×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको ‘मेनरोड शाखा’को कथा : त्यो ‘फर्स्ट अफिस’, जहाँबाट सुरु भएको थियो ‘मिसन नम्बर १’ को यात्रा…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशियाको ‘मेनरोड शाखा’को कथा : त्यो ‘फर्स्ट अफिस’, जहाँबाट सुरु भएको थियो ‘मिसन नम्बर १’ को यात्रा…

काठमाडौँ । तत्कालीन भूगोलले बिराटनगरलाई पूर्वाञ्चलको राजाधानी भन्थ्यो । पूर्वको केन्द्रबिन्दुमात्र होइन, देशको उद्योग नगरी थियो पूर्वाञ्चल, जुन आज पनि छ । आज पनि तत्कालीन पूर्वाञ्चल, र अहिलेको प्रदेश नम्बर १ देशको ठुलो उद्योग नगरीका रुपमा प्रख्यात छ । भारतसँग सीमा जोडिएकाले देशकै प्रमुख नाका भएको ठाउँ थियो बिराटनगर । देशकै व्यापारीक हबका रुपमा परिचित र बिकसित हुँदै गर्दा यो ठाउँमा बैंकहरुको आवश्यकताबोध हुँदै थियो । उद्योग गर्नेहरुले देशका राष्ट्रिय स्तरका बैंकहरुमार्फत कारोबार गरिरहेका थिए । तर आफ्नै ठाउँठाउँमा एउटा यस्तो ‘साथी’को खोजी हुँदै थियो, जसले आफ्नो व्यापारिक करियरमा पूरापूर ‘आफ्नो’ बनेर साथ देओस् ।

व्यापारिक केन्द्र बनेका कारण पनि यो ठाउँमा बैंक ‘चल्छ’ भन्ने थियो धेरैलाई । र त एउटा प्रतिष्ठित व्यावसायिक घरानाले पूर्वी क्षेत्रीय बैंकको रूपमा विराटनगरमा एक बैंकको स्थापना गर्यो । र सो बैंक थियो तत्कालीन नेपाल इन्डष्ट्रियल एण्ड कमर्शियल (एनआईसी) बैंक, जुन अहिले एनआईसी एशियाका नाममा देशभर सेवा दिईरहेको छ । त्यो पनि नम्बर १ बैंकको रुपमा ।

बिराटनगरको त्यो ‘फर्स्ट अफिस’…
तत्कालीन अवस्थामा बैंक कर्पोरेट कार्यालयको खोजीमा थियो । व्यापारिक हब भएपनि बिराटनगरमा अहिलेकोजस्तो ‘जनघनत्व’ थिएन । बैंकका सुरुवाती लगानीकर्ताहरुले खोज्दै गर्दा मेनरोडमा रहेको सो कार्यालयलाई नै बैंकको मूख्य कार्यालय बनाउने सोच बनाए, र निर्णय गरे । वि.सं. २०५५ साउन ५ गते अर्थात १९९८ जुलाई २१, मंगलबारका दिन यहि अफिसबाट सुरु भयो एनआईसीको यात्रा । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत बैंकको मूख्य कार्यालयको ठेगाना मेनरोड, बिराटनगर नै भयो । कुल १९ जना कर्मचारीबाट सुरु भएको सो शाखा हेर्न वरपरका मान्छेहरु जम्मा नै हुन्थे । र भन्थे- ‘यहि हो रे त्यो एनआईसी बैंक, हाम्रो बिराटनगरमा खुलेको।’

त्यतिबेला यो बैंकको मेनरोड साखा, मात्र साखा थिएन, बरु धेरैका लागि हेर्न मन लाग्ने ‘बैंकको अफिस’ थियो । सो बैंक स्थापना गर्दाका केहि प्रत्यक्षदर्शीहरु भन्छन् -‘हामी त बैंक भनेको कस्तो रहेछ भनेर हेर्न भित्र पनि गयौँ । आफ्नै बिराटनगरको बैंकमा खाता खोलियो भन्दा अर्कै शान हुन्थ्यो । अव ऋण दिन, पैसा डिपोजिट गर्न पनि यहींबाट मिल्छ भन्दा अर्कैखालको आनन्द थियो ।’ र त ‘फर्स्ट सर्भिसको फाइदा पाएझैँ बैंक धेरैका लागि छोटो समयमा नै प्रिय बन्यो ।

अहिले पनि एनआईसी एशिया बैंकको सेवा दिन्छ यहि कार्यालयले, बिराटनगरमा । यो शाखालाई मेनरोड साखा भनिने गरेको छ, र अहिले पनि धेरै पूराना मान्छेहरुलाई यहि साखा नै एनआईसी एशियाको मुख्य शाखाको भन्ने भ्रम छ । ‘कतिपयले त काठमाडौँको एनआईसी एशियालाई बिराटनगरको शाखा भन्छन्।’ स्थानीयले अर्थ सरोकारसँग कुराकानी गर्दै भनेका छन्- ‘अहिले पनि यो साखालाई धेरैले एनआईसी एशिया भन्दैनन्, मात्र एनआईसी बैंक भन्छन् ।’

१९ जनाबाट सुरु भएको त्यो एनआईसीको यात्रा
बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृतमा केआर ऐयार थिए । दक्षिण भारतीय नागरिक रहेका उनकै नेतृवमा सुरु भएको थियो एनआईसी एशियाको यात्रा । त्यतिबेला बैंकको ब्रान्च मेनेजर जनक शर्मा पौडेल थिए । उनी अहिले बैङ्किङमा छैनन् । सनराइज बैंकबाट राजिनामा दिएर बसेका उनी त्यतिबेला एनआईसीको बिजनेश ग्रोथका लागि खुब काम गरेका बैंकर हुन् । त्यतिबेला सो बैंकमा एशिष्टेन्ट मेनेजरका रुपमा राजेन्द्र शिवाकोटी थिए । भेषराज खतिवडा फाइनान्स अफिसर थिए । कुल १९ जना कर्मचारीबाट सुरु भएको सो साखाको व्यापार बढ्दै गर्दा सो आर्थिक बर्षको अन्तिमसम्ममा सो बैंकको कर्मचारी संख्या २३ पुगेको थियो ।

सो बैंकमा त्यतिबेला काम गर्नेहरु भन्छन्- ‘इन्डियन सीइओसँग काम गर्न सजिलो थिएन । तर व्यापार कसरी बढाउने भन्ने मामलामा अहिले पनि त्यतिको दुरगामी मान्छे एकाधमात्र छन् । त्यतिबेला नै जनक शर्मालाई ‘मेहेनत गर, यु विल बी सीइओ अफ नेप्लिज बैंक भेरी सुन’ भनेर सीइओले भनेको अझै पनि धेरैजना सम्झन्छन् । ‘नयाँ- नयाँ बैंक, ठुलो उद्देश्य र नयाँ मार्केट, सानो मेहेनतले अहिलेको एनआईसी एशिया बनेको होइन ।’ तत्कालीन एनआईसीमा काम गरेका एक पूराना बैंकर भन्छन्, ‘सो भवनको मात्र होइन, त्यहाँका एक एक कोठाहरुलाई म बारम्बार मिस गर्छु । अहिलेको एनआईसी एशिया मात्र होइन, अहिलेको नेपाली बैंकिङले आर्जन गरेको विश्वासका लागि पनि सो साखामा गरिएको कामले ठुलो योगदान दिएझैँ लाग्छ।’

‘मर्जरपछि बैंक एनआईसी एशिया बन्यो, तर लक्की ब्रान्च परिवर्तन भएन’
तत्कालीन एनआईसी बैंक र बैंक अफ एशिया नेपाल मर्जरमा गए । बैंक ठुलो हुँदै गयो । तर अझै पनि पूर्वमा एनआईसी बैंक भनेर सोहि मेनरोड साखालाई चिन्छन् धेरैले । ‘अहिले पनि धेरै पूराना ग्राहकहरु एनआईसीबाट एनआईसी एशियाको खाता भएका ग्राहकहरु भेटिन्छन् । अझै पनि धेरै बिराटनगर बासीले सकिएका एनआईसीका चेकबुक राखेका छन् ।’ बिराटनगरमा भेटिएका एक ग्राहकले सुनाए- ‘हाम्रा लागि यो बैंकमात्र बैंकजस्तो थियो । पछि पूर्वमा धेरै बैंक खुले, तर किन हो किन, यो बैंकजस्तो सहज कुनै लागेन । अहिले बैंक ठुलो भएर होला सायद, सुविधाहरु पनि धेरै छन् । धेरै कुरा नि:शुल्क छन् । सेयर भरेको पनि पैसा लाग्दैन । त्यसैले यो बैंकनै गज्जब लाग्छ।’

कुल ८ करोड १२ लाख ५० हजार चुक्ता पूँजी सहित स्थापना भएको बैंकको हरेक सुरुवाती संघर्षको साक्षी यहि साखा हो ।कुनैबेला विराटनगरमा एउटा शाखाबाट सुरु भएको एनआइसी एशिया बैंक आज सफलताका खुड्किलाहरु पार गर्दै २६औं वर्षमा प्रवेश गरेको छ । यहि साखाबाट सुरु भएको बैंक अहिले देशभर ३५९ शाखा कार्यालयहरुमा विस्तार भएको छ । मुलुकभरमा बैंकका ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै अहिले देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकमा रुपमा स्थापित भएको छ ।

बिराटनगरका पूराना ग्राहक भन्छन्, ‘बैंकले साथी भन्छ, हामीलाई त अभिभावक लाग्छ’
दूरदृष्टी राख्ने बैंकका संस्थापक, कर्मचारीहरुको मेहेनत, परिश्रम, सफल योजना र ग्राहकलाई केन्द्रमा राखेर तय गर्ने प्रोडक्टहरुलगायतले एनआईसी एशिया बैंक ‘नम्बर वान’ बैंक बन्न सफल भएको छ । बैंकले आफुलाई प्रचार गर्दा पनि ‘बैंक पनि साथी पनि’ भन्ने गर्छ । तर बिराटनगरमा भेटिएका केहि पूराना ग्राहकहरु भन्छन्-‘हामीलाई त यो बैंक साथी होइन, अभिभावक लाग्छ । पूरानो बैंक, र आफ्नो जीवनमा सबैभन्दा पहिला ऋण लिएको बैंक भएर पनि होला, साथी भन्दा बढी अभिभावक लाग्छ एनआईसी ।’ पूराना दिनहरु सम्झंदै उनीहरु सुनाउँछन्- ‘नढाटी भन्दा किन किन पछाडीको एशिया भन्नै आउँदैन । बैंक भनेकै एनआईसी हो जस्तो लाग्छ ।’

स्थापनादेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकले कुल रु. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको खबर सुनेर बिराटनगरका पूराना ग्राहकहरु खुसी हुन्छन् । ‘महिनाको २ हजार बचत गरेको याद छ। पछि महिनाको ३३०० सम्म ब्याज तिरेको याद छ । आज बैंक यतिसम्म ठुलो भएछ, के कुरा गर्नु र ! आर्थिक वर्ष २०७८-७९ मा मात्रै बैंकले ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व बुझाएको समाचार पढ्दा त हामीलाई सुरुवाती दिनमा कर्जा दिने बैंकले अहिले कति धेरैलाई सहयोग गरिरहेको छ जस्तो लाग्छ ।’ बिराटनगरमा भेटिएका बैंकका पूराना ग्राहक भन्छन् ।

एनआईसी बैंकमा कारोबार सुरु भएपछि बैंक हेर्न पुगेको स्मरण गर्नेहरु कति छिट्टै २५ बर्ष पुगेको जस्तो लाग्ने बताउँछन् । ‘मेरो छोरो २ बर्षको थियो, यो बैंक खोल्दा । अहिले छोरोको भर्खर विवाह भयो । यो बैंक कतिबर्षको पुग्यो भन्ने मलाई ठ्याक्कै थाहा छ ।’ एक अर्का पूराना ग्राहक भन्छन्- ‘बैंकले यति धेरै प्रगति गर्छजस्तो लागेकोचाहिं थिएन । पूर्वका धेरै बैंकहरु अर्को बैंकसँग मर्ज भए । तर यो बैंकले आफ्नो अस्तित्व मेटेन । अहिले त पूर्वबाट उदाएको बैंक भनेकै यहि त हो जस्तो लाग्छ। अहिले भएका केहि ससाना बैंकहरु पनि छिट्टै अरुसँग मर्जरमा जालान् । पूर्वको इज्जत धानिदिने बैंक यहि नै हो जस्तो लाग्छ।’

पूर्वबाट उदाएर देशको नम्बर १ बन्यो ‘एनआईसी’ !
२५ वर्षअघि स्थापना भएको एनआइसी एशिया बैंकले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी रजत जयन्ती मनाउँदै छ । पूर्वबाट उदाएको सूर्यले पूरै संसारलाई ताप दिएजस्तै, पूर्वबाट उडाएर एनआईसी एशियाले देशभर बैंकिङ सेवा दिईरहेको छ । अहिले त बैंक यतिसम्म सफल भईसकेको छ कि बैंकको पछिल्लो वित्तीय विवरण हेर्दा पनि ‘ओहो ! बैंक त कति ठुलो भईसकेछ है !’ भन्ने लाग्छ धेरैलाई ।

बैंकले २५औँ बार्षिकोत्सवको अवसरमा नै आफ्नो पछिल्लो वित्तिय विवरण समेत सार्वजनिक गरेको छ । बैंकले आ.व. २०७८-७९ मा खुद मुनाफातर्फ रू. ४.५३ अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (च्इभ्) १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, प्रति शेयर आम्दानी तर्फ रू. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

यता कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको दाबी गर्दै बैंकले निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको विवरणमार्फत जानकारी दिएको छ । बैंकले आ.व. २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गरेको छ । हालम्म एन आइ सी एशिया बैंकमार्फत कारोबारका लागि ४० लाख बढी बैंक खाताहरु खालिएको समेत बैंकले जनाएको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेको छ ।

त्यस्तै बैंकले स्थापनाकालदेखि अहिलेसम्मको २५ वर्षको यात्रामा आफ्नो सेयरधनीको हितलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ । जसको प्रतिफल आजको बजार मुल्यमा ९,५२०.९७ रुपैयाँ बराबर प्रदान गर्न सफल भएको बैंकको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: