×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुरी बनाउन पाथीलाई, पैसाको जिम्मा ‘साथी’लाई…’

PRIME CA

‘मुरी बनाउन पाथीलाई, पैसाको जिम्मा ‘साथी’लाई…’

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । बर्षौंअघि हाम्रा हजुरबुवाहरु, हजुरआमाहरु ‘सन्नुस’मा पैसा राख्नुहुन्थ्यो । सन्नुसको साँचो जनैमा झुण्डिन्थ्यो । सन्नुसको जानकारी परिवारभित्रका पनि खास मान्छेहरुलाई मात्र हुन्थ्यो । कारण सन्नुस, सन्नुसमात्र थिएन, बरु एउटा भरोसा थियो । समय बित्दै गयो, सन्नुसको समयबाट बैंकमा पैसा जम्मा गर्ने पुस्ता आयो । त्यहि पुस्ताले बा-आमालाई ‘बैंकिङ’ सिकायो । समय बित्दै जाँदा अहिले एक ‘टच’मा पैसा झिक्न, र तिर्न सकिने व्यवस्था आयो । हजुरबुवा, हजुरआमाको बृद्धभत्ता बैंकमै जम्मा हुन थाल्यो । छोरा-नातीले सिकाईदिएको मोबाइलको प्रयोगबाट खातामा जम्मा हुने रकमको जानकारी पाइने स्थिति भयो। यो पुस्तान्तरणको समयमा पनि पैसा राख्ने ठाउँ फगत पैसा राख्ने ठाउँ भएन, बरु विश्वासको आधार बन्यो ।
आज पनि पूरानो पुस्ताले आफुले पैसा राखेको बैंकलाई बाटो पर्दा हेर्छ । पत्रिका पढेर थाहा पाएको ब्याज दर काउन्टरमै गएर ‘भेरिफाइ’ गर्छ। हस्ताक्षर गर्न नजान्ने पुस्ता ‘नानी मेरो ब्याज कति भयो ? हेर्देउ त !’ भनेर काउन्टरसम्म पुगेर सोध्छ । आजको दिनमा पनि यस्तो भईरहेछ, कारण बैंकमा राखिएको पैसा फगत डिपोजिट मात्र होइन, बरु विश्वास पनि हो । जीवनभर आर्जेको वा दु:ख गरेर कमाएको धनको पोकोलाई जिम्मा लगाउनुपर्दा सानो विश्वासले कहाँ पुग्छ र ?
आज पनि पूरानो पुस्ताका थुप्रै ग्राहकहरु बैंकको नाम भन्न जान्दैनन् । ‘कुन बैंकमा खाता खोल्नुभएको छ आमा ?’ भनेर बुढी आमालाई सोध्दा आमाको प्रष्ट जवाफ आउँदैन । ‘त्यो साथी वाला बैंक के !’ ‘त्यो रातो बैंक’ , ‘त्यो एईसी’, ‘एशिया बैंक’ एनआईसी एशिया जति चलेको बैंकको नाम भन्न त आमाहरुको बोली गतिलो फुट्दैन भने, अरु बैंकहरुको स्थिति बुझ्न गाह्रो छैन । तर पनि बजारमा बढी ब्याज दिने बैंक, साथीको बैंक, साथी बैंक भनेर एनआईसी एशियालाई चिन्छ पूरानो पुस्ता । छोरा नातीले व्यापार गर्दा कारोबार त्यहि एनआईसीमै गरेको देखेर पनि पूरानो पुस्ता झन् लालायित छ एनआईसी एशिया बैंक प्रति ।
आमाहरुको कमाउने उमेर गयो । जति छ, त्यसलाई बढी बनाउन खोज्नु स्वभाविक पनि हो । र त पूरानो त्यो पुस्तालाई ब्याज नै कमाई हो । सहकारीतिर बढी ब्याज आएपनि विश्वास कम छ पूरानो पुस्तालाई । कतिले पैसा लगेर साँवा नै खाईदिएको अनुभव बटुलेको त्यो पुस्ता आज पनि ब्याज बढी आउने र विश्वाशिलो संस्था खोजिरहेछ । र त पछिल्लो पुस्ताको सबैभन्दा प्रिय बनेकै कारण एनआईसी एशिया बैंक पूरानो पुस्ताको पनि विश्वासको धरोहर बनेको छ । परिणाम- आज एनआईसी एशिया बैंकको डिपोजिट ग्रोथ रेट सार्है राम्रो छ ।
निरन्तर उकालो ग्राफमा बैंकको डिपोजिट !
२५ बर्षे यात्राको समिक्षा गर्दा बैंकिङ क्षेत्रमा ‘नम्बर १’ बनेको एनआइसी एशियाको बिजनेश बैंकको लक्ष्य अनुसार प्रत्येक वर्ष बढिरहेको छ । वि.सं.२०५४–५५ मा स्थापना भई पूर्वबाट उदाएको एनआइसी एशिया (तत्कालीन एनआईसी) बैंकले स्थापनाकै दोस्रो वर्ष अर्थात वि.सं. २०५५–५६ मा बैंकमा ४३८ मिलियन डिपोजिट प्राप्त गर्न सफल भयो । तेस्रो वर्षमा पुग्दा बैंकमा जम्मा कुल २,०२६ मिलियन रकम बैंकमा जम्मा गर्न सफल भयो । वि.सं. ०५७–५८ मा बैंकको डिपोजिट रकम ३,५७२ मिलियन पुग्यो । यी सबै आर्थिक बर्षको अन्तिमको तथ्यांक हो ।१ मिलियन भनेको १० लाख रुपैयाँ हो ।
आर्थिक वर्ष २०५८–५९ मा डिपोजिट रकम ३,२०४ मिलियन पुर्याएको एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०५९–६० मा डिपोजिट ३,१४४ मिलियन पुर्याएको थियो । त्यस्तै प्रत्येक वर्ष बिजनेश ग्रोथमा गतिलो नतिजा दिँदै गर्दा बढेको बैंकप्रतिको विश्वासले आर्थिक वर्ष २०६०–६१ मा डिपोजिट रकममा बढोत्तरी हुँदै ५,१४६ मिलियन पुग्यो । त्यस्तै बैंक स्थापनाको आठौं वर्ष अर्थात वि.सं. २०६१–६२ मा बैंकको डिपोजिट रकम ६,२४१ मिलियन पुग्न सफल भयो ।
आर्थिक वर्ष २०६२–६३ मा ८,७६६ मिलियन पुगेको बैंकको डिपोजिट रकम आर्थिक वर्ष २०६३–६४ मा बढेर १०,०६८ मिलियन पुग्यो । कर्पोरेट क्षेत्रमा आफुलाई अब्बल साबित गर्ने दृढ संकल्पका साथ दौडमा होमिएको एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०६४–६५ मा बैंकमा कुल डिपोजिट रकम १३,०८५ मिलियनसहितको ग्राहकको विश्वास जित्न सफल भयो । स्थापनाको १२औँ वर्षमा पुग्दा बैंकमा १५,५८० मिलियन रकम जम्मा भएको थियो । आर्थिक वर्ष २०६६–६७ मा पुग्दा बैंकको अघिल्लो वर्षभन्दा बढेर डिपोजिट रकम १५,९६९ मिलियन पुग्यो।
‘मेहेनत र प्रतिक्षाको फल मिठो हुन्छ’ भनेझैँ एनआइसी एशिया बैंकले निरन्तर मेहेनत गरेको परिणाम निस्किंदै थियो । आफुलाई ‘नम्बर १’ बैंकको रुपमा स्थापित गर्ने लक्ष्य पच्छ्याईरहेको बैंकले आर्थिक वर्ष २०६७–६८ मा डिपोजिट रकम १८,३९४ मिलियन पुर्यायो । बैंकका शाखा तथा कर्मचारी थपिँदै गयो, बैंकको बिजनेशमा पनि उल्लेख्य बढोत्तरी हुँदै गयो । यसो त ग्राहको विश्वासकै कारण बैंकले यतिन्जेजसम्म कर्जा प्रवाहमा पनि उल्लेख्य प्रगति गरिसकेको थियो । अझ, आफुलाई देशव्यापी बनाउने लक्ष्य लिएको एनआइसी एशिया बैंकले आफ्ना सेवा तथा शाखाहरुपनि मुलुकभरका विभिन्न शहरहरुसम्म पुर्यायो । बैंकले आफ्नो कार्यक्षेत्रलाई फराकिलो बनाएसँगै बैंकको बिजनेशमा झनै वृद्धि भयो र आर्थिक वर्ष २०६८–६९ मा पुग्दा बैंकमा डिपोजिट रकम २२,११२ मिलियन पुग्यो । त्यस्तै बैंकले आर्थिक वर्ष २०६९–७० सो रकमलाई पुन: वृद्धि गर्दै ३९,९०९ मिलियन पुर्याउन सफल भयो । त्यसैको अर्को वर्ष अर्थात आर्थिक वर्ष २०७०–७१ मा बैंकको निक्षेप ४४,९८४ मिलियन पुग्यो । स्थापनाको १८औँ वर्षमा बैंकको बिजनेश झनै बढ्यो । अर्थात आर्थिक वर्ष २०७१–७२ म बैंकमा ५३,२२२ मिलियन पुग्यो । त्यस्तै आर्थिक वर्ष २०७२–७३ मा ६९,४८८ मिलियन डिपोजिट रकम पुगेको एनआइसी एशिया बैंकमा आर्थिक वर्ष २०७३–७४ सम्म पुग्दा सो डिपोजिट रकम बढेर ८६,६९७ मिलियन पुग्यो।
निरन्तर बढ्दै गईरहेकोे बिजनेशले बैंकलाई सफलतातर्फ उन्मुख मात्रै गराएको थिएन, बरु बैंकमा काम गर्ने कर्मचारीहरुको हौसला समेत बढाईरहेको थियो । ‘जिरो’बाट सुरु भएको बैंकको बिजनेश छोटो समयमा  बढेर गयो । बैंकले आर्थिक वर्ष २०७३–७४ र आर्थिक वर्ष २०७४–७५ बीचको समायावधिमा आफ्नो निक्षेपलाई दोब्बरले वृद्धि गर्दै १,५१,१७६ मिलियन पुर्याएको थियो । त्यस्तै बैंकले आफ्नो २२ औँ वर्षमा संकलन गरेको कुल निक्षेप १,८०,५३१ मिलियन पुर्यायो । दिनप्रतिदिन एक शाखाबाट सुरु भएको एनआइसी एशिया बैंकको बिजनेश झनै बढ्दै गयो । बैंकले आर्थिक वर्ष २०७६–७७ मा २,१०,८४३ मिलियन निक्षेप संकलन गरेको थियो । बैंकले आफ्नो २४औँ वर्षमा पुग्दा ३,००,२५२ मिलियन रकम निक्षेप संकलन गर्न सफल भएको घोषणा गर्यो।
‘मुरी बनाउन पाथीलाई, पैसाको जिम्मा साथीलाई…’
‘एनआईसी एशिया नै किन ?’ काभ्रे घर भई हाल कोटेश्वर बसिरहेकी एक बुढी आमाको तर्क छ- ‘अव कमाई गर्ने उमेर छैन । हामीले कमाउने भनेकै ब्याजबाट हो । मानाबाट पाथी र पाथीबाट मुरी बनाउने गरी पैसाको बढोत्तरी गर्न बैंकमा पैसा राख्नुबाहेक अन्य कुनै विकल्प छैन ।’ उनका अनुसार आफ्नी नातीनीले एनआईसी एशिया बैंकमा खाता खोलेकै कारण आफुलाई बैंकप्रति विश्वास बढेको छ । ‘नातीनीले त होटलमा खाएको पैसा पनि मोबाइलबाट तिर्छिन् । मेरो टुकटुके मोबाइलमा पनि मोबाइलबाट नै पैसा हालिदिन्छिन् । त्यो रातो बैंक (एनआईसी एशिया) बैंकमा मेरो पनि खाता छ, नातिनीले नै खोलिदिएकी, राम्रो ब्याज दिन्छ ।’ उनी भन्छिन्- ‘मुरी बनाउन पाथीलाई, पैसाको जिम्मा साथीलाई । अहिले २ पाथी जम्मा गरे १ मुरी हुन्छ भनेजस्तै रहेछ, १० गुणा पैसा बढ्नेरहेछ यो बैंकमा त । बैंकले ल्याएको पछिल्लो मुद्दती योजनाबारे कनिकुथी थाहा छ । मै बुढीको साथी पनि त्यहि बैंक, नातिनीको साथी पनि त्यहि बैंक ।’ सबैलाई हसाउँदै आमा सुनाउनुहुन्छ- ‘हाकिमचाहिँ हाम्रो नाति केटोजत्रै छ रे, तर बैंक गज्जब चलाएको छ रे । मलाई मज्जाले ब्याज खुवाईरहेको छ।’
संस्थागत निक्षेपमा पनि अब्बल एनआईसी !
यसो त पछिल्लो समय बैंकिङ गर्नुपर्ने हर नागरिकमध्ये ठुलो प्रतिशतमा एनआईसी एशियाका ग्राहक छन् । तर व्यक्तिगत खातामा मात्र होइन, संस्थागत खाताको हिसाबमा पनि एनआईसी एशिया निकै अब्बल छ । कर्मचारीलाई खाता व्यवस्थापन गर्न होस् वा प्राविधिको नयाँ प्रयोग गर्ने मामलामा होस् । बढी ब्याज दिने मामलामा होस् वा बैंकमा पैसाको सुरक्षाको मामलामा होस् । एनआईसी एशिया संस्थागत निक्षेपकर्ताका लागि पनि पहिलो रोजाईको बैंक बन्न सफल भएको छ । ‘पछिल्लो तथ्यांक हेर्ने हो भने पनि एनआइसीमै धेरै संस्थाहरु निक्षेप राख्न झुम्मिएका छन् । मुख्य कुरा विश्वास र प्रतिफल हो । एनआईसी एशिया दुवै कुरामा अब्बल छ ।’ बैंकमा करोडौंको डिपोजिट राखेका एक व्यापारीको तर्क छ- ‘डिपोजिटमा फाइदा उस्तै, ऋण लिन सजिलो उस्तै । अनि त एनआईसी एशियाको डिपोजिट बढ्ने भईहाल्यो नि ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: