×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन बैंकिङमा पनि नम्बर १ एनआईसी एशिया, डिजिटल बैंकिङमा ‘लिडर’ बन्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अनलाइन बैंकिङमा पनि नम्बर १ एनआईसी एशिया, डिजिटल बैंकिङमा ‘लिडर’ बन्दै !

Artha Sarokar

१० श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । कुनै समय विदेशबाट कसैले पैसा पठायो भने चेकबुक लिएर ‘पैसा आयो ?’ भन्दै बैंकसम्म धाउनेहरु प्रशस्त भेटिन्थे । ‘ब्यालेन्स चेक’ गर्न मात्र होईन, कसैलाई पैसा पठाउनकै लागि पनि बैंकमा लामै लाईनमा बस्नुपर्ने स्थिति हिजोमात्र होईन आजपनि देशका विभिन्न बैंकमा छ । यसो त अहिले प्राय: सबै बैंकहरुले आफ्नो सेवालाई ‘डिजिटलाईज’ गरेका छन् । एनआईसी एशिया बैंकले भने अनलाईन बैंकिङमामात्र होइन समग्र डिजिटलाईजेसनमा पनि आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।
‘ब्यालेन्स’ चेक गर्न होस् वा रकम ‘ट्रान्सफर’। नयाँ चेकको आवेदन दिन होस् वा ‘बैंक स्टेटमेन्ट’ चेक गर्न । सबै काम अनलाइनबाटै सजिलै गर्न सकिने भएपछि अहिले एनआईसी एशिया बैंकको अनलाइन सिष्टम प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समय बैंकको अनलाइन सिष्टम प्रयोगकर्ताको संख्या मात्रै बढेको छैन बरु यसलाई ‘साथी’का रुपमा स्वीकार गर्नेहरु धेरै छन् । आखिर घरमै बसीबसी सबैथोक गर्न मिल्ने भएपछि बैंकसम्म धाउने रहर कसलाई हुन्छ र ?
‘सुरुसुरुमा मलाई बैकिंङ सिष्टमको बारेमा थाहा नै थिएन। ‘इण्डिया’बाट बुवाले पैसा पठाउनुभयो तर मसँग भएको एनआइसी एशिया बैंकको चेक सक्किएको थियो । चेक बनाउनका लागि आवेदन दिनुपर्यो भन्दै डेढ घण्टाको यात्रा गरेर बैंकसम्म पुगेँ । तर त्यहाँ पुगेपछि थाहा भयो आवेदन त अनलाइन सिष्टमबाट पनि दिन सकिने रहेछ।’ बैंकका धनगढीका एक ग्राहकले अर्थ सरोकारसँग भने, ‘अहिले म बैंकको सबै काम अनलाइनबाटै गर्छु। सामान्यदेखि विशेष कामका लागि पनि मलाई बैंकसम्म पुग्नुपर्दैन । अझ बैंकको ‘आईसर्भ’ले त झनै सजिलो बनाइदिएको छ ।’
नगद जम्मा गर्ने मेसिन आयो, ग्राहकलाई थप सहजता !
बैंकमा पुग्ने अधिकांश ग्राहकलाई एउटै कुराको चिन्ता हुन्छ, ‘मेरो पालो कतिबेला आउँछ ?’ रकम डिपोजिट गर्न होस् वा निकाल्न बैंकसम्म पुगेपछि दिक्कलाग्दो लाईनमा बस्नैपर्छ । यसो त अहिले अधिकांश बैंकहरुले झन्झटिलो लाईन बस्नुपर्ने बाध्यतालाई कटौती गर्दै ‘टोकन सिष्टम’ लाई प्रयोगमा ल्याएका छन् । र पनि पालो त कुर्नैपर्छ । तर सो बाध्यता पनि हट्ने गरी एनआईसी एशिया बैंकले नगद जम्मा गर्ने ‘क्यास रिसाईक्लर’ मेसिन ल्याएको छ ।
बैंकले ल्याएको उक्त ‘क्यास रिसाईक्लर’ मेसिनबाट अब ग्राहकले सहजै रुपमा नगद जम्मा गर्न सक्नेछन् । पैसा निकाल्नका लागि ‘एटिएम’को प्रयोग गरी सहजै रुपमा नगद निकालेजस्तै अब नगद जम्मा गर्दापनि त्यसैगरी जम्मा गर्न सकिनेछ । कुनै भौतिक फारम बिना ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम आफ्नो बैंक खातामा जम्मा गर्न सक्नेछन् । सो मेसिनबाट रु. १,००० र रु. ५०० दरका नोटहरू मात्र जम्मा गर्न सकिनेछ । सोही अनुसार ग्राहकले दैनिक अधिकतम ९९,५०० सम्म नगद जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । ‘क्यास रिसाईक्लर’ मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने-राख्ने बक्स खुल्नेछ । उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्कालै रकम जम्मा हुनेछ । र सो वापतको जानकारी एसएमएस वा रिसिप्टबाट प्राप्त गर्न सकिनेछ ।
गाउँगाउँमा मोबाइल बैंकिङसम्बन्धि सचेतना बाँड्दै एनआईसी एशिया
पछिल्लो समय देश बैकिङ संसारमा प्रवेश गरेसँगै गाउँगाउँमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति बाक्लो छ । मुलुकका बिकटदेखी सुगम क्षेत्रमा बैंकिङ पहुँच पुगेको भएपनि अधिकांश ग्रामिण क्षेत्रहरुमा धेरैले बैंकिङ सेवालाई बैंकमै पुगेर भौतिक उपस्थितिमा ग्रहण गर्ने गर्छन । अर्थात, अधिकांश ग्रामिण क्षेत्रमा ‘मोबाइल बैंकिङ’, ‘ई–कारोबार’ तथा ‘अनलाइन सिष्टम’का बारेमा धेरैलाई थाहा नै छैन । तर अहिलेको ‘मोर्डन युग’मा मोबाइल बैंकिङ अपरिहार्य आवश्यकता जस्तै बनेको छ । सोही आवश्यकतालाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले गाउँगाउँमा मोबाइल बैकिङसम्बन्धि सचेतनना बाँड्दै आएको छ ।
गाउँगाउँमा मोबाइल बैंकिङसम्बन्धि सचेतना प्रवाह गरेसँगै सो सेवा प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको बैंकको दाबी छ । ‘अहिले ग्रामिण क्षेत्रका सेवाग्राहीहरुपनि मोबाइल बैंकिङ सेवा सुरु गरिदिनुपर्यो भन्दै बैंकमै पुग्छन्। एकताका त बैंकमा अरु कामभन्दा पनि मोबाइल बैंकिङ सुचारु गराउने ग्राहकको भिड बढी हुन्थ्यो’, बैंकका एक कर्मचारीले भने, ‘आजभोली सामान्य कामका लागि नागरिक बैंक आउनै छाडिसके। दुईचार हजारको कारोबारका लागि पनि बैंक आउने ग्राहक अहिले लाखौँको कारोबारपनि मोबाइल बैंकिङबाटै गर्न सक्ने भएका छन्।’
बैंकको वेवसाइट नै सूचनाको सागर, जे खोज्यो, त्यही फ्याट्टै भेटिन्छ
कुनैपनि व्यक्ति, संस्था वा कम्पनिको सूचना लिनुपरे सबैभन्दा पहिलो र सजिलो ‘अप्सन’ वेवसाइट हो । अहिलेपनि केही बैंक वा संस्थाका वेवसाइट यस्ता छन्, जहाँ अध्यक्षकै नाम समेत भेट्न मुस्किल पर्छ । तर एनआईसी एशिया बैंकको वेवसाइट सूचनाको सागरका रुपमा स्थापित भएको छ । बैंकसम्बन्धी सामान्य जानकारीदेखी अधिक सूचनासमेत बैंकको वेवसाइटमा भेट्न सकिन्छ । यतिमात्र होईन बैंकका नयाँ ‘प्रोडक्ट’, सेवा लगायत बैंकसँग सम्बन्धित कुनैपनि जानकारीका लागि एनआईसी एशिया बैंकको वेवसाइट खोले काफी हुन्छ । त्यसैले पनि बैंकका सेवाग्राहीहरु एनआईसी एशिया बैंकको वेवसाइटलाई ‘सूचनाको सागर’ भन्ने गर्छन ।
डिजिटल बैंकिङ अब्बल, फोन–पेमा पनि सबैभन्दा बढी कारोबार बैंकहरुमै एनआईसी एशिया
सुरक्षा र सहजतालाई मध्यनजर गर्दै अहिले अधिकांशले पर्स वा नगद बोक्न छोडीसके । परिवर्तित हुँदै गएको बैंकिङ संसारमा सबैथोक मोबाइलबाटै हुने भएपछि ‘ह्याण्ड टु ह्याण्ड’ कारोबार झनै घटेको छ । सामान खरिद गर्न, गाडीको भाडा तिर्न, रिचार्ज गर्न, होटलको बिल तिर्न, कलेज-विद्यालयको शुल्क तिर्न, विद्युत महशुल तिर्न वा खानेपानीको बिल तिर्ने लगायतका कारोबार ‘एक क्लिक’मा हुनेभएपछि अहिले डिजिटल बैंकिङको प्रयोग दोब्बरले बढेको छ । त्यसमा पनि अझै सहज र सस्तो हुनेभएपछि एनआईसी एशियाको डिजिटल बैंकिङ सेवा धेरैको रोजाईमा परेको छ ।
यसो त एनआईसी एशिया बैंकले डिजिटल बैंकिङकका अधिकांस सेवा नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क गरेपछि प्रयोगकर्ताको संख्या झनै बढेको हो । बैंकले आफ्नो ‘एनआईसी एशिया मोबैंक’ एपमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, त्तच् भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाईजस्ता थुप्रै सुविधाहरू नेपाल टेलिकमको नेटर्वकमा निःशुल्क गर्न सकिने व्यवस्था गरेपछि अन्य बैंकहरुको तुनालमा एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी