×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको २५ बर्षे यात्राको रोचक र प्रेरणादायी ‘टाइमलाइन’ : कहिले के भयो ? के-के इतिहास रचियो ?

PRIME CA

एनआईसी एशियाको २५ बर्षे यात्राको रोचक र प्रेरणादायी ‘टाइमलाइन’ : कहिले के भयो ? के-के इतिहास रचियो ?

५ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । देशको निजी स्तरको नम्बर १ बैंक एनआईसी एशिया बैंक लिमिटेड २५औं वर्षमा प्रवेश गरेको छ । शाखा सञ्जाल, एटिएम सञ्जाल, कुल निक्षेप, कुल कर्जा प्रवाह, लगायत धेरै कुरामा अग्रणी रहेकै कारण देशको नम्बर १ बैंक बन्न सफल एनआईसी एशिया बैंकले आज (साउन ५) गरे स्थापनाको २५औं वर्षगाँठ मनाउँदैछ । २५ वर्षअघि आजकै दिन स्थापना भएको बैंकले ‘बैंककै भाषामा’ भन्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै बैंकले रजत जयन्ती मनाउन गइरहेको छ ।

आज २५ औँ बर्षको महाउत्सव मनाईरहँदा बैंकिङ दुनियाँमा एनआईसी एशियाको छुट्टै छाप छ । तर आजको दिनसम्म आइपुग्दा बैंकले गरेको मेहेनत सानो त छैन नै, बैंकको इतिहास पनि कम गर्व गर्न लायकको छैन । यी २५ बर्षमा बैंकले हरेक बर्षका हरेक समयलाई यति ‘ऐतिहासिक’ बनाएको छ कि, मानौँ- ‘सफलताको सर्टकट’ छैन भन्ने उदाहरणको एक दह्रो साक्षी नै एनआईसी एशिया बैंक हो । र त यो २५औँ बर्षको अवसरमा हामीले एनआईसी एशिया सम्बन्धि केहि ऐतिहासिक तथ्य प्रस्तुत गर्ने प्रयास गरेका छौं ।

१. हालको एनआईसी एशिया बैंकको यात्रा तत्कालीन एनआईसी एशिया बैंकबाट सुरु हुन्छ । वि.सं. २०५५ साउन ५ गते अर्थात १९९८ जुलाई २१ मंगलबारको दिन नेपाल इन्डष्ट्रियल एण्ड कमर्शियल (एनआईसी) बैंक स्थापना भएको थियो ।

 

२. तत्कालीन अवस्थामा एनआईसी बैंक बिराटनगरको एउटा साखाबाट सुरु भएको थियो । अहिले पनि सो शाखामा अहिलेको एनआईसी एशिया बैंकको कार्यालय छ । विराटनगरस्थित मेनरोडमा रहेको बैंकको सोहि कार्यालयबाट नै एनआईसी बैंकको यात्रा सुरु भएको थियो । सो बैंकको रजिष्टर्ड कार्यालय पनि सोहि साखा हो ।

 

३. बिराटनगरबाट सुरु भएको बैंकमा सुरुमा १९ जना कर्मचारी थिए । सोहि आर्थिक बर्षको अन्त्यसम्ममा बैंकले थप ४ कर्मचारी थपी कुल २३ कर्मचारी बनायो ।

 

४. स्थापना कालमा एनआईसी एशिया बैंकको कुल चुक्ता पूँजी ८ करोड १२ लाख ५० हजार रुपैयाँ थियो । अहिले निजी स्तरको नम्बर १ बैंक बन्न सफल एनआईसी एशिया बैंक क्षेत्रीय बैंकका रुपमा स्थापना भएको थियो ।

 

५. जगदीश अग्रवाल अध्यक्ष रहेको सो एनआइसी बैंकमा लोकमान्य गोल्छा, सुभासचन्द्र संघई, तुलसीराम अग्रवाल , वासुदेव गोल्याण, निर्मलकुमार अग्रवाल, सीताशरण पाण्डे संचालक थिए भने श्याम सापकोटा कम्पनी सचिव थिए ।

 

६. एनआईसीले आर्थिक वर्ष २०५६/०५७ मा १७.५ करोडको प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेको थियो । सो आइपीओमा ८ गुणाभन्दा बढीले आवेदन दिएका थिए । त्यतिबेला पनि बैंकिको आइपीओमध्ये सबैभन्दा बढी आवेदन पाउने बैंक बनेको थियो एनआईसी । आइपीओमा सबैभन्दा बढी आवेदन रकम संकलन गरेर बैंकले त्यतिबेला नै इतियास बनाएको थियो ।

 

७. नयाँ-नयाँ काम गर्न माहिर एनआईसी बैंकले नेपालमा पहिलो पटक सेभिङ अकाउन्टमा लाइफ इन्स्योरेन्स घोषणा गरेको थियो । सन् २००३ मा ‘एनआईसी लाइफ सेभिङ अकाउन्ट’ नामक स्किम ल्याएको एनआईसीले ल्याएको यो प्रोडक्टलाई पनि ऐतिहासिक रुपमा लिने गरिन्छ ।

 

८.  एनआईसीले सन् २००४ मा नेपालमै पहिलोपटक सबैभन्दा सस्तो दरमा ‘घर सुविधा’ प्रोडक्टमार्फत होम लोनको सुविधा ल्यायो । त्यति बेला पनि एनआईसीले ल्याएको यो प्रोडक्टले नेपाली बैंकिङ क्षेत्रमा नयाँ तरङ्ग ल्याएको थियो।

 

९. स्थापना कालको ९ बर्षमा बैंकले ‘आई एस ओ ९००१ः२००८’ सर्टिफिकेशन प्राप्त गर्यो । बाणिज्य बैंकहरुमध्ये यो सर्टिफिकेसन पाउने एनआईसी नै पहिलो बैंक थियो । बैंकले आर्थिक बर्ष २०६६-६७ मा यो सर्टिफिकेसन प्राप्त गरेको थियो । आर्थिक बर्ष २०६६-६७ मै बैंकले मुलुकमै पहिलो पटक आईएफसीबाट ‘लाइन अफ क्रेडिट’ प्राप्त गर्यो ।

 

१०. स्थापनाको १० बर्ष पुग्नै लाग्दा बैंकले बेलायतको ‘द फाइनान्सियल्स टाइम्स’ले दिने ‘बैंक अफ दि इयर २००७’ अवार्ड प्राप्त गर्‍यो । अहिले पनि यो अवार्डलाई नेपाली बैंकिङ क्षेत्रको सर्वोत्कृष्ट अवार्डका रुपमा लिने गरिन्छ ।

 

११ . एनआईसी बैंकले सन् २००७ मा नेपालमै पहिलो पटक बैंकिङ्ग च्यानल मार्फत विदेशबाट सुनचाँदी आयात गरी बिक्री वितरण गर्ने प्रणालीको थालनी गरेको थियो ।

 

१२. ‘एनआईसी सुपर डिपोजिट’ नामक स्किम ल्याएर बैंकिङ इतिहासमा पहिलो उच्च ब्याजदर दिने ‘फिक्स्ड डिपोजिट स्किम’को सुरुवात पनि एनआईसी एशिया बैंकले नै गरेको थियो ।

 

१३. बैंकले २००८ देखि डोमेस्टिक रेमिट्यान्स सुरु गर्‍यो । जुन सुकै शाखाबाट जुनसुकै शाखामा पैसा पठाउने यो सेवा पनि नेपाली बैंकहरुका लागि नयाँ अभ्यास थियो ।

 

१४. सन् २००९ मा बैंकले पुनः आइएसओः ९००१ : २००८ प्राप्त गर्न सफल भयो ।

 

१५. सन् २००९ मै बैंकले भिसा डेभिड कार्ड, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ, पीएसटीएल बिल पेमेन्ट र युटिलिटी बिल पेमेन्ट पनि सुरु गर्‍यो ।

 

१६. नेपाली सम्बत अनुसार २०७० साल असार १६ गते एनआईसी बैंक र बैंक अफ एशिया नेपाल लिमिटेडबीच मर्जर सम्पन्न भयो ।

 

१७. मर्जरपछिको बैंक अर्थात एनआईसी एशिया बैंकले पुनः ‘बैंक अफ दि इयर २०१३’ को अवार्ड प्राप्त गर्न सफल भयो । यो अवार्डले बैंक मर्जरपछि पनि सफल छ भन्ने प्रमाणित गरिदियो ।

 

१८. सन् २०१४ मा बैैंकले पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ ( स्ट्राटेजी २०२० ) तयार गरी कार्यान्वयनमा ल्याएको थियो । समाजलाई दिन पनि जान्नुपर्छ भन्ने तथ्य मनन गर्दै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख कार्ययोजनामा राख्दै आएको बैंकले २०७२ वैशाख १२ गते गएको महाभूकम्पका पीडीतलाई गरेको सहयोग बैंकिङ क्षेत्रमै ऐतिहासिक सहयोगका रुपमा हेरिने गरेको छ ।

 

१९. आर्थिक वर्ष २०७३/७४ मा बैंक झन् एग्रेसिभ रुपमा अगाडी बढ्यो । नेपाली बैंकिङ इतिहासमै पहिलो पटक एकै वर्ष ५३ वटा शाखा खोलेर बैंकले इतिहास रचेको थियो ।

 

२०. सन् २०१७ मा बैंकले एनआईसी एशिया क्यापिटल लिमिटेडको स्थापना गरेको हो । अहिले नेपालमा भएका मर्चेन्ट बैंकरहरुमध्ये एनआईसी एशिया क्यापिटलले पनि सार्है गज्जब प्रगति गरिरहेको छ ।

 

२१. सन् २०१७ मै बैंकले एनआईसी एशिया रेमिट पनि सुरुवात भयो ।

 

२२. सन् २०१८ मा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको औपचारिक रुपमा सुरुवात भयो ।

 

२३. सन् २०१९ सम्म आइपुग्दा त बैंकले ठुलो ग्रोथ लिईसकेको थियो । आर्थिक वर्ष सन् २०१९/२० सम्म आईपुग्दा बैंक कर्जा, निक्षेप, नाफा, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिसेयर आम्दानी लगायतका सबै प्रमुख परिसूचकहरूमा बैैकिङ क्षेत्रकै नम्बर १ हुन पुगिसकेको थियो ।

 

२४. बैंक यतिमै रोकिएन । सन् २०१९ मा आएको कोभिडले देशको अर्थतन्त्रमै ठुलो असर गरिरहेका बेला पनि बैंकले निरन्तर ग्राहकलाई सेवा दिईरह्यो । ग्राहकलाई सेवा दिने क्रममै बैंकका थुप्रै स्टाफहरुलाई कोभिड संक्रमण पनि भयो । तर बैंक आफ्नो सेवा दिन रोकिएन ।

 

२५. एनआईसी एशिया बैंकको यात्रामा प्रगतिको बिराम लागेन । बरु हरेक बर्ष एनआईसी एशिया निरन्तर अगाडी बढ्दै गयो । यहि बीचमा एनआईसी एशिया बैंकले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्डसमेत हात पार्न सफल भयो । यो अवार्ड नियामक नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले दिने प्रतिष्ठित अवार्ड हो । २५ औँ बर्षगाँठ मनाईरहँदा बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: