देखिएका हुन् ।

बैंकहरुकै मिस्रित प्रतिक्रिया, के भन्छ सेञ्चुरी ?
यता सेञ्चुरी कमर्सियल बैंकले १८ प्रतिशतसम्म ब्याज दिएर प्राधिकरणको डिपोजिट लिएको प्रसङ्गबारे विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतले फरक-फरक तर्क गरेका छन् । नेपालको जस्तो बजारमा १८ प्रतिशत ब्याज दिनु गलत भएको तर्क सो बिडिङमा कम ब्याज बिड गरेका एक सीइओको तर्क छ । ‘१८ प्रतिशत त हदै भयो नि । गाउँघरमा डेढ रुपैयाँ ब्याजमा पैसा चलाएजसरी बैंक चल्छ ? यसले हाम्रो बैंकिङलाई कहाँ लैजाँदै छ ? डिपोजिट लिनलाई जति पनि ब्याज तिर्नुपर्ने भएपछि त हाम्रो सिष्टम कता जाँदैछ ? यो सार्है गलत भयो ।’ ती सीइओ भन्छन्, ‘केहि बैंकले बिड गरेकोजस्तो २-३ प्रतिशत त होइन, तर १८ प्रतिशत ब्याज त हदभन्दा पनि माथि भयो ।’ उनका अनुसार अहिले बिदेशी मुद्राको हकमा कतिसम्म ब्याज दिने भन्ने नियम छैन । ‘स्वदेसी पैसाको हकमा बचत खातामा दिइएको न्युनतम ब्याज र मुद्दतीमा दिइने अधिकतम ब्याजको ग्याप तोकिएको छ । यसकारण बैंकहरु यसरी १८ प्रतिशतसम्म जान सक्दैनन् । तर बिदेशी मुद्राको हकमा त्यस्तो व्यवस्था नभएकाले बैंकले यतिसम्म हद गर्न थाले । यस्तै हो भने बिदेशी मुद्रामा पनि त्यस्तै सिमा तोकिन सक्छ ।’

यता अर्का एक बाणिज्य बैंकका सीइओ भने सेञ्चुरीले १८ प्रतिशत ब्याज दिएको कुरा कुनै नौलो कुरा नभएको तर्क गर्छन् । ‘मर्ता तो क्या नहीं कर्ता भनेजस्तै हो । उसले २० प्रतिशत ब्याज दिएर पनि लिनुपर्ने अवस्था आएपछि के गरोस् त ? अर्थ सरोकारसँग कुराकानी गर्दै ती सीइओले भने-‘फेरी यस्तो पनि हो । सबै डिपोजिट १८ प्रतिशतमा लिएको पनि त होइन । कहिलेकाहीं १५० रुपैयाँको चिनी र १५०० को खुवा सँगै मिसायो भने बेचिने खुवाको आफ्नो खर्च नै १५०० रुपियाँ पर्यो भन्ने पनि त होइन नि । यो डिपोजिटको खेला पनि त्यस्तै हो ।’ यद्यपी यसरी १८ प्रतिशत ब्याज दिने कामलाई प्रोत्साहन भने दिन नहुने उनको तर्क छ । ‘यसले नेपाली बैंकिङलाई मात्र होइन, समग्र सिष्टमलाई असर गर्छ । अर्थतन्त्रलाई असर गर्छ । त्यसैले यो नगरे राम्रो भन्नेचाहिं हो । तर अहिलेको अवस्थामा सेञ्चुरीले गरेको कामचाहिं स्वाभाविक हो ।’

यता सेञ्चुरी कमर्सियल बैंककै सीइओ भने यसलाई बाध्यता भन्छन् । ‘यो एक खालको बाध्यता पनि हो । बजार अनुसार चल्नुपनि पर्यो । राष्ट्र बैंकको निर्देशन अनुसार सीडीको व्यवस्थापन पनि हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै गर्दै सीइओ मनोज न्यौपानेले भने-‘अहिलेको स्थिति नै यस्तै छ, के गर्ने ?’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: