×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रशियाले सुरु गरेको ‘इन्टरनेट ब्ल्याकआउट’का कारण विश्वरभर झन्डै १० अर्ब डलर भन्दा बढी क्षति, नेपाल पनि प्रभावित !

PRIME CA
GLOBAL IME BANK

रशियाले सुरु गरेको ‘इन्टरनेट ब्ल्याकआउट’का कारण विश्वरभर झन्डै १० अर्ब डलर भन्दा बढी क्षति, नेपाल पनि प्रभावित !

२४ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । इन्टरनेटमा आएको अवरोधका कारण १० अर्व डलरभन्दा बढी क्षति भएको प्रतिवेदन टप १० भीपीएनले सार्वजनिक गरेको छ ।  प्रतिवेदन अनुसार यस्तो समस्या आउँदा विश्वका विभिन्न देशका अर्थतन्त्रमा गहिरो प्रभावसमेत परेको छ । विश्वका विभिन्न १६ देशहरुमा देखिएका यस्ता समस्याहरुलाई आधार बनाएर गरिएको रिसर्च प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो । भीपीएनका अनुसार  २०२० मा ५० पटक यस्तो समस्या देखिएको थियो भने त्यतिबेला पाँच अर्ब ४५ करोड डलर क्षति पुगेको थियो । यो क्षति २०२१ मा बढेर १० अर्ब ६० करोड डलर क्षति पुगेको  बताइएको छ । इन्टरनेटमा देखिएको यस्तो समस्यालाई प्राविधिक भाषामा इन्टरनेट सटडाउन भन्ने गरिन्छ ।
प्रतिवेदन अनुसार इन्टरनेट ब्ल्याकआउट्स, सोसल मिडिया सटडाउन्स् र सिभियर थ्रोट्टलिङ गरी तीन प्रकारका सटडाउन हुने गर्छन् । इन्टरनेट ब्ल्याकआउट्स् भन्नाले पूरै इन्टरनेट नचल्नु, सोसल मिडिया सटडाउन्स् भन्नाले सोसल मिडियामात्र नचल्नु हो भने सिभियर थ्रोट्टलिङ भनेको मोबाइल नेटवर्कबाट भ्वाइस कल र टेक्स्ट मेसेज मात्रै आदानप्रदान हुनु हो । इन्टरनेटको दुनियाँमा यी समस्यालाई सार्है ठुलो समस्याका रुपमा लिने गरिन्छ ।
विश्वभर विभिन्न देशमा देखिएको यस्तो समस्याले पटक पटक फेसबुक, ट्वीटरजस्ता ठुला सोसल साइट पनि बन्द हुने गरेका थिए ।  विशेषगरी युक्रेन र रुसको युद्धका कारण प्रदर्शनलाई नियन्त्रणमा लिन रसियामा इन्टरनेट ब्ल्याकआउट गरिएको थियो । यसको सबैभन्दा ठुलो असर पनि रुसलाई नै परेको छ । भीपीएनको तथ्यांक अनुसार इन्टरनेट सटडाउनका कारण रसियाली अर्थतन्त्रमा आठ अर्ब ७० करोड डलरको क्षति पुगेको छ । यो भनेको झन्डै नेपालको सिंगो बर्षको आधा बजेट हो ।
विश्वभर देखिएको यस्तो समस्याले नेपालमा पनि प्रभाव पारेको छ । केहि समय अगाडी नेपालका इन्टरनेट प्रदायकहरुमा पनि यहि कारण समस्या आउँदा नेपालका थुप्रै क्षेत्रहरुमा क्षति भएको छ । नेपालमा भने यस्तो इन्टरनेट ब्ल्याकआउट संकटकालमा हुने गर्थ्यो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: