×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गभर्नरले फेरि भने – ‘सबैले सोचेजस्तो मौद्रिक नीति नआउन सक्छ, सबैले आ-आफ्नो ठाउँमा सहनुपर्छ…'(भिडियो)

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फेरि एकपटक कसिलो मौद्रिक नीति आउने संकेत गरेका छन्  ।आइतबार नेपाल उद्योग बाणिज्य महासंघले गरेको मौद्रिक नीतिसम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले सधैँ  नाफा भन्दा पनि यसपटक घाटा कसरी नहोस् भन्नेतर्फ सबैले सोच्नुपर्ने बताएर मौद्रिक नीति कसिलो आउने संकेत गरेका हुन् ।
बैंकहरुले प्रिमियम असुलेको बारे धेरै गुनासो आईरहेको बताउँदै गभर्नर अधिकारीले बैंकहरुले त्यसो गर्न नपाउने र गरेको खण्डमा गुनासो साखामा गुनासो गर्नसमेत आग्रह गरे । तर कतिपय अवस्थामा आफुले ठुलो ऋण लिने र बैंकलाई दोष लगाउने पारिपाटीसमेत रहेका हुनाले बैंकले नियममा बसेर ब्याज बढाउने अधिकारीको तर्क थियो । उनले कसलाई के फाइदा हुन्छ भन्दा पनि सबै कुरा सिष्टममा चल्नुपर्नेतर्फसमेत जोड दिए ।उनले स्थिरता नहेरी आफ्नाे फाइदा मात्र हेरियाे भने समस्या अझ बढ्ने बताए।
अघिल्ला मौद्रिक नीतिको  समिक्षाभन्दा खासै फरक केहि नबोलेका र कम बोलेका अधिकारीले समग्र अर्थतन्त्रको हितमा मौद्रिक नीति आउने दोहोर्याए ।
‘रूस-युक्रेन युद्धकाे असरकाे प्रभावमा हामी परेकाले नेपाल चुनाैतिपूर्ण अवस्थामा छ। याे चुनाैति वाह्य क्षेत्रबाट आएकाे हाे। यसलाई चिर्ने काम भइरहेकाे छ,’ उनले भने ‘उपभाेगले चालू खाता घाटा बढेकाले त्यहाँ केही काम गर्नु पर्ने छ। यसरी काम गर्दा सबै सराेकारवालाले सहनु पर्ने भएकाले त्यसका लागि तयार रहनु पर्छ। कुनै पनि नीति महाप्रसादलाई के लाग्याे भनेर आउने हाेइन, मुलुककाे अवस्थालाई हेरेर आउने हाे । त्यसैले हाम्राे टेक्निकल टिमले त्यसमा काम गरिरहेकाे छ।’ भारू ५०० र १००० काे नाेटकाे समस्या हटाउन पहल भइरहेकाे पनि उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले ब्यालेन्स अफ पेमेन्टलाई ध्यानमा राखेर मौद्रिक नीति आउनुपर्ने बताएका छन् । ब्याज बढाएर भएपनि कसिलो मौद्रिक नीति आउनुपर्ने बताउँदै उनले, अहिलेको ब्याजदर कोभिडका बेलाको भन्दा सस्तो रहेको बताएका छन् ।
ब्याजदरका विषयमा कतिपयको बुझाई गलत भएको बताउँदै उनले अहिलेको ब्याजदर कोभिडको तुलनामा सस्तो नै रहेको दाबी गरे । बेसरेट सम्बन्धि अहिले प्रचलित व्यवस्थालाई परिमार्जन गर्न सके त्यसले समग्र बैंकिङलाई नै राम्रो गर्ने बताउँदै उनले ‘फिक्स्ड रेट प्रोडक्ट’हरु पनि बैंकहरुले दिएकोतर्फ दाबी गरेका छन् ।
यो बर्षमात्रै ३०० अर्व रुपैयाँ पैसा पेट्रोलियम पद्धार्थको आयातमा जाने हुनाले अव सबै मिलेर बैकल्पिक उर्जामा लाग्नुपर्ने र त्यसमा नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्ने नीति ल्याउनुपर्ने केसीको भनाई थियो । नेपालमा पैसा ल्याउनेहरुलाई पनि प्रोत्साहन गर्नुपर्ने नीति आवश्यक रहेको बताउँदै उनले नेपालमा पनि ‘हेजिङ’को सुविधा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
यस्तै सिटिजन्स बैंकमा कार्यक्रत एक बैंकरले भारतीय नागरिकलाई नेपालीमा सहज रुपमा खाता खोल्न दिनुपर्ने बताएका छन् । भारतीय नागरिकले पनि ठुलो मात्रामा डलरको कारोबार गर्ने भएकाले यसले समग्र सबैलाई सहयोग नै हुने बताएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल पूँजीबजार फोरमका सदस्य बिष्णु बस्यालले नेपालको सेयर बजार धेरै घटिसकेकाले नेपाल राष्ट्र बैंकले यसतर्फ गम्भीर हुनुपर्ने बताएका छन् । राष्ट्र बैंकले ल्याएको ४-१२ को सेयर कर्जाको नीतिको औचित्य अव नरहेको भन्दै उनले त्यसलाई पुनर्विचार गर्नुपर्ने तर्फसमेत राष्ट्र बैंकको ध्यानकार्षण गराएका छन् । ‘अव यो ४-१२ को नीति आवश्यक छैन । संस्थागत लगानीकर्तालाई मात्र भएपनि ४-१२ को नीति हटाउनुपर्यो ।’ उनले भने ।
स्वदेशी लगानीकर्ताको लगानीलाई निरुत्साहित गर्दा ‘क्यापिटल फ्लाइट’ हुनेतर्फ पनि राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताउंदै उनले नेपालमा रहेका सेयर लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने नीति आउनुपर्ने बताएका छन् । ‘नेपालमै रहेका सेयर लगानीकर्ताहरुलाई प्रोत्साहन गरियो भने क्यापिटल फ्लाइट पनि रोकिन्छ । यसतर्फ राष्ट्र बैंकको ध्यान जाओस् ।’ कार्यक्रममा बोल्दै उनले भने ।
कार्यक्रममा बोल्दै उनले मार्जिन ल्यान्डिङका लागि नन बैङ्किङ फाइनान्सियल संस्थाहरु खडा गरेर अगाडी बढ्नुपर्नेमासमेत जोड दिएका छन् । कार्यक्रममा उनले १५० रहेको रिस्क वेटको व्यवस्थालाई पनि पुनर्विचार गर्नुपर्नेमा राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए ।
यस्तै गभर्नरको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कृषि बिज्ञहरुले कृषि कर्जाका नाममा जग्गामा पैसा गएकोतर्फ नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएका छन् । काठमाडौँको होटल र्याडिसनमा महासंघले गरेको आर्थिक बर्ष २०७९-८० को मौद्रिक नीतिको समिक्षा कार्यक्रममा बोल्दै एक कृषि बिज्ञले पछिल्लो समय कृषि कर्जाका नाममा पैसाजति जग्गामा गएको भन्दै यसतर्फ राष्ट्र बैंक गम्भीर हुनुपर्ने बताएका हुन् । ‘हामीले नेपाल राष्ट्र बैंकसँग सार्है आशा गरेका छौं । गभर्नरज्यू, यसपाली मुटुमा ढुंगा राखेर, देश सम्झेर मौद्रिक नीति ल्याईदिनूस्।’ कार्यक्रममा बोल्दै एक सहभागीले भने-‘कृषि कर्जा साँचो अर्थमा कृषिमै लगानी हुनुपर्यो ।’
यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना लगानीकर्ताहरुले सेयर बजार बुझ्दा-बुझ्दै घाटा व्याहोरेकाले उनीहरुलाई उकास्नेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् । काठमाडौँको होटल र्याडिसनमा महासंघले गरेको आर्थिक बर्ष २०७९-८० को मौद्रिक नीतिको समिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । डिम्याट खातावहाक नै ५५ लाख कटिसकेकाले उनीहरुलाई ध्यान दिएर मौद्रिक नीति आउनुपर्ने उनको भनाई थियो । नेपाल राष्ट्र बैंकले ल्याएको ४-१२ को सेयर कर्जा नीतितर्फ संकेत गर्दै गोल्छाले यस्ता नीतिहरुले साना लगानीकर्ताहरुलाई निकै गाह्रो पारिरहेको बताएका छन् ।
‘अहिले डिम्याट खाता खोल्नेहरु नै ५५ लाख कटिसके । उनीहरुलाई ख्याल गरेर मौद्रिक नीति ल्याईनुपर्छ ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘मौद्रिक नीतिमा साना सेयर लगानीकर्ताका पक्षमा आवश्यक नीतिहरु आउन आवश्यक छ ।’ कार्यक्रममा बोल्दै उनले आउँदो मौद्रिक नीतिले व्यवसायीका समस्याहरु पनि समाधान गर्न सक्नुपर्ने बताएका छन् ।
नीजि क्षेत्रले मौद्रिक नीतिले चासोका रुपमा हेरेको भन्दै उनले अवको आउने मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने खालेको हुनुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले बैंकलाई नाफामा कडाइ गरेर अगाडि बढ्नुपर्ने र आयातमा सतप्रतिशत मार्जिनको व्यवस्थामा पुनरबिचार गर्नुपर्नेतर्फ नेपाल राष्ट्र बैंकको ध्यानाकर्षणसमेत गराएका छन् ।
‘उद्योग व्यवसायीले कर्जा नपाएको गुनासो गरिरहेका छन्, तरलताको समस्या समाधान गर्न मौद्रिक नीतिले केही सहज गर्नस सक्ने हाम्रो अपेक्षा छ । अहिले ठूलो चुनौति नभएपनि केही खास समस्या भने छ, साना उद्यमीको सम्झौता गरिसकेको ऋण नपाएको गुनासो गर्ने गरेका छन् भने कच्चा पदार्थको मूल्य बढ्दा मुल्यवृद्धिमा असर परेको छ ।’ कार्यक्रममा बोल्दै उनले भने-ब्याजदर कम हुँदा पनि धेरै बिकृति थिए, अहिलेको ब्याजदर र मूल्यवृद्धि धान्नै नसक्ने खालको छ।,’ अध्यक्ष गोल्छाले अनुत्पादकशिल क्षेत्रमा कडाइ गर्यो भने अर्बौंको राजश्व गुम्ने भन्दै त्यसले अर्कै समस्या निम्त्याउँने हुनाले त्यसतर्फ पनि ध्यान दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरे ।
महा संघमा बैंकहरुले अतिरिक्त शुल्क नलिई ऋण नदिएको सम्बन्धि दर्जनौं उजुरी आएको पनि अध्यक्ष गोल्छाले खुलासा गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अर्का एक प्रतिनिधिले नेपाल राष्ट्र बैंक आफैं हुण्डीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । बैंकिङ च्यानलमार्फत ल्याउनुपर्ने रेमिट्यान्स हुण्डीमार्फत आउँदा पनि राष्ट्र बैंक चुप लागेको बताउँदै उनले यस विषयमा केन्द्रीय बैंक गम्भीर हुनुपर्ने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: