×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमाको कुरुप पाटो : ‘पोलिसी बेच्न फकाउनु फकाउँछन्, क्षतिपूर्ति दिने बेला उल्टै थर्काउँछन्, अदालत पठाउँछन्…’ 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बीमाको कुरुप पाटो : ‘पोलिसी बेच्न फकाउनु फकाउँछन्, क्षतिपूर्ति दिने बेला उल्टै थर्काउँछन्, अदालत पठाउँछन्…’ 

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । बीमाको मूल उद्देश्य जोखिमको भार सार्नु नै हो । बीमा कम्पनीले जोखिमको भारवापत प्रिमियम लिन्छन् र ग्राहकलाई कुनै भवितव्य पर्यो भने कम्पनीले सो जोखिम भार लिएका हुनाले त्यसको क्षतिपूर्ति तिर्छन् । सामान्यतया हुने यहि हो । तर पछिल्लो समय बीमा कम्पनीहरुको बदमासी र कतिपय ठाउँमा ग्राहकका कमजोरीका कारण बीमा ‘लोभी-पापी’ व्यवसाय हो कि भन्ने भ्रम धेरैलाई पर्न थालेको छ । यसमा समयमा भुक्तानी नदिने कम्पनी, भुक्तानी दिन सार्है झन्झट गर्ने कम्पनी, र बढी अपेक्षा गर्ने ग्राहक दुवै दोषी छन् । तर नेपालको परिप्रेक्षमा ग्राहकको लोभ भन्दा बढी कम्पनीको दादागिरी, र पेलानले बीमा व्यवसाय बदनाम बन्दै गएको छ । पछिल्लो समय चर्चामा आएका केहि घटनाक्रमले पनि यहि भन्छ- ‘नेपालमा बीमाको भुक्तानी लिन सजिलो छैन’
‘पोलिसी बेच्न फकाउँछन्, क्षतिपूर्ति दिने बेला उल्टै थर्काउँछन्’
बीमा कम्पनीहरुले बीमा अभिकर्तालाई यसरी तालिम दिएका हुन्छन् कि उनीहरुले बीमा नगरे त भोलि नै जहाज डुब्छ भन्ने शैलीमा कन्भिन्स गर्न सक्नेगरी कुरा गर्छन् । निर्जीवन बीमाको हकमा पनि पोलिसी बेच्न कम्ती चाप्लुसी गर्दैनन् बीमा कम्पनीका कर्मचारी । अनिवार्य गरिनुपर्ने बीमामा पनि ग्राहकलाई खासै चाप्लुसी गर्नु नपरे पनि यस्तो व्यापार लिन कम्पनीहरुले सकेको कसरथ गर्छन् । तर बीमाको भुक्तानी लिनुपर्ने बेला भने कम्पनीहरुले उल्टै थर्काउँछन् । निर्जीवन बीमामा त सोचेको क्लेम पाउनु आकाशको फल जस्तै छ धेरैका लागि ।  प्रिमियम उठाउने र क्लेम तिर्ने सामान्य बिजनेशको मोडल भएपनि कम्पनीहरु सकेसम्म क्लेम नतिर्ने र प्रिमियमचाहिं उठाउने गरिरहेका छन् ।
बीमा कम्पनीले वाक्क दिक्क भएका केहि ग्राहकका पछिल्ला उदाहरणहरु हेरौं । दमकमा रहेको शान्ति कोल्ड स्टोरले अजोड इन्स्योरेन्समा आलुको बीमा गर्यो । हजारौं बोरा भण्डारमा राखिएका आलुको जोखिम भार कम गर्न सो कम्पनीले भण्डारण गरिएको आलुको प्रिमियम पनि अजोडलाई समयमा नै बुझाउँदै आएको थियो । तर बर्खामा परेको ठुलो पानीका कारण भण्डारण गरिएको हजारौं बोरा आलुमा क्षति पुग्यो । तर सबै कागजात पूरा गरेर क्लेम गर्दा पनि अजोडले अनेक बहाना गरेर भुक्तानी दिएन । सार्है भएपछि पीडीतहरु बीमा समिति पुगे । वार्ता भयो, तर कम्पनीले भुक्तानी दिने कुरै गरेन । ‘कानुनको अवाब्याख्या गरेर हामीलाई पीडीत बनाइएको छ।’ पीडीत बिष्णु पोखरेल भन्छन्, ‘यो अजोड इन्स्योरेन्समा त दुश्मनले पनि बीमा नगरोस्।’
अर्को त्यस्तै घटना भयो सगरमाथा इन्स्योरेन्समा । बागबजारस्थित गौरीशंकर फर्निसिङमा आगलागी भई ठुलो क्षति भएको । कम्पनीले सबै आवश्यक कागजपत्र जम्मा गरी कम्पनीमा क्षतिपूर्तिका लागि मागदाबी गरेको थियो । तर इन्स्योरेन्स कम्पनीले मागदाबी अनुसारको क्षतिपूर्ति दिन मानेन । अन्तत: केहि सिप नलागेपछि ग्राहक अदालत पुगे । अदालतले उनकै पक्षमा फैसला गर्दै सो रकम तत्काल दिन भन्यो । तर इन्स्योरेन्स कम्पनीले अझै अदालतलाई पनि टरेको छैन ।
यी घटना त प्रतिनिधि घटना मात्र हुन् । यस्ता थुप्रै घटनाहरु छन्।
पछिल्लो समय देशका विभिन्न ठाउँहरुमा अति धेरै बर्षातका कारण बाढी पहिरो आएर ठूलो धनजनको क्षति भएको छ । वर्षैपिच्छे बाढी पहिरोकै कारण देशभर आर्थिक क्षति भएको छ । तर बीमा कम्पनीहरुले भने यस्ता क्षतिमा ग्राहकको क्षति अनुसारको बीमा रकमको भुक्तानी दिएका छैनन् । यसले समग्र बीमा बजारलाई नै बदनाम गराईरहेको छ ।
बीमाकर्मी भन्छन्, -‘ग्राहकका पनि समस्या धेरै छन्’, केहि कम्पनीले सबैलाई बदनाम गराए 
यता बीमाकर्मीहरु भने आफुले नचाहेर बीमा रकमको भुक्तानी गरेको भन्नु गलत भएको तर्क गर्छन् । ‘कोरोना बीमा नगर्नुपर्ने बीमा गरिएछ । यसले समग्र बीमा कम्पनीको बदनाम गर्यो । बीमा भनेको नै गलत हो भन्नेसमेत पारिदियो ‘ एक बीमा कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत भन्छन्- ‘कोरोना बीमामा बीमा समितिबाट नै गल्ती भयो । हामीले पनि भार नै बोक्न सकेनौँ । तर कोरोना बीमालाई छोडेर अरु बीमामा त्यस्तो समस्या छैन ।’ उनका अनुसार ग्राहकको अपेक्षा नै ‘रियालिस्टिक’ नहुने गरेको छ । ‘गाडी किन्दा ५० लाखमा किनेको हुन्छ, केहिबर्षपछि दुर्घटना हुँदा ग्राहकले मेरो त ५० लाख नै घाटा भयो, कम्पनीले २० लाख भन्दा दिएन भनेर गुनासो गर्छन् । जवकि त्यसको  डिप्रिसिएसन पनि त हुन्छ भन्ने कुरा बुझेर पनि ग्राहक बुझ्नै चाहंदैन ।’
उनका अनुसार कतिपय ग्राहकले त कागज नै नपुर्याई बीमा दाबी भुक्तानी माग्छन् । ‘अनि फेरि तिनै ग्राहक ठुला कुरा गर्दै हिड्छन् । बीमाले ठग्यो, भुक्तानी दिएन भन्नेहरु पनि तिनै कागज नपुर्याउनेहरु बढी हुन्छन् ।’ ती अधिकारी भन्छन्- ‘कम्पनीबाट पनि गल्ती भएको छ । अदालत नै जानुपर्ने, मुद्धा मामिलामै जानुपर्ने केहि कुराहरु हुनसक्छन् । आखिर दुई पक्षबीच कुरा नमिलेपछि नै अदालत जाने हो । यसलाई त्यति धेरै अन्यथा लिनुहुँदैन । एउटा अदालतले तिर्नु भनेपछि कम्पनीले तिर्नुनपर्ने हो लागेको खण्डमा त्यसको पुनरावेदन पनि त गर्न पाउनुपर्छ नि । होइन र ?’ भलै केहि गलत गर्ने कम्पनीले समग्र बीमा बजारको बदानाम गरेको भने उनले स्वीकारे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी